• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो


मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

लस एन्जलस । रोबर्ट डाउनी जूनियर र मार्वल स्टुडियोका फ्यानको प्रतीक्षा लम्बिने भएको छ । निर्माताले ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति पछि सारेकाले ’डक्टर डूम’ लाई पर्दामा हेर्ने अपेक्षा झनै बढेको छ ।

केही समयदेखि मार्वल सिनेम्याटिक युनिभर्सका फिल्मले अपेक्षाकृत ढंगले बक्सअफिसमा जादू गर्न सकेका छैनन् । एक दिनअघि, टम हल्याण्डको ‘स्पाइडर म्यान ४’ यसको कास्टिर्लाइ लिएर चर्चामा थियो । यसबीच ‘एभेन्जर्स : डूम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’को बारेमा ठूलो खबर छ ।

यी दुवै फिल्मबाट फ्यानको ठूलो अपेक्षा छ, तर डाक्टर डूमको भूमिकामा खलनायकको भूमिका निर्वाह गरिरहेका रोबर्ट डाउनी जूनियरको कारणले पनि उत्साहको स्तर उच्च छ । दुःखको कुरा, यी दुवै फिल्मका लागि फ्यानले अझै केही समय पर्खनुपर्नेछ ।

किनभने डिज्नीले मार्वल सिनेम्याटिक युनिभर्सका यी दुवै फिल्मको रिलिज स्थगित गरेको छ । स्टुडियोले बिहीबार प्रदर्शन मिति पोस्टपोन्ड गर्ने घोषणा गरेको हो । मार्वलको माउ कम्पनी डिज्नीले भन्यो, ‘रोबर्ट डाउनी जूनियरको एमसीयूमा पुनरागमन हुने फिल्म ‘एभेन्जर्स : डूम्सडे’ अब डिसेम्बर १८, २०२६ मा रिलिज हुनेछ ।

यो फिल्म पहिले मे १, २०२६ मा हलमा आउने तालिका थियो । तर अब यसलाई ७ महिनाको लागि स्थगित गरिएको छ । यो फिल्म अहिले निर्माण चरणमा छ ।

स्टुडियोले पहिले नै आगामी दुवै ‘एभेन्जर्स’ फिल्मको छायांकन सुरु भएको बताएको थियो । नयाँ घोषणामा, ‘एभेन्जर्स : डूम्सडे’ सँगसँगै, ‘एभेन्जर्स : सेक्रेट वार्स’ को रिलिज मिति पनि परिवर्तन गरिएको छ । यो फिल्म २ मे २०२७ को सट्टा १७ डिसेम्बर २०२७ मा रिलिज हुनेछ ।

रोयटर्सको रिपोर्टअनुसार, नयाँ सुटिङ तालिकालाई अन्तिम रूप दिइएको छ । फिल्म निर्मातालाई सुपरहिरो फिल्मको निर्माण सम्पन्न गर्न थप समय दिने निर्णय गरिएको छ ।

‘एभेन्जर्स : डूम्सडे’ र ’एभेन्जर्स : सेक्रेट वार्स’ दुवै मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)को सातौं श्रृंखला हुन् । यी फिल्मलाई रुसो ब्रदर्सले निर्देशन गरिरहेका छन् । यसअघि, रुसो ब्रदर्सले एमसीयूलाई ‘एभेन्जर्स : एन्डगेम’ र ‘एभेन्जर्स : इन्फिनिटी वार’जस्ता हिट फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भ्याटिकन सिटी निरन्तर घाटामा, सम्पत्ति बेचेर घाटा कम गर्न सुझाव
  • २०८२ जेष्ठ १०, शनिबार २१:५९
  • In "BannerNews"
  • अमेरिका चीन प्रतिस्पर्धा र ब्यापार द्वन्द्व
  • २०८२ जेष्ठ १०, शनिबार २१:५९
  • In "अन्तराष्ट्रिय"
  • गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?
  • २०८२ जेष्ठ १०, शनिबार २१:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version