• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक


अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक

चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म आधा दर्जन विकास बैंक कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा देखिएका छन्। कर्पोरेट डेभलपमेन्ट विकास बैंकसहित आधा दर्जन कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा देखिएका छन्।

नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ।

त्यहीअनुसार बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन्।

सीडी रेसियो जति कम हुन्छ, त्यति नै बैंकहरुको कर्जा लगानी क्षमता धेरै रहेको बुझिन्छ। तर, आधा दर्जन विकास बैंकको सीडी रेसियो ९० हाराहारीमा देखिँदा व्यवसाय बढाउन नसक्ने स्थितिमा पुगेका हुन्।

अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको सीडी रेसियो ९९.५७ प्रतिशत छ। केन्द्रीय बैंकको सीमाभन्दा सीडी रेसियो धेरै हुँदा ती बैंकहरुले थप कर्जा विस्तार गर्न नसक्ने भएका हुन्।

त्यसैगरी ज्योति विकास बैंकको सीडी रेसियो ८७.४० प्रतिशत, लुम्बिनी विकास बैंकको ८९.४० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८९.३० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९९.५७ प्रतिशत, नारायणी विकास बैंकको ८८.८८ र साल्पा विकास बैंकको ८८.५५ प्रतिशत छ।

यी सबै बैंकको सीडी रेसियो कसिलो हुँदा आगामी दिन थप कर्जा विस्तार गर्न नसक्ने अवस्था पुगेका हुन्।

त्यसैगरी अधिकांश विकास बैंकको खराब कर्जासमेत उलेख्यमा मात्रमा बढेको छ। बैंकहरुको खराब कर्जा बढेर कर्जा नोक्सानी पनि चुलिँदा आगामी दिनमा पुँजीसँगै प्रतिफलमा समेत गिरावट आउने देखिएको छ।

आधा दर्जनको लाभांश प्रभावित हुने 
आर्थिक वर्ष २०७९/८० को चैत मसान्तमा आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशत तल देखिएको छ।

यसले उनीहरुको लाभांश वितरण प्रभावित हुने देखिएको छ। राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पुस मसान्तमा ६ विकास बैंकको सीसीएआर १० प्रतिशत कम छ।

चाल आ.व.को तेस्रो त्रैमासिकमा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट, कामना सेवा र कर्णाली डेभलपमेन्ट बैंकको सीसीएआर १० प्रतिशत कम छ।

राष्ट्र बैंकले सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। पुँजी कोषलाई राष्ट्र बैंकले (सीसीएआर) र पूरक पुँजीलाई (सीएआर)लाई गणना गर्ने व्यवस्था छ। पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर)लाई गणना गर्ने व्यवस्था छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ६ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी १० प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।

त्यही व्यवस्थाअनुसार सीसीएआर र सीएआर गरी १० प्रतिशत नपुगे राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आएको छ।

यी विकास बैकको प्राथकिम पुँजी कोष अनुपात (सीसीएआर) १० प्रतिशत कम हुँदा लाभांश प्रभावित हुने देखिएको हो।

चैतसम्ममा मुक्तिनाथ विकास बैंकको सीसीएआर ८.५१ प्रतिशत छ। सीसीएआरको सीमा जति कम हुन्छ, त्यति नै सेयरधनीलाई दिने लाभांश प्रभावित हुन सक्छ।

त्यसैगरी ज्योति विकास बैंकले सीसीएआर ८.३९ प्रतिशत, गरिमा विकास बैंकको सीसीएआर ९.८६ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको सीसीएआर ८.५८ प्रतिशत, लुम्बिनी विकास बैंकको सीसीएआर ९.६७ प्रतिशत छ।

कुनको सीसीएआर कति? 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कर्पाेरेट डेभलपमेन्ट बैंकको प्राथमिक पुँजी कोष ५१ प्रतिशत माथि देखिएको छ।

चैत मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको सीसीएआर ८.५१ प्रतिशत, ज्योतिको ८.३९ प्रतिशत, गरिमाको ९.८६ प्रतिशत, महालक्ष्मीको १०.३८ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्टको ११.३८ प्रतिशत, लम्बिनी विकास बैंकको ९.६७ प्रतिशत, साग्रिंला डेभलपमेन्ट बैंकको ८.६३ प्रतिशत, कामना सेवा विकास बैंकको ८.६२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १०.३८ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ११.७४ प्रतिशत छ।

त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकको २४.९९ प्रतिशत, सिन्धु विकास बैंकको १०.८६ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.५८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको १७.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५१.०३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १२.४७ प्रतिशत र सालपा विकास बैंकको सीसीएआर ३८.४१ प्रतिशत छ।

कुनको खराब कर्जा कति? 
चालु आ.व.को तेस्रो त्रैमाससम्ममा विकास बैंकहरुको औषत खराब कर्जा (एनपीएल) ३.४० प्रतिशत छ।

चालु आ.व.को दोस्रो त्रैमाससम्ममा विकास बैंकको खराब कर्जा २.८२ प्रतिशत र पहिलो त्रैमाससमा खराब कर्जा २.३२ प्रतिशत छ। आर्थिक वर्षमा विकास बैंकहरुको खराब कर्जा निरन्तर बढ्दै गएको छ। खराब कर्जा बढ्दै जानु रिकोभरी समस्या हुनु हो।

बैंकहरुले लगानी गरेको कर्जा उठाउन नसक्दा खराब कर्जा निरन्तर बढ्दै गएको देखिन्छ। यसले बैंकहरुको कर्जा लगानीमा चुनौती देखिएको देखिन्छ।

तेस्रो त्रैमासमा आइपुग्दा विकास बैंकको अधिकतम् खराब कर्जा साढे १८ प्र्रतिशत पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा सर्वाधिक १८.५४ प्रतिशत पुगेको छ। त्यसैगरी सबैभन्दा न्यून खराब कर्जा मुक्तिनाथ विकास बैंकको छ।

मुक्तिनाथको खराब कर्जा १.९९ प्रतिशत रहेको छ। चालु आवको दोस्रो त्रैमासम्ममा मुक्तिनाथ बैंकको खराब कर्जा ०.९८ प्रतिशत थियो।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत माथि हुँदा जोखिमयुक्त मानिन्छ। अहिले अधिकांश विकास बैंकका खराब कर्जा ५ प्रतिशत हाराहारी देखिएको छ। यसले एकातिर बैंकहरुको कर्जा नोक्सानी प्रोभिजन बढ्छ भने अर्कोतिर लगानी क्षमता पनि घट्छ।

चालु आ.व.को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्मम ज्योति विकास बैंकको खराब कर्जा ३.८९ प्रतिशत छ।

त्यसैगरी गरिमाको १.९५ प्रतिशत, महालक्ष्मीको ४.६२ प्रतिशत, साइन रेसुङ्गाको २.११ प्रतिशत, लम्बिनी विकास बैंकको ३.७६ प्रतिशत, साग्रिंला डेभलपमेन्ट बैंकको ३.५५ प्रतिशत, कामना सेवाको खराब कर्जा ३.२६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १८.५४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २.५० प्रतिशत छ।

उता सिन्धु विकास बैंकको ४.२७ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ३.२६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.८१ प्रतिशत र सालपा विकास बैंकको खराब कर्जा ९.०७ प्रतिशत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५९
  • In "आर्थिक"
  • ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५९
  • In "देश"
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०८० जेष्ठ ९, मंगलवार ०८:५९
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

देशभर वर्षा र तराईमा हावाहुरीको पनि सम्भावना

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने

को हुन् बहुचर्चित फिल्म ‘केरला स्टोरी’की नायिका अदा शर्मा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version