• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर


ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

काठमाडौं । ऋण लगानीमा ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् ।

पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वाषिर्क बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।

लगानी भएको निजी क्षेत्रतर्फको कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टले बताए । जबकी यहिँ अवधिमा विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशतले बढेको छ ।

कर्जा लगानीमा विकास बैंक आक्रामक नै देखिए पनि ‘ग’ वर्गका (वित्त) कम्पनीहरु कमजोर देखिएका छन् । प्रवक्ता भट्टका अनुसार यस अवधिमा वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले मात्रै बढेको छ ।

कृषिमा बढ्यो लगानी

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।

अधिकांश कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नडुबोस र ऋण लिनेलाई तिर्नै पर्छ भन्ने महशुस होस भनेर धितो सुरक्षण गरेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न प्रकारका सम्पत्ति धितोमा राखेर ऋण दिने गरेका छन् ।

तर सबैभन्दा ठूलो हिस्सा घरजग्गा धिताकै देखिएको छ । राष्ट्र बैंकका अनुसार २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ ।

१२.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । २०७६ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.७ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७७ माघ २, शुक्रबार १३:५४
  • In "थप"
  • अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक
  • २०७७ माघ २, शुक्रबार १३:५४
  • In "BannerNews"
  • २ करोड ९१ लाख जनसङ्ख्या भएको देशमा ५ करोड बढी बैंक खाता !
  • २०७७ माघ २, शुक्रबार १३:५४
  • In "BannerNews"
Tags: #अपराध#आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

फागुन १८ रातिदेखि २१ गते मध्यरातसम्म कैलालीका सीमा नाका बन्द

Next Post

संविधानको धारा नै उल्लेख नगरी संसद विघटन गर्ने निर्णय गरेको खुलासा

संवैधानिक इजलासमै उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीश भेट’बारे प्रश्न

जुवाखालबाट पक्राउ परे रुकुम पूर्वका जिसस प्रमुख ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version