प्रदेश २ प्रदेश सभाको चौथो अधिवेशन मंगलवारदेखि

45

धनुषा : प्रदेश सभा सचिवालयले सोमवार एक सूचना जारी आइतवार कात्तिक २ गते मन्त्रिपरिषदको भएको निर्णय अनुसार मंगलवार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य हुने जनाएको छ ।
मन्त्रिपरिषदको निर्णय बमोजिम चौथो अधिवेशन अन्त्य गर्न सिफारिस भए अनुसार प्रदेश प्रमुख तिलक परिवारबाट नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम चालू अधिवेशन मंगलवार राति १२ बजेदेखि अन्त्य हुने घोषणा भएको जारी सूचनामा भनिएको छ ।
सो सूचना अनुसार चौथो अधिवेशनपछि पाँचौ अधिवेशन कहिलेदेखि शुरु हुने भन्ने कुरा प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
तेश्रो अधिवेशनको अन्त्य भई २०७७ जेठ २१ गतेदेखि चौथो अधिवेशन शुरु भएको थियो । चौथो शुरु भएकै दिन आर्थिक विनियोजन विधेयक छलफलका लागि सभामा प्रस्तुत गरिएको थियो ।