No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टिकटकले मनायो उज्यालोको पर्व तिहार

टिकटकले मनायो उज्यालोको पर्व तिहार

काठमाडौं, नेपाल – टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो। कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो। यस रमाइलो साँझमा क्रियटरहरूले #Tihar2024 र #TiharAayo ह्यासट्यागहरू सँगै
तिहार मनाएका थिए।
टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लगि आकर्षक गतिविधिहरू प्रदान गरेको थियो। अतिथि क्रियटरहरूले परम्परागत रितिथिति र चाडपर्वका पहिरनहरू पहिरिएर तिहारसँग सम्बन्धित रमाईला कन्टेन्टहरू पनि प्रदर्शन गरेका थिए। उत्सव मनाउने क्रममा दियो बाल्ने, परम्परागत देउसी भैलो नृत्यहरू प्रस्तुत गर्ने, वातावरणमैत्री रंग र फूलहरूको संयोजन गरी रंगोली डिजाइन गर्ने, स्ट्यान्ड-अप कमेडीको मजा लिने र पोटरीमा भाग लिने जस्ता रमाइला गतिविधिहरू समावेश थिए। एउटा नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप प्रामाणिकता थपेको थियो।
टिकटक आफ्ना प्रयोगकर्ताहरू बीच समुदाय र अपनत्वको भावना सिर्जना गर्ने लक्ष्य राख्छ। तