• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिराहाको धनगढीमाईमा स्कुल निर्माणमा अनियमितता, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो


सिराहाको धनगढीमाईमा स्कुल निर्माणमा अनियमितता, गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो

धनगढीमाई, सिराहा –
सिराहा जिल्लाको अयोध्यानगर गाविस वडा नम्बर ७ (हालको धनगढीमाई नगरपालिका वडा नम्बर ८) मा निर्माणाधीन विद्यालयमा ठूला अनियमितता भएको स्थानीयबासीहरूले गम्भीर आरोप लगाएका छन्। निर्माण कार्यमा अत्यन्तै गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीहरूको भनाइ अनुसार स्कुल निर्माणमा प्रयोग भएको ढलान, इटा, बालुवा र सिमेन्टको गुणस्तर न्यून रहेको छ। बालुवा ठीकसँग चालिएको छैन, सिमेन्टको मात्रा कम र इटा अत्यन्तै कमजोर रहेको दाबी गरिएको छ। यस्ता सामग्री प्रयोगले विद्यालयको दीर्घकालीन सुरक्षामा प्रश्न उठेको छ।

झन अचम्मको कुरा त के छ भने, उक्त निर्माणस्थलमा अहिलेसम्म स्कुलको नाम, लागत, ठेकेदार, निर्माण कम्पनी, इन्जिनियर लगायतका विवरण समेटिएको कुनै पनि बोर्ड समेत राखिएको छैन। सार्वजनिक निर्माण कार्यमा बोर्ड राख्नु कानुनी प्रावधान भए पनि यसमा चरम लापरवाही देखिएको छ। बोर्ड नराखिनु स्वयम् पारदर्शितामा प्रश्न खडा गर्ने विषय बनेको छ।

स्थानीय युवाहरु ले भने, “हामीले स्कुल निर्माणको गुणस्तरप्रति शंका लागेको कारण अवलोकन ग¥यौं। तर जुन ढंगले काम भइरहेको छ, त्यो निसन्देह बालबालिकाको सुरक्षाका लागि खतरनाक छ। न बोर्ड छ, न निगरानी। सब ठेकेदारको मनपरी चलिरहेको छ।”

यसबारेमा वडा कार्यालय तथा नगरपालिका प्रशासन भने मौनजस्तै देखिन्छ। स्थानीयको बारम्बार गुनासोपछि पनि न त निरीक्षण गरिएको छ, न त ठेकेदारलाई कारबाही गरिएको छ।

स्थानीय सामाजिक अगुवाले भने, “यो स्कूल त बच्चाहरूको भविष्य निर्माण गर्ने थलो हो, तर अहिलेको काम हेर्दा त यो दुर्घटना निम्त्याउने थलो बन्ने खतरा देखिन्छ। हामी यसविरुद्ध आन्दोलन गर्ने तयारीमा छौं।”

अब स्थानीय बासिन्दा तथा अभिभावकहरूले सरोकारवाला निकाय तथा समाचारमाध्यमहरू मार्फत चासो व्यक्त गर्दै छानबिनको माग गरिरहेका छन्।

सम्बन्धित निकायले तत्काल अनुगमन गरी दोषीमाथि कारबाही नगरे निर्माण रोक्नुपर्ने आवाज व्यापक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तिलाठी कोइलाडी-६ को वडाकार्यालय भवन निर्माणमा ३ नम्बर इट्टा प्रयोग
  • २०८२ श्रावण १५, बिहीबार २२:४१
  • In "देश"
  • युवा आविष्कारक मनोज साहले बनाए बालुवा चालने मेसिन
  • २०८२ श्रावण १५, बिहीबार २२:४१
  • In "BannerNews"
  • धनगढीमाईमा अवैध ग्राभेल उत्खनन : स्थानीय आक्रोशित, मेयरमाथि गम्भीर आरोप
  • २०८२ श्रावण १५, बिहीबार २२:४१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

वीरगञ्जमा चिनियाँ नागरिकद्वारा भिसा दुरुपयोग र अवैध व्यापार सञ्चालनको आरोप, राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण

सिरहा कारागारमा झडपपछि तनाव: इन्द्रजित यादव चौकीदारमा उपयुक्त हुने कैदीबन्दीको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version