No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

मध्यविन्दु (नवलपरासी)। नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते९हिउँदे० धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।

मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका–१०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका–२ र ३, विनयी त्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ”,उनले भने।

कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिए।
चैते धान प्रवद्र्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।

“गत वर्ष जिल्लामा एक हजार ५३ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदा छ हजार दुई सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो”,उनले भने,“यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने अनुमान गरेका छौँ ।”बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए।

“चैते धानमा रोग तथा कीरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”,उनले भने,“जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैते धान रोप्ने गरिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .