• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्


छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

काठमाडौं । “मेरी आमा म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो। त्यो सपना पूरा गर्न मलाई मेरी छोरीले सघाइन्,” अमुथावल्ली मनिवन्ननले बताइन्।

दक्षिण भारतको तमिलनाडु राज्यको एउटा सानो नगरमा बस्ने अमुथावल्लीले आफ्नो सम्पूर्ण जीवनकालमा सङ्घर्ष गर्नुपरेको छ। दलित समुदायकी उनी बच्चैदेखि पोलियो रोगबाट ग्रसित थिइन्। उनी ११ वर्षको हुँदा उनका पिताको निधन भयो।

सानैदेखि अमुथावल्ली डाक्टर बन्ने सपना देख्थिन्। तर स्कूलको अन्तिम परीक्षामा पर्याप्त अङ्क ल्याउन असमर्थ भएपछि उनले फिजिओथेरपी रोजिन्।

गत वर्ष उनले आफ्नी एकमात्र छोरी संयुक्तालाई मेडिकल स्कूलमा प्रवेश परीक्षाका निम्ति तयारी गर्न सघाइन्। त्यसपछि उनले आफैँ पनि परीक्षा दिने निधो गरिन्।

आफ्नो पुरानो आकाङ्क्षाले उनलाई कडा परिश्रम गर्न प्रोत्साहित गर्‍यो। उनको कठिन परिश्रमले उनलाई सफल बनायो। अमुथावल्ली र छोरी दुवै जना प्रवेशपरीक्षामा उत्तीर्ण भए। अब दुवै जना चिकित्साशास्त्र अध्ययन गर्ने तयारीमा छन्।

“मैले विगत महिनादेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,” ४९ वर्षीया अमुथावल्लीले भनिन्।

भारतका मेडिकल कलेजहरूमा भर्ना पाउन निकै प्रतिस्पर्धा गर्नुपर्छ।

डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि उपलब्ध १,२०,००० सीटका लागि देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्छन्।

तीमध्ये आधा सीट मात्र सरकारद्वारा सञ्चालित निकायसँग छ। तिनमा विद्यार्थीहरूले थोरै शुल्क तिर्छन्।

आफ्नो विद्यालयस्तरीय शिक्षा सकिएपछि अरू कैयौँ विद्यार्थीहरूजस्तै संयुक्ताले राष्ट्रिय प्रवेशपरीक्षाका लागि एक वर्ष तयारी गरिन्।

“उनी [छोरी संयुक्ता] मलाई बारम्बार उत्तर जाँचिदिन भन्थिन्। अचानक मेरो मनमा मैले पनि कोसिस गर्नुपर्छ भन्ने आयो,” अमुथावलीले बीबीसी न्यूज तमिललाई भनिन्।

अमुथावल्लीले ३० वर्षअघि नै विद्यालय तहको पढाइ सकेकी हुन्। त्यतिखेर उनले पढेको पाठ्यक्रम निकै भिन्न थियो।

“मलाई भौतिकशास्त्र निकै कठिन लाग्यो। धेरै समीकरण र सूत्र थिए। मैले धेरै बुझ्न सकिनँ। जीवशास्त्रमा मैले राम्रो गर्न सकेँ,” राहतका सास फेर्दै उनले भनिन्।

मेडिकल प्रवेश परीक्षामा विद्यार्थीहरूले ‘मल्टिपल चोइस’ प्रश्नावलीको सामना गर्नुपर्छ। धेरै विकल्पमध्ये सही विकल्प रोज्नुपर्छ। गलत जबाफ दिएमा अङ्क काटिन्छ।

“हरेक प्रश्नको चारवटा उस्तै लाग्ने जबाफ राखिएका हुन्छन्। तीमध्ये सही विकल्प रोज्ने तरिका मेरी छोरीले मलाई सिकाइन्।”

संयुक्ताले आफूले आमालाई सघाएको सम्झिइन्। उनले सबै प्रश्नको छिटो उत्तर दिन अनि अनुमान गरेर अङ्क गुम्ने जोखिम नमोल्न सिकाएको बताइन्।

“सामान्यतया म मेरो कक्षाबाट घर फर्कनासाथ आमाले मलाई पाँचवटा प्रश्न सोध्न भन्नुहुन्थ्यो। तीमध्ये धेरैजसो उहाँले तीनवटाको सही उत्तर दिनुहुन्थ्यो। म रिसाउँथेँ,” १८ वर्षीया संयुक्ताले भनिन्।

