No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानद्वारा इजरायलमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण, तेहरानले अमेरिकालगायत पश्चिमी मुलुकहरूलाई चेतावनी

इरानद्वारा इजरायलमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण, तेहरानले अमेरिकालगायत पश्चिमी मुलुकहरूलाई चेतावनी

बीबीसी। इजरायली हमलाको जबाफमा इरानले गएराति इजरेलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरेली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका थिए।

इरानले बेलायत, अमेरिका र फ्रान्सलाई तेल अभिभको प्रतिरक्षामा नउत्रन चेतावनी दिएको छ। यदि पश्चिमा देशहरूले इजरेलमाथि आफ्नो आक्रमण रोक्न सहयोग गरे यूके, अमेरिका र फ्रान्सका उनीहरूका सैन्य अखडा र पानी जहाजमा आक्रमण गर्ने चेतावनी दिइएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्।

बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरेली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।

उक्त जबाफी हमलामा परेर ४० जनाको इजरेली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरायली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

शनिवार सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्।

संयुक्त राष्ट्र संघका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए “अझ क्रूर” इजरायली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्।

इजरायली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ।

इजरायली वायु सेनाले इरान भित्रका निशानाहरूमा हमला जारी रहेको जनाएको छ।

इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो।

इजरायली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन्। बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन्।

शुक्रबार आफ्नो एक मन्तव्यमा नेतान्याहूले इरानी जनतालाई त्यहाँको सत्ताविरुद्ध उठ्न र आफ्नो स्वतन्त्रता प्राप्त गर्न आह्वान गरेका थिए।

इजरेलले इस्फहान र फोर्डोस्थित आणविक केन्द्रका साथै इरानको नटान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्रमा प्रहार गरेको जनाएको छ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले ‘युद्ध सुरु गरेको’ र आफ्नो देशले जबाफमा ‘ठूलो प्रहार’ गर्ने बताएका छन्।

इजरायलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्।

इस्लामिक रिभोलुशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत इरानले इजरेलका “दर्जनौं निशानाहरू, सैन्य अखडा र हवाई अड्डाहरूमा” हमला गरेको जनाएको छ।

इरानले आफ्नो उक्त कारबाहीलाई “ट्रु प्रमिस थ्री” (अनुवादित नाम) नाम दिँदै त्यसबारेका थप विवरण पछि बताइने जनाएको छ।

तेहरानले अमेरिका, फ्रान्स र ब्रिटेनलाई चेतावनी दिँदै इजरेलविरुद्धका हमला रोक्न उसलाई सघाएमा त्यस क्षेत्रमा रहेका तिनीहरूका अड्डाहरू र जहाजहरूलाई निशाना बनाइने बताएको छ।

समाचार संस्था एएफपीले आफ्ना एकजना पत्रकारलाई उद्धृत गर्दै तेहरानस्थित विमानस्थलबाट आगो र बाक्लो कालो मुस्लो आइरहेको देखिएको जनाएको छ।

इरानको अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा “विस्फोटन” भएको बताएको छ र त्यहाँबाट भारी धुवाँ निस्किरहेको देखिने तस्बिर सार्वजनिक गरेको छ।

इजरायली हमला धेरैजसो परमाणु र सैन्य केन्द्रहरूमा लक्षित देखिन्छन् तर आवासीय क्षेत्रहरूमा पनि त्यसको असर पारेको छ।

इजरायलले इरानलाई परमाणु अस्त्र बनाउन रोक्नका लागि आक्रमण सुरु गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .