• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार


संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार

संगठन र सत्ता बीच सन्तुलन नै काँग्रेसको पुनर्जागरणको आधार हो। नेतृत्वको स्पष्ट कार्यविभाजन समयको आवश्यकता हो।

राजनीति भनेको सेवा हो, अवसर होइन। नेपाली काँग्रेस जस्तो पुरानो र सैद्धान्तिक रूपमा प्रजातन्त्रको मेरुदण्ड सावित भएको पार्टीले समयसापेक्ष आत्ममूल्यांकन र सन्तुलित नेतृत्व व्यवस्थापन गर्न आवश्यक छ। विशेषगरी, केन्द्रीय सभापति र सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीजस्तो गम्भीर र दूरगामी असर पार्ने जिम्मेवारी एउटै व्यक्तिमा केन्द्रित हुनु नेतृत्वको प्रभावकारिता, संगठनको मजबुती र सरकारको परिणाममुखी कार्यशैलीमा बाधक बन्न सक्छ।
“जहाँ संगठन बलियो हुन्छ, त्यहाँ सरकार जवाफदेही हुन्छ। जहाँ सत्ता मात्र प्रमुख बन्न पुग्छ, त्यहाँ संगठन शिथिल हुन्छ।”
आज नेपाली काँग्रेस इतिहासकै एक गम्भीर मोडमा उभिएको छ। एकातिर सत्ताको नेतृत्वमा काँग्रेस छ, अर्कातिर संगठनभित्र असन्तुष्टि, निराशा, र गुटगत किचलो व्यापक हुँदै गएको छ। यस्तो अवस्थामा काँग्रेसको पुनर्जागरणका लागि स्पष्ट दृष्टिकोण र सन्तुलित नेतृत्व संरचना आवश्यक छ।
पार्टीका केन्द्रीय सभापति संगठनको मूल नेतृत्वकर्ता हुन्। उनको प्रमुख दायित्व भनेको पार्टीको विचार, सिद्धान्त र संगठनलाई मजबुत बनाउँदै कार्यकर्तामा प्रेरणा जागृत गर्नु हो। अर्कोतर्फ, प्रधानमन्त्री सरकार प्रमुख हुन्, जसको जिम्मा देश सञ्चालनको हुन्छ। जब यी दुई जिम्मेवारी एउटै व्यक्तिमा निहित हुन्छन्, त्यहाँ संगठन र सरकारबीच सन्तुलन कायम गर्न सकिने संभावना कमजोर हुन्छ।
हाल पार्टीभित्र देखिएको प्रमुख चुनौती हो — सरकार
प्रमुख बन्ने आकांक्षा र पार्टी संगठन प्रमुखको जिम्मेवारी एउटै व्यक्तिमा केन्द्रित हुनु। यसले संगठनलाई कमजोर, निर्णय प्रक्रियालाई ढिलो, र कार्यकर्तालाई उपेक्षित बनाइरहेको छ। संगठन र सत्ताबीच सन्तुलनको अभावले काँग्रेस आज आफ्नै घरभित्र दिग्भ्रमितजस्तो महसुस गरिरहेको छ।
नेतृत्व सन्तुलनको आवश्यकता:
काँग्रेसको इतिहासमा सभापति र प्रधानमन्त्री एउटै व्यक्तिमा जाँदा संगठन पृष्ठभूमिमा हराएको अनुभव हामीसँग छ। त्यसैले अब समय आएको छ —
सभापति र प्रधानमन्त्री फरक व्यक्तिमा हुनुपर्छ।
सभापतिले संगठन र नीति निर्माणमा ध्यान केन्द्रित गरून्, कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क बढाओस्। प्रधानमन्त्रीले सरकार सञ्चालन, नीति कार्यान्वयन र जनअपेक्षा पूरा गर्न क्रियाशीलता देखाओस्।
यसले सरकार र पार्टी दुबैलाई सुदृढ बनाउनेछ।
अन्तर्राष्ट्रिय दृष्टान्त राजनीतिक उदाहरणहरू पनि यसैको समर्थनमा छन्।
भारतको काँग्रेस पार्टीमा सोनिया गान्धी सभापति हुँदा डा. मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए। यसले संगठन र सरकारबीच सन्तुलन कायम गर्‍यो। नेतृत्वको यो सन्तुलनले पार्टीभित्र स्थिरता र सरकारमा प्रभावकारिता दुवै ल्याएको थियो। त्यसरी नै बेलायत, जर्मनीलगायत मुलुकहरूमा पनि संगठन र सरकारबीचको सन्तुलन सफलताको सूत्र बनेको देखिन्छ।
नेपालकै सन्दर्भमा पनि विगतमा गिरीजा प्रसाद कोइराला जस्ता नेताले कहिलेकाहीँ दुबै जिम्मेवारी सम्हाले पनि संगठन कमजोर हुने, कार्यकर्ता उपेक्षित हुने, र सरकार जनअपेक्षामा खरो उत्रिन नसकेको अनुभव गरेका थियौं।
यसबाट स्पष्ट हुन्छ कि एक व्यक्तिमा दुई शीर्ष जिम्मेवारी थोपर्दा संगठन र शासन दुवै कमजोर बन्ने खतरा हुन्छ। पार्टीले दीर्घकालीन रणनीति अपनाउन चाहन्छ भने यस्तो संरचनागत सुधार अपरिहार्य छ। नेतृत्व सन्तुलन, जवाफदेहिता र स्पष्ट कार्यविभाजनमार्फत मात्र पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउनु आजको आवश्यकता हो।
अतः, आगामी दिनमा सभापति संगठन सुधारतर्फ केन्द्रित हुने र प्रधानमन्त्री शासन सञ्चालनमा प्रतिबद्ध हुने गरी दुवै पद अलग व्यक्तिमा प्रदान गर्नुपर्ने आवश्यकता छ। यसले काँग्रेस पार्टीलाई पुनः जनविश्वास दिलाउने, र स्थिरता, जवाफदेहिता र समावेशीताको मार्गमा अघि बढाउने छ।
काँग्रेसमा समाधानका सम्भावना ;
कार्यविभाजन स्पष्ट हुनु आवश्यक छ ।
केन्द्रीय कार्यसमिति र प्रदेश–स्थानीय तहसम्म समावेशी निर्णय प्रणाली बलियो बनाउनुपर्छ।
नयाँ पुस्ता, इमान्दार र दूरदर्शी नेताहरूलाई अग्रसर गरिनुपर्छ।
अब समय आइसकेको छ, काँग्रेसले गम्भीर पुनरावलोकन गरोस्।
● सभापति सत्ता नलालचिऊन्, प्रधानमन्त्री संगठन नउपेक्षिऊन्।
● पार्टीभित्र ‘दुई प्रमुख व्यक्ति तर एउटै उद्देश्य’ को भावना विकास होस्।
त्यसैले, आगामी महाधिवेशन वा विशेष अधिवेशनमार्फत यो संरचनात्मक सुधार अवश्य गर्नुपर्छ।
संगठन र शासनमा जिम्मेवारीको स्पष्टता ल्याएर काँग्रेसले फेरि जनताको भरोसा जित्न सक्छ। यही बाटो काँग्रेसको पुनर्जागरणको मूल सूत्र बन्न सक्छ।
यो सुधार प्रक्रिया कुनै व्यक्तिविरुद्ध होइन, यो काँग्रेस पार्टीप्रतिको समर्पण र संस्थागत सुदृढीकरणप्रति हाम्रो प्रतिवद्धता हो।
निष्कर्ष :-
नेपाली काँग्रेसको गौरवशाली इतिहासलाई पुनः जीवन्त बनाउन अब नेतृत्वको नयाँ सोच र कार्यविभाजनको स्पष्ट मोडल आवश्यक छ।
सभापति संगठन बलियो बनाउने,
प्रधानमन्त्री शासनमा जवाफदेही हुने —
त्यो संयोजनले काँग्रेसलाई फेरि जनताको पार्टी बनाउनेछ।
“नेतृत्व परिवर्तन होइन, नेतृत्वको स्पष्टता आवश्यक छ”।
धन्यवाद !
जय नेपाल । (लेखक सिरहा जिल्ला, गोलबजार नपा वार्ड नं ६ को सभापति हुनुहुन्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महन्थ ठाकुरको प्रधानमन्त्री दाबी
  • २०८२ श्रावण १३, मंगलवार २३:१३
  • In "देश"
  • काँग्रेस अनुशासनमा पूर्वाग्रहको असर : सुधार नहुन्जेल एकता असम्भव
  • २०८२ श्रावण १३, मंगलवार २३:१३
  • In "BannerNews"
  • नेपाली काँग्रेस : विपक्षमा रहेको सरकारी दल
  • २०८२ श्रावण १३, मंगलवार २३:१३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सिराहाको धनगढीमाईमा स्कुल निर्माणमा अनियमितता, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

वीरगञ्जमा चिनियाँ नागरिकद्वारा भिसा दुरुपयोग र अवैध व्यापार सञ्चालनको आरोप, राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version