No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ मा हिउँदे अधिवेशनको तयारी, नाम र राजधानीसम्बन्धी प्रस्ताव पुनः पारित नहुने आशंका

प्रदेश २ मा हिउँदे अधिवेशनको तयारी, नाम र राजधानीसम्बन्धी प्रस्ताव पुनः पारित नहुने आशंका

किरण कर्ण-
जनकपुरधाम : 
प्रदेश २ सरकारले प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव फेरि प्रदेशसभामा ल्याउने तयारी थालेको छ । यसअघि प्रदेशसभामा प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा कुनै पनि प्रस्तावले आवश्यक बहुमत हासिल गर्न सकेको थिएन । प्रदेशसभाको हिउँदे अधिवेशनमा यस सम्बन्धी प्रस्ताव ल्याउने तयारी प्रदेश सरकारले गरेको हो ।

प्रदेशको नाम र राजधानीको सवालमा प्रदेश सरकारदेखि प्रतिपक्षी दलहरु पुरानै अडानमा कायम छन् । त्यसैले विगतमा झँै नाम र राजधानीसम्बन्धी प्रस्ताव पुनः पारित नहुने हो कि भन्ने आशंका कायम छ ।

प्रदेश सरकार, प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र विपक्षी दल काँग्रेसले प्रदेशको नाम र राजधानीका बारेमा छुट्टाछुट्टै धारणा बनाउँदै आएका छन् । सबै दल आ–आफ्नै अडानमा छन् ।

प्रमुख चाडपर्व सकिएको र हिउँदे अधिवेशनको समयसमेत भइसकेका कारण प्रदेश सरकारले प्रदेशसभा बैठकको तयारी थालेको छ । योसँगै प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत जुटाउन पनि प्रदेश सरकारले विपक्षी दलहरुसँग छलफल अघि बढाउने तयारी गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश २ को स्थायी राजधानी र प्रदेशको नामसम्बन्धी प्रस्तावलाई विशेष प्राथमिकताका साथ प्रदेशसभामा पुनः लगिने बताए । यसका लागि प्रतिपक्षी दलहरुसँग छलफल अघि बढाइने उनको भनाइ छ ।

२०७६ चैत ४ मा प्रदेशको नाम र राजधानी टुंगो लगाउन प्रदेश सरकारले प्रदेशसभामा प्रस्ताव लगेको थियो । उक्त प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न नसकेका कारण प्रदेशको नाम र स्थायी राजधानी तोकिन सकेको थिएन । अघिल्लो प्रस्ताव असफल भएको करिब सात महिनापछि प्रदेश सरकारले पुनः प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने तयारी थालेको हो ।

कानुनमन्त्री यादवले भने, ‘प्रमुख प्रतिपक्षी र विपक्षी दलहरुसँग छलफल गरेर सहमतिमै प्रदेशको नाम र राजधानी तय गर्ने गरी प्रस्ताव ल्याउने तयारी भइरहेको छ ।’

तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको गठबन्धनमा बनेको प्रदेश सरकारले यसअघि स्थायी राजधानी ‘जनकपुर’ र प्रदेशको नाम ‘मधेश’ राख्नका लागि सदनमा प्रस्ताव पेस गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले राजधानी ‘जनकपुर’ र प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेको थियो । त्यस्तै, नेपाली काँग्रेसले राजधानी ‘जनकपुर’ र प्रदेशको नाम ‘मिथिला भोजपुरा’ प्रस्ताव गरेको थियो ।

यस्तै, काँग्रेस, फोरम र राजपाका केही सांसदले प्रदेशको नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगंज’ सहितको छुट्टै प्रस्ताव सदनमा दर्ता गराएका थिए । तर कुनै पनि प्रस्तावले दुई तिहाइ मत जुटाउन सकेन ।

उक्त प्रस्ताव असफल भएको सात महिना बितिसके पनि प्रदेशको नाम र राजधानीको सवालमा दलहरुको अडानमा कुनै परिवर्तन आएको छैन । त्यसैले प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनासाथ प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव सदनमा पुनः पेस गर्दा पुरानै अवस्था नदोहोरिएला भन्न सकिँदैन ।

दलहरु जनकपुरलाई राजधानी बनाउन करिब करिब एकमत देखिए पनि प्रदेशको नामसम्बन्धमा विभाजित छन् । प्रदेशको नामका सम्बन्धमा दलहरुको आ–आफ्नै स्वार्थ कायम रहेको अवस्थामा यस सम्बन्धी प्रस्तावले हिउँदे अधिवेशनमा पनि किचलो बढ्ने सम्भावना देखिन्छ ।

प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल प्रदेशको नामका बारेमा दलहरुबीच विवाद रहेको स्वीकार गर्छन् । उनले भने, ‘स्थायी राजधानीको सवालमा प्रदेश सरकारले पनि जनकपुर नै भन्ने गरेको छ, नेकपा र काँग्रेसले पनि जनकपुर नै भनेकाले यसमा कुनै किसिमको विवाद छैन । तर प्रदेशको नामाकरणको सवालमा हाम्रो मतभेद छ, पहिचान, संस्कृति झल्किनेगरी प्रदेशको नाम जानकी नै उपयुक्त हुन्छ, बरु काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा पनि ठिक छ ।’

प्रदेशको नामाकरणको सवालमा काँग्रेससँग छलफल गरेर सहमतिमा पुग्न सकिने र प्रदेश सरकारले प्रदेशको नामका सन्दर्भमा लचकता देखाउन आवश्यक रहेको उनले बताए । ‘प्रदेश सरकारले प्रदेशको नामका सवालमा पुनर्विचार गर्नुपर्छ, सदनमा फेल भईसकेको नाम पुनः लग्नु गलत हो,’ उनले भने । प्रदेशको नाम ‘मधेश’ राख्न भने आफूहरु कुनै पनि हालतमा सहमत नहुने उनको भनाइ छ ।

कानूनमन्त्री यादव भने प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुर’ नै हुने गरी सदनमा प्रदेश सरकारले प्रस्ताव ल्याउने बताउँछन् । प्रदेशको नाम र राजधानीका बारेमा आफूहरु दृढ रहेको र यसमा परिवर्तन हुन नसक्ने उनको भनाइ छ । बरु आफूहरुको प्रस्तावमा अन्य दलहरुलाई सहमत गराउन पहल गरिने उनले बताए ।

पहिचानकै लागि पटक–पटक मधेश आन्दोलन भएको र धेरैले बलिदान पनि दिएकाले प्रदेशको नाम ‘मधेस’ नै हुनुपर्ने उनको तर्क छ ।

यता नेपाली काँग्रेसले राजधानी जनकपुर र प्रदेशको नाम मिथिला–भोजपुरा नै हुनुपर्ने अडान लिँदै पुनः सोही प्रस्तावलाई प्रदेशसभामा लैजाने जनाएको छ । काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले स्थायी राजधानीमा दलहरु सहमत देखिए पनि प्रदेशको नाममा अझै सहमति जुट्न नसकेको बताए । उनले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ नै हुनुपर्ने तर्क गर्दै सोही प्रस्तावलाई आफूहरुले सदनमा लैजाने स्पष्ट पारे ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका कानूनमन्त्री यादवले करिब एक सातापछि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान हुन सक्ने जानकारी दिए । हिउँदे अधिवेशनमा प्रदेशको नाम र स्थायी राजधानीको विषयलाई नै प्राथमिकता दिने तयारी रहेको उनको भनाइ छ ।

प्रदेशको नाम र स्थायी राजधानी पारित हुन सदनमा दुई तिहाइ अर्थात् ७२ मत आवश्यक हुन्छ । प्रदेश २ मा १०७ प्रदेशसभा सदस्यमध्ये सत्तारुढ गठबन्धनको ५५, नेकपाका ३२, नेपाली काँग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सदस्य छन् । प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्नका लागि सत्तारुढ गठबन्धनले नेकपा वा काँग्रेसको समर्थन अनिवार्य जुटाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post
बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै

बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै

बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .