No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शेख हसिनाको पार्टी अवामी लिगले निर्वाचनमा भाग लिन पाउने

शेख हसिनाको पार्टी अवामी लिगले निर्वाचनमा भाग लिन पाउने

काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी ‘अवामी लिग’ले सरकारले वा न्यायपालिकाले प्रतिबन्ध नगरेसम्म निर्वाचनमा भाग लिन सक्ने बताएका छन् ।

ढाका ट्रिब्यून अखबारको रिपोर्टका अनुसार मुख्य निर्वाचन आयुक्त (सीईसी) ले चटगाउँ सर्किट हाउसमा निर्वाचन अधिकारीहरूसँगको भेटमा यस्तो बताए। नासिर उद्दिनले निर्वाचन आयोग पूर्ण स्वायत्तताका साथ काम गर्ने र कुनै पनि बाह्य दबाबको सामना नगर्ने आश्वासन पनि दिए ।

उनले भने, ‘निर्वाचन निष्पक्ष र पारदर्शी गराउन आवश्यक सबै कदम चाल्न हामी प्रतिबद्ध छौं।’ सीईसीले गत आम निर्वाचनमा धाँधली भएको कुरालाई स्वीकार गर्दै मतदाता दर्तामा कमी आउनुको कारण मतदान प्रक्रियामा अविश्वास रहेको बताए।

यी चिन्तालाई सम्बोधन गर्न उनले छिट्टै मतदाता नामावली अद्यावधिक गर्ने घोषणा गरे । नासिर उद्दिनले भने, ‘अबको छ महिनाभित्र मतदाता नामावली अद्यावधिक हुनेछ । विगतको ढाँचामा यसपटक निर्वाचन हुन्न । अगस्ट ५ यता निर्वाचनका विषयमा राष्ट्रिय सहमति प्रवर्द्धनमा महत्वपूर्ण प्रगति भएको छ ।’

बैठकमा प्रमुख निर्वाचन आयुक्त नासिर उद्दिनले मतदाता नामावली अद्यावधिक र आगामी राष्ट्रिय निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन अधिकृतलाई विस्तृत निर्देशन दिएका थिए । केही दिनअघि पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको न्यूनतम मतदान उमेर १७ वर्ष तोक्ने सुझावले निर्वाचन आयोगलाई दबाब दिने र निर्वाचन प्रक्रियामा ढिलाइ हुने बताएको थियो ।

गत वर्ष अगस्ट ५ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकारको पतनपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएको थियो, जसको नेतृत्व ८४ वर्षीय नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई सुम्पिएको थियो। युनुसले मतदाताको न्यूनतम उमेर १७ वर्ष पुर्याउनुपर्ने सुझाव दिएका छन् । १६ डिसेम्बरमा विजय दिवसको अवसरमा आफ्नो भाषणमा मोहम्मद युनूसले बंगलादेशमा सन् २०२६ मा आम निर्वाचन हुन सक्ने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पश्चिम अफ्रिकी देश आइभरी कोस्टबाट फ्रान्सको सेना फिर्ता हुने राष्ट्रपतिको घोषणा

पश्चिम अफ्रिकी देश आइभरी कोस्टबाट फ्रान्सको सेना फिर्ता हुने राष्ट्रपतिको घोषणा

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .