No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार

वेदकोट (कञ्चनपुर)। चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रंगीचंगी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना।

साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो। ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन। उनले फालिएका प्लास्टिक संकलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन्। ‘छोराहरु बेरोजगार छन्। खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,’ उनले भने, ‘डोरी बेचेरै पेट पालिएको छ।’

डोरी, जाल, मुखौरी बनाउने सीप भएका छिमेकीलाई ती तयार गरेबापत रामस्वरुप रु एक सय दिन्छन्। फुर्सदमा उनी चाउचाउ, बिस्कुटलगायत प्लास्टिक संकलन गर्छन्। भीमदत्त र बेदकोट नगरपालिकाका विभिन्न गाउँबस्ती साइकलमा डुलेर ती सामग्री बिक्री गर्छन्। उनका अनुसार रु दुई सय ५० देखि पाँच सय सम्ममा ती सामग्री बिक्री हुन्छन्। ग्रामीण क्षेत्रमा वनजंगलबाट पातपतिंगर ल्याउन जालको प्रयोग गरिन्छ। चिसोयाम भएकाले गोठका वस्तुभाउलाई न्यानो बनाउन जंगलबाट पात ल्याइने हुँदा जाल बिक्री भइरहेको छ,’ उनले भने, ‘आकारअनुसार फरक फरक दरमा बेच्छु। दैनिक दुई/तीनवटा बिक्री हुँदा गुजारा चल्छ।’

सानो आकारको जाल, मुखौरी रु दुई सय ५० र ठूलो आकारको रु पाँच सयमा बिक्री हुने गर्छ। प्लास्टिकबाट निर्मित यस्ता घरायसी सामग्री टिकाउ हुने भएकाले किसानले रुचाउने गरेका छन्। रामस्वरुपका दुई छोरा छन्। उनकी श्रीमती ५४ वर्षकै उमेरमा बितिन्। कोरोना महामारीपछि यो व्यापारमा लागेको उनी बताउँछन्। ‘काम नगरी खान पुग्दैन। डोरीको व्यापारले जीवन धानिएको छ,’ उनले भने, ‘बुढेसकालमा काम गर्ने रहर त थिएन तर बाध्यता त्यस्तै आइलाग्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच दुई  घण्टा छलफल

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच दुई घण्टा छलफल

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

वातावरणीय मापदण्डकै कारण उत्खनन रोकियो: वन कार्यालय प्रमुख मिश्र

वातावरणीय मापदण्डकै कारण उत्खनन रोकियो: वन कार्यालय प्रमुख मिश्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .