रौतहट : रौतहटमा किशोरीको बलात्कारपछि हत्या र पुजारीको हत्यामा संलग्न भएको आरोपमा तीनजना जेल चालान भएका छन् ।
तीनै जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार किशोरीको बलात्कार पछि हत्या गरेका आरोपित वृन्दावन नगरपालिका–४ पलटुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई जेल चलान गरेको हो ।
गत असोज १६ गते गढीमाई नगरपालिका १ घर भइ वृन्दावन नगरपालिका ४ स्थित आफ्नो बाजेको घरमा बस्दै आएकी १४ वर्षीया किशोरीको शव फेला परेको थियो ।
पक्राउ परेका तेलिले उनको बलात्कार गरि घटना लुकाउने उदेश्यले हत्या गरेको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, गत भदौ ३ गते रौतहटकै माधवनारायण नगरपालिका–२ खैस्रैया चोकस्थित रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरेको आरोपमा दुईजनालाई जेल चलान गरिएको छ ।
पुजारी हत्याका आरोपित देवाही गोनाही–१ करुनिया बस्ने नरेश भन्ने राम नरेश पटेल र जयनारायण राउत पटेललाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।