• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?


स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?

काठमाडौं । सप्तरी राजविराजका २५ वर्षीय रवीन्द्र साहले एक महिनाअघि एभरेष्ट बैंकबाट ६ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ सहुलियत ऋण लिए ।

सो ऋणबाट उनले गाउँमै कृषि व्यवसाय शुरु गरिसकेका छन् । सस्तो ब्याजदरमा पाएको ऋणबाट शुरु गरिएको व्यवसायबाट राम्रै आम्दानी हुनेमा उनी उत्साहित छन् । ‘बैंकले मलाई पत्यायो, त्यसमै खुसी लागेको छ, सस्तोमा पाएँ भन्दैमा यसको म दुरुपयोग गर्दिनँ,’ उनले भने ।

सहुलियत ऋण माग गर्दै उनी धेरै पटक बैंक धाए, निकै सास्ती खेपे । निकै कष्टपछि ऋण पाउँदा उनलाई युद्ध नै जितेजस्तै भएको छ ।

सहुलियत ऋणका लागि उनी दुई वर्ष अघिदेखि बैंकमा धाएकोधायै थिए । ऋणका लागि आवेदन दिएको उनको फाइल अझै राष्ट्रिय वाणिज्य बैंकमा थन्किरहेको छ ।

रवीन्द्रजस्ता अन्य धेरै युवा सहुलियत कर्जा लिएर व्यवसाय शुरु गर्न चाहन्छन् तर प्रक्रिया यति कठिन र झन्झटिलो छ कि उनीहरु पहिला नै निरुत्साहित हुन्छन् । अनि धेरैलाई प्रक्रियाको बारेमा पनि पूरा जानकारी छैन, अपूर्ण कागजात पेश गर्छन् र दुःख पाउँछन् ।

पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जामा निकै लगानी गरेको छ । धेरै सहुलियत कर्जा लगानी गर्नेमा राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ ।

निजी क्षेत्रका बैंकहरुले झनै सास्ती दिने गरेको सेवाग्राहीको गुनासो छ । कतिपय बैंकले ऋण नपाइला भनेर बैंकसम्म पुग्नै डराउँछन् ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा जम्मा ६८ जनाले मात्रै शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिएका छन् । राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलका अनुसार कात्तिक मसान्तसम्म ९३ खर्ब ९ करोड रुपैयाँ स्वीकृत भएकोमा ७९ अर्ब ७५ करोड रुपैयाँ सहुलियत ऋण लगानीमा रहेको छ

कतिपयले पूरा कागजात पेश नगरेका कारण कर्जा पाएका छैनन् । अनि आवश्यक सम्पूर्ण कागजात पूरा गरेर पनि कर्जा नपाई सास्ती खेप्ने युवाहरुको संख्या पनि ठूलो छ ।

सरकारले बजेटमा नै व्यवस्था गरी सहुलियत कर्जाको शुरुवात गरेको थियो तर व्यवहारमा धेरै झन्झट देखिएको छ ।

२०७५ सालमा नै सहुलियतपूर्ण कर्जा दिनका लागि सरकारले नयाँ कार्यविधि बनाएर काम अघि बढाएको थियो ।

सोही कार्यविधिअनुसार शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण, एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा अघिल्लो वर्षको असोजदेखि नै दिन शुरु गरिएको हो ।

तर अझै पनि सहुलियत कर्जा लगानी राम्रोसँग हुन सकेको छैन भन्ने नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले नै पुष्टि गर्छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार तुलनात्मक हिसाबले कृषि क्षेत्रमा जाने सहुलियत कर्जाको आकर्षण राम्रै छ । तर, अन्य शीर्षकमा जाने सुहलियत कर्जा भने अत्यन्तै न्यून छ ।

राष्ट्र बैंकका अनुसार २०७७ कात्तिक मसान्तसम्म ४६ हजार ३४३ ऋणीमा सहुलियतपूर्ण कर्जा प्रवाह भई ७९ अर्ब ७५ करोड कर्जा बक्यौता रहेको छ ।

यस्तो छ कर्जा लगानीको अवस्था

शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिन सकिने कार्यक्रमले निकै चर्चा पायो । खासगरी विद्यार्थी संगठनहरुले यसको स्वागत गरेका थिए ।