“मेरी आमालाई जीवशास्त्र मन पर्थ्यो। तर भौतिकशास्त्र र रसायनशास्त्र गाह्रो लाग्थ्यो। उहाँले अझै थप मेहनत गर्नुभएको भए धेरै अङ्क आउन सक्थ्यो,” संयुक्ताले भनिन्।

आमालाई सिकाउँदा आफूलाई पनि सिक्न धेरै सहज भएको संयुक्ताले बताइन्।

भारतमा डाक्टरहरूले अग्रणी सामाजिक हैसियत तथा धेरै सम्मान पाउँछन्।

यी आमाछोरीलाई साथी तथा आफन्तहरूबाट बधाईको ओइरो लागेको छ। बीबीसीसँग बोल्दै अमुथावलीले पुरानो सङ्घर्षको स्मरण गरिन्।

“मैले सन् १९९४ मा स्कूले शिक्षा सकेँ। म डाक्टर बन्न चाहन्थेँ,” उनले भनिन्। तर सफल हुन नसकेपछि आफू निकै निराश भएको उनले वर्णन गरिन्।

“मेरी आमाको साथ लागेर मैले त्यतिखेर मेडिकल भर्ना प्रक्रिया बुझेँ। मेडिकल कलेजमा भर्ना पाउन पुग्ने अङ्क थिएन। मैले फिजिओथेरपीको सीट पाएँ,” अमुथावल्लीले भनिन्।

“मेरी आमालाई निकै चोट पर्‍यो। उहाँ रुनुभो।”

“फिजिओथेरपी पनि एक प्रकारको मेडिकल कार्य नै हो र यसमा पनि मैले बिरामीकै सेवा गर्ने हो भनेर मैले उहाँलाई भनेँ।”

त्यतिखेर उनको परिवारलाई भर्ना शुल्क तिर्न पनि गाह्रो थियो – सन् १९९४ तिर भर्ना शुल्क करिब २०० डलर बराबर थियो।।

अमुथावल्लीकी आमा एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन्। आफ्ना चार सन्तान हुर्काउन उनले निकै मेहनत गरेकी थिइन्।

“अहिले आएर मैले सोचेको जस्तो भयो। तर मेरो सफलता देख्न मेरी आमाले पाउनुभएन,” अमुथावल्लीले भावपूर्ण रूपमा बताइन्।

अमुथावल्लीका पति मनिवन्नन पत्नी र छोरीको उपलब्धिबाट निकै खुसी छन्।

“अस्पतालमै काम गरे पनि डाक्टर हुन नपाएकोमा उनी सधैँ अलिकति दु:खी हुन्थिन्। तर छोरीको सहयोगले उनले यो उपलब्धि हासिल गरिन्,” पेसाले वकिल मनिवन्ननले भने।

अमुथावल्लीले आफ्नै गृहराज्यमा रहेको सरकारी मेडिकल कलेजमा पढ्ने सीट पाएकी छन्।

जीवनभरि अस्पतालमा अनि डाक्टरहरूकै सङ्गतमा काम गरेकाले मेडिकल कलेजमा आफूभन्दा साना उमेरका साथीहरूसँग पढ्न सहजै हुने उनी ठान्छिन्।

“सबै जना मेरो छोरीको उमेर सरहका हुने छन्। उनीहरूसँग म मजाले घुलमिल हुन सक्छु।”

संयुक्ताले चाहिँ कुन कलेजमा सीट पाइन् भनेर खबर आइसकेको छैन। तर आमाकै कलेजमा जान चाहिँ त्यति इच्छुक छैनन्।

“उही कक्षामा बसेर पढ्न पर्‍यो भने पनि मलाई ठूलै समस्या चाहिँ हुँदैन,” उनले भनिन्।

“तर अर्कै कलेजमा मेरो भर्ना भयो भने म अलि बढी खुला हुन पाउँथेँ र मेरा निम्ति स्वाभाविक हुने थियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय
  • २०८२ भाद्र २, सोमबार २२:०५
  • In "BannerNews"
  • कमला ह्यारिसका उपराष्ट्रपति उम्मेदवारका कारण चिनियाँ अधिकारीकी छोरीको बिचल्ली !
  • २०८२ भाद्र २, सोमबार २२:०५
  • In "BannerNews"
  • हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा
  • २०८२ भाद्र २, सोमबार २२:०५
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

Next Post

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version