No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता

मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता

महेश सिंह लहान, अग्नीसाई कृष्ण सावर्ण गाउँ पालिका ६ मा मिटरब्याजको चक्रव्यूहमा परेका स्थानीय पीडितहरूले न्यायका लागि हारगुहार गरिरहेका छन्। ऋण लिएको रकमभन्दा कैयौं गुणा बढी तिरेर पनि आफ्नो जग्गा फिर्ता नपाएपछि उनीहरू संघर्ष समितिसम्म पुगेका छन्।
३२ कठ्ठा जग्गामाथि १ करोड १८ लाखको भार
रतवालाका दिपेन्द्र प्रसाद लेखीले २०६६ सालमा सुकदेब लेखीसँग १४ हजार रुपैयाँ ऋण लिएका थिए। उनले कुल २५ हजार फिर्ता गरिसकेको दाबी गर्छन्। तर, लिखत पास गराउँदा दुई लाख पाँच हजार रुपैयाँ धरोधनी राखिएको जग्गा साहुले अहिलेसम्म फिर्ता दिएका छैनन्। चक्रवर्ती ब्याज जोड्दै सुकदेब लेखीले हालसम्मको रकम १ करोड १८ लाख पुर्‍याएको पीडित बताउँछन्।

“ऋण तिरेको धेरै भइसक्यो, साहुले मेरो ३२ कठ्ठा जग्गा कब्जा गरेर जोतिरहेका छन्,” लेखी भन्छन्, “न्याय माग्न संघर्ष समितिसम्म पुगेको छु।”
१ लाख ऋण लियो, ३० लाख माग्दै साहु
यस्तै, पुलकित लेखीको कथा पनि उस्तै छ। उनले २०७१ सालमा बद्री लेखीसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। अहिलेसम्म १ लाख ५४ हजार तिरिसकेका छन्। तर, बद्री लेखीले चक्रबर्ती ब्याज जोड्दै रकम ३० लाख बनाएका छन्। २ कठ्ठा जग्गा राजीनामा पास गरेपछि जग्गा फिर्ता गर्न बद्री लेखी तयार छैनन्।

“ऋण लिएको भन्दा तेब्बर बढी तिर्न बाध्य पारियो,” पुलकित लेखी भन्छन्, “अब त साहुले मेरो जग्गा नै फिर्ता गर्न मानेका छैनन्।”
१५ कठ्ठा जग्गामाथि ५० लाखको दाबी मिटरब्याजीको सिकार भएका मिश्रित लाल चौधरीले बेबी कुमारी साह र बिन्दा देवी कोईरीसँग २०७१ सालमा २ लाख ५० हजार, १ लाख ५० हजार र २५ हजार गरी तीनजनासँग सानो सानो ऋण लिएका थिए। तर, ब्याजका नाममा ५० लाख तिर्नुपर्ने अवस्था आएपछि उनी संघर्ष समितिमा पुगे।

संघर्ष समितिले साहुले कब्जा गरेको १५ कठ्ठा जग्गा पुनः कब्जा गरी पीडितलाई फिर्ता गराएको छ। “मिटरब्याजीको ज्यादती सहन नसकेर हामीले हस्तक्षेप गरेका हौं,” संघर्ष समिति सदस्य तयब अली भन्छन्, “पीडितलाई जग्गा फिर्ता दिनु पर्ने हाम्रो अडान हो।”
यता, बिन्दा देवी कोईरीका परिवारले भने आफूहरूले विदेशमा कमाएर उक्त जग्गा किनेको दाबी गरेका छन्। उनीहरूले संघर्ष समितिको कदमप्रति असन्तुष्टि जनाएका छन्।

सप्तरीमा मिटरब्याजीको यस्तो जालो उजागर भएसँगै न्याय खोज्ने पीडितहरूको संघर्ष अझ चर्कने देखिन्छ। कानूनी रूपमा मिटरब्याज अस्वीकृत भए पनि स्थानीय स्तरमा यसको प्रभाव कायमै छ। पीडितहरूले प्रशासनले ठोस कदम चाल्नुपर्ने माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

नेविसंघ केन्द्रीय सदस्यद्वारा पथरीका विद्यार्थीमाथि हातपात

लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

भारत-पाकिस्तानसम्म जोडिएको लाल हत्याकाण्डमा टर्निङ प्वाइन्ट : सुटर गुड्डु टोखाबाट पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...