शिक्षित युवा स्वरोजगार कर्जा प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उपलब्ध गराइन्छ । ‘क’ वर्गका विभिन्न वाणिज्य बैंकहरुले यस्तो कर्जा दिन्छन् ।

तर, यो कार्यक्रम प्रभावकारी देखिएन । एकातर्फ विद्यार्थीहरुले सहुलियत कर्जा नपाएको गुनासो गरेका छन् भने अर्कोतर्फ सरकारी पक्षले कर्जा लिन युवा नआएको दावी गरेको छ ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा जम्मा ६८ जनाले मात्रै यो शीर्षकमा कर्जा लिएका छन् । राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलका अनुसार कात्तिक मसान्तसम्म ९३ खर्ब ९ करोड रुपैयाँ स्वीकृत भएकोमा ७९ अर्ब ७५ करोड रुपैयाँ सहुलियत ऋण लगानीमा रहेको छ ।

जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

कृषिबाहेकका अन्य शीर्षकका सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १७ हजार ५७५ ऋणीको १४ अर्ब ४५ करोड रुपैयाँ मात्रै कर्जा लगानी छ ।

यसैगरी २०७७ कात्तिक मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा छ । यसमध्ये साधारण पुनरकर्जा ५ अर्ब ७ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण गर्न प्रदान गरिएको पुनरकर्जा ९० करोड रुपैयाँ छ ।

सहायक प्रवक्ता पोखरेलका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ३९६ जनाले मात्रै उपयोग गरेका छन् भने महिला उद्यमशील कर्जा १४ हजार ३ सय २७ जनाले लिएका छन् ।

यसैगरी दलित समुदाय व्यवसाय विकास कर्जा ३ सय ९६ जनाले, उच्च र प्राविधिक व्यवसायिक कर्जा ८४ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २२६ उपयोग गरेका छन् ।

कपडा उद्योग सञ्चालनका १९५ जनाले सहुलियत ऋण लिएका छन् । प्राविधिक तथा व्यवसायिक तालिम परिषदमा मान्यता प्राप्त संस्थाहरुबाट लिइने तालिममा पनि कर्जा पाइने व्यवस्था छ । तर, हालसम्म यो शीर्षकमा कर्जा लगानी नभएको राष्ट्र बैंकले जनाएको छ ।

‘क’ वर्गका बैंकहरुको तुलनामा अन्य बैंक तथा वित्तीय संस्थाबाट झन् थोरै कर्जा लगानी भएको छ ।

कात्तिक मसान्तसम्म ‘ख’ वर्गका विकास बैंकबाट ३ हजार २ सय ६५ ऋणीले ५ अर्ब ६० करोड रुपैयाँ ऋण लिएका छन् भने ‘ग’ वर्गबाट २३१ जनाले ५६ करोड रुपैयाँ र ‘घ’ वर्गका संस्थाहरुबाट ११४ जनाले १० करोड रुपैयाँ सहुलियत ऋण लिएका छन् ।

किन छैन सहुलियत कर्जामा आकर्षण ?

कृषिबाहेक अन्य शीर्षकमा जाने कर्जाको अवस्था न्यून छ । अझ एक वर्षअघिको कुरा गर्ने हो भने झन् अवस्था नाजुक नै थियो । कर्जा लगानी राम्रोसँग हुन नसकेको विषयमा राष्ट्र बैंक र सरकारसमेत जानकार छ ।

सहुलियत कर्जा लगानी नभएपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गर्यो ।

विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने नयाँ मौद्रिक नीतिमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरासमेत बढाइएको छ ।

युवाहरु कर्जाका लागि मापदण्ड पूरा गरेर आए बैंकहरुलाई दिन कुनै अप्ठेरो नरहेको बैंकहरुको दावी छ । ‘हामीलाई कर्जा दिन समस्या छैन, तर मापदण्ड पूरा गरेर आउनुपर्यो,’ एक बैंकका सीईओले भने, ‘हामीले चाहेरमात्रै हुँदैन, कर्जा माग गर्न त आउँछन्, तर प्रक्रिया पूरा गर्दैनन्, प्रक्रिया पूरा नगरी कसरी कर्जा दिनु ?’ बैंकहरुले यस्तो बताए पनि सप्तरीका रवीन्द्रजस्तै धेरै पटक बैंक धाउनुपर्ने बाध्यताका धेरै युवाहरु छन् ।

राम्रो प्रस्ताव आएन : अध्यक्ष दाहाल

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल यतिबेला बैंकले ऋण दिन चाहेको बताउँछन् । तर पनि राम्रो प्रस्ताव नआएको कारण बैंकहरुले लगानी नगरेको उनको तर्क छ । बैंकहरुले सकेसम्म कम्प्रोमाइज गरेर कर्जा लगानी गरिरहेका उनी बताउँछन् ।

‘कृषि तथा पशुपंक्षी र महिला उद्यमशील शीर्षकमा जाने सहुलियत कर्जाको अवस्था निकै राम्रो छ, कम गएको भनेको शिक्षित युवा स्वरोजगार कर्जा हो,’ उनले भने, ‘अब विजनेश प्रस्ताव हेर्नुपर्यो, त्यत्तिकै त लगानी गर्ने कुरा भएन, प्रपोजल नै राम्रो नभएपछि बैंकले कर्जा लगानी गर्दैनन् ।’ साँच्चिकै राम्रो व्यवसायिक योजना ल्याए बैंकहरुले हौसिएर कर्जा लगानी गर्ने उनको धारणा छ ।

अहिले बैंकहरुमा लगानीयोग्य रकम (तरलता) धेरै रहेकाले पनि बैंकहरु सकेसम्म धेरै कर्जा लगानी गर्न चाहन्छन् । ‘प्रपोजल राम्रो हुनुपर्यो, हामी दिन चाहान्छौं किनकी बैंकमा अहिले फालाफाल पैसा छ,’ उनले भने, ‘यो बेलामा पनि कसैले कर्जा पाइनँ भन्छ भने त्यहाँ उसकै कमजोरी हो भन्ने पक्का हुन्छ ।’ बैंकहरुले सकेसम्म सहज तरिकाले नै कर्जा दिने उनी बताउँछन् ।

‘कृषिमा आकर्षण राम्रो छ, अरुमा पनि बढ्दै जान्छ’

कृषिमा जाने सहुलियत कर्जामा निकै आकर्षण रहेको र अन्यमा पनि विस्तारै आकर्षण बढ्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले शिक्षित बेरोजगार कर्जा पनि आकर्षित कार्यक्रम नै भएको बताउँछन् ।

तर यो ऋण लिन चाहाने शिक्षित युवाहरुले बैंकमा प्रोजेक्ट प्लान बुझाउन नसकेको कारण धेरै ऋण जान नसकेको उनले बताए ।

‘सर्टिफिकेट बुझाएर सजिलै पाउने भन्ने कुरा हुँदैन, विजनेश प्लान बुझाउनु पर्ने हुन्छ,’ उनले भने, ‘कमै मात्रामा कर्जामा जानुको कारण प्लान भायवल देखिएन कि भन्ने मलाई लाग्छ ।’

कृषिमा गएको ऋणलाई भने राम्रो मान्नु पर्ने उनले बताए । राज्यले पनि कृषिलाई राम्रै प्राथमिकतामा राखेको र कर्जाको माग पनि यो क्षेत्रमा धेरै हुनु राम्रो कुरा भएको उनको भनाइ छ ।

कृषिबाहेकका अन्य क्षेत्रहरुमा पनि विस्तारै आकर्षण बढ्दै जाने उनको विश्वास छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकका हरेक शाखा कार्यालयहरुले कर्जा लगानी गर्नैपर्ने गरी बाध्यकारी व्यवस्था गरिएको छ । त्यसैले बैंकलाई आनाकानी गर्न ठाउँ नभएको सहायक प्रवक्ता पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ
  • २०७७ पुष १३, सोमबार ११:४४
  • In "थप"
  • कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?
  • २०७७ पुष १३, सोमबार ११:४४
  • In "मध्य पूर्व"
  • सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड
  • २०७७ पुष १३, सोमबार ११:४४
  • In "BannerNews"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो ओली समूह

संसद विघटनविरुद्ध सडकमा उत्रियो कांग्रेस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version