No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

सहिद चौधरीको परिवारलाई लहान नगरको सहयोग

सिरहा। ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले रु एक लाख राहत दिने भएको छ।

साथै विजयको चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र पत्नीलाई योग्यताअनुसार नगरमा रोजगारीको व्यवस्था गर्ने निर्णय गरिएको हो।

नगरप्रमुख महेश चौधरीले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णयबारे जानकारी दिएका थिए। उनले भने, ‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ।’

गत भदौ २३ र २४ गते प्रदर्शनकारीले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनलाई पूर्ण रूपमा क्षति पुर्‍याएका थिए। नगरप्रमुख चौधरीले आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भने, ‘कार्यालयको संरचना जलेर नष्ट भएको छ, तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन। दुःखसुख गरेर भए पनि आइतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौँ।’

गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो। उनको नौ दिनपछि मंगलबार गाउँमा अन्तिम संस्कार गरिएको हो।

विजय घरका कान्छा छोरा थिए। उनको एक दाई र एक दिदी छन्। विजय काठमाडौंमा झण्डै एक दशकदेखि ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए। यसअघि संघीय सरकारले प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा गरिसकेको छ। साथै, पीडित परिवारलाई प्रतिव्यक्ति रु १५ लाख राहत दिने निर्णय पनि गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

पाकिस्तान र साउदीबीच सम्झौता, एउटामाथि आक्रमण भए दुवैमाथिको आक्रमण मानिने

पाकिस्तान र साउदीबीच सम्झौता, एउटामाथि आक्रमण भए दुवैमाथिको आक्रमण मानिने

रुसद्वारा एक हजार युक्रेनीको शव फिर्ता

रुसद्वारा एक हजार युक्रेनीको शव फिर्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .