मधेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको कार्यवाहक अध्यक्षमा साहित्यकार तथा गीतकार अशोक कुमार दत्त नियुक्त भएका छन् ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको बोर्डमा मन्त्रालयले दत्तलाई कार्यबाहक नियुक्त गरेको हो ।
प्रदेश सञ्चार ऐन, २०७७ को दफा ९ अनुसार फागुन १ गतेको मन्त्रालायको निर्णयअनुसार उनलाई जिम्मेवारी दिइएको हो ।
दत्तले आज औपचारिक रूपमा पदभार ग्रहण गर्दै चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डलाई नयाँ दिशा र ऊर्जा दिने प्रतिबद्धता बताए । अगामी अध्यक्ष नियुक्त नहुँदासम्म उनले कार्यबाहकको जिम्मेबारी सम्हाल्ने छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का बासिन्दा दत्त संचारसँगै साहित्य क्षेत्रमा निरन्तर कलम चलाउ छन् । विगत एकवर्षदेखि मुखको क्यान्सर रोगले पीडित उनी उपचार पश्चात पुनर्जीवन पाएका छन् ।