• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मूल्यवृद्धिले उपभाेक्ता मारमा, दुई प्रतिशतले घटेकाे सरकारी तथ्यांक


मूल्यवृद्धिले उपभाेक्ता मारमा, दुई प्रतिशतले घटेकाे सरकारी तथ्यांक

काठमाडौँ  : बजार मूल्यवृद्धिले उपभोक्ताको भान्सा मंहगिएको बेला सरकारी तथ्यांक भने विपरित देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा मुल्यवृद्धि करिब दुई प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएकाे हाे ।

२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।

२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार दुई महिनामा आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।

संघीय सरकारको खर्च ५३ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ५ अर्ब ३७ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन ।

वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दाबीको वृद्धिदर १०.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । janatasamachar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
  • २०७७ कार्तिक ५, बुधबार १८:०८
  • In "आर्थिक"
  • ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर
  • २०७७ कार्तिक ५, बुधबार १८:०८
  • In "देश"
  • १३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर
  • २०७७ कार्तिक ५, बुधबार १८:०८
  • In "आर्थिक"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

बारामा एक भारतीयले प्रहरीमाथि गोली प्रहार

गण्डकीका नेकपा सांसदको दसैं भत्ता पनि कोरोना कोषमा

सरकारको निर्णय संविधान विपरित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version