No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देशभर कृषि सर्वेक्षण गरिँदै

देशभर कृषि सर्वेक्षण गरिँदै

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ। मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्यांक संकलन सुरु गरेको हो।

तथ्यांक लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्यांक शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए। उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्यांक संकलन गरिने छ।

गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन्। नमूना विधिका माध्यमबाट संकलन गरिने तथ्यांकमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिए।

तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्यांक संकलन गरिने छ।

राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ। देशभर तथ्यांक संकलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सर्वेक्षण तथा तथ्यांक संकलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्यांक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण

रुसी राष्ट्रपति पुटिन डिसेम्बर ४ मा भारत आउने

अफगानिस्तान क्षेत्रबाट ड्रोन आक्रमणमा तीन चिनियाँ कम्पनीका कर्मचारी मारिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .