• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?


कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?

काठमाडौं । कोरोना भाइरसको महामारी रोक्न सरकारले ११ चैतदेखि गरेको लकडाउनले अर्थतन्त्रलाई निकै नराम्रो असर गर्यो । जसको प्रत्यक्ष प्रभाव बैंकहरुमा देखियो । बैंकहरुले कर्जा लगानी गर्न नसकेर महिनौं पैसा थुपारेर बस्नु पर्यो ।

कुनै बेला लगानीयोग्य रकम (तरलता) अभाव भएर केन्द्रीय बैंकसँग आश गर्नु पर्ने बैंकहरुले लकडाउन पछि केन्द्रीय बैंकले तरलता खिचिदेओस् भनेर आश गर्नुपर्यो । जसको परिणामस्वरुप केन्द्रीय बैंकले एक प्रतिशतभन्दा तल औसत ब्याजदरमा अर्बौं तरलता खिचेर राखेको छ ।

बैंकहरुमा नयाँ ऋण नजाने मात्रै होइन ऋण लिएकाहरु पनि समस्यामा थिए । व्यापार व्यवसायहरु चल्न नसकेका कारण बैंकहरुको खराब कर्जा निकै ठूलो मात्रामा देखिने अपेक्षा गरिएको थियो ।

तर पछिल्लो तथ्यांक हेर्ने हो भने बढ्छ भनिएको बैंकहरुको निस्कृय कर्जा घटेको छ । बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल ऋणीहरुले तिर्नु पर्ने किस्ता नियमित जस्तो नै तिरिरहेको बताउँछन् । तर अहिले निस्कृय कर्जा कम देखिनुको कारण भने राष्ट्र बैंकले दिएको सहुलियत नै भएको उनी बताउँछन् ।

सबैभन्दा कम निस्कृय कर्जा एभरेष्ट बैंकको देखिएको छ भने सबैभन्दा धेरै खराब कर्जा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ

राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरुलाई ऋण तिर्ने समयावधी थप गरिदिएको छ । जसको कारण अहिले खासै असर परेको छैन । दोस्रो त्रैमासको रिपोर्ट पछि भने बैंकहरुको निस्कृय कर्जा बढ्न सक्ने अध्यक्ष दाहालको अनुमान छ ।

पूर्वबैंकर सुमन शर्मा भने बैंकहरुमा अहिले वास्तविक असर नदेखिएको बताउँछन् । केन्द्रीय बैंकले दिएका केही सहुलियतका कारण अहिले खासै असर नदेखिए पनि कालान्तरमा बैंकहरुमा नराम्रो असर पर्ने उनको भनाइ छ ।

बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराबकर्जाको सूचीमा राख्नुपर्छ । जसलाई निस्क्रिय कर्जा वा खराब कर्जा (एनपीएल) भनिन्छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । तर यस्ता कोभिड प्रभावित ऋणीहरुलाई राष्ट्र बैंकले केही सहुलियत दिएको छ । राष्ट्र बैंकका अनुसार पुसभन्दा यताका ऋणहरुलाई खराबकर्जामा राखिएको छैन ।

मौद्रिक नीतिको समीक्षा गर्दै केही साता पहिलेमात्रै राष्ट्र बैंकले ६ महिनासम्म कर्जा किस्ता नियमित नगर्नेहरुको धितो लिलामी २०७८ असारसम्म नगर्न निर्देशन दिएको छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरुको खराब कर्जा औसतमा बढे पनि ५ प्रतिशतभन्दा कम रहेकाले जोखिमयुक्त छैनन् ।

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा असोज मसान्तमा बैंकहरुको निस्कृय कर्जामा सुधार आएको छ । औसत निस्कृय कर्जा असार मसान्तसम्म १.७४ प्रतिशत रहेको थियो । यो घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १.५९ प्रतिशतमा झरेको छ ।

सरकारी बैंकको निस्कृय कर्जा धेरै

सबैभन्दा कम निस्कृय कर्जा एभरेष्ट बैंकको देखिएको छ भने सबैभन्दा धेरै खराब कर्जा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । एभरेष्ट बैंकको गत असार मसान्तसम्म  ०.२२ प्रतिशत निस्कृय कर्जा रहेको थियो । गत असोज मसान्तमा पनि ०.२२ प्रतिशतमै कायम राख्न एभरेष्ट बैंक सफल भएको छ । जुन सबैभन्दा कम हो ।

निस्कृय कर्जा कम हुने दोस्रो नम्बरमा भने नेपाल एसबीआई बैंक देखिएको छ । गत असार मसान्तमा ०.२३ प्रतिशत रहेको निस्कृय कर्जा असोज मसान्तसम्म बढेर ०.२५ प्रतिशत रहेको छ । तर यो बैंकिङ क्षेत्रको दोस्रो कम निस्कृय कर्जा हो ।

सबैभन्दा धेरै निस्कृय कर्जा भने सरकारी बैंककै छ । गत असार मसान्तमा ४.०८ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको निस्कृय कर्जा असोज मसान्तमा बढेर ४.१० प्रतिशत पुगेको छ । यो सबैभन्दा धेरै हो ।

निस्कृय कर्जा धेरै हुनेमा अर्को नेपाल बैंक छ । नेपाल बैंकको पनि निस्कृय कर्जा बढेको छ । असारमा २.५९ प्रतिशत रहेको निस्कृय कर्जा असोजमा बढेर ३.०२ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी
  • २०७७ पुष १०, शुक्रबार ११:१३
  • In "आर्थिक"
  • बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक चुपचाप
  • २०७७ पुष १०, शुक्रबार ११:१३
  • In "आर्थिक"
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७७ पुष १०, शुक्रबार ११:१३
  • In "थप"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

कोरोना भाइरस सङ्क्रमणः भिटामिन 'डी' ले कोभिड-१९ बाट जोगाउने 'पर्याप्त प्रमाण छैन'

सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version