काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार “रणनीतिक पारस्परिक रक्षा सम्झौता” नामक सम्झौतामा हस्ताक्षर गरे।
यस सम्झौता अन्तर्गत, यदि यी दुई देशहरू मध्ये कुनै एकमाथि आक्रमण भयो भने, यसलाई दुवै देशमाथि आक्रमण मानिनेछ।
दुई देशबीच यो सम्झौता प्रधानमन्त्री शाहबाज शरीफको साउदी अरेबिया भ्रमणको क्रममा भएको थियो।
साउदी युवराज मोहम्मद बिन सलमानले रियादको अल-यामामा दरबारमा शाहबाज शरीफलाई स्वागत गरे।
दुई नेताबीचको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् , “दुई देशबीच लगभग ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहयोगमा आधारित छ।”
परराष्ट्रमन्त्रीका अनुसार सम्झौताको उद्देश्य रक्षा सहयोग बढाउनु र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्नु हो।




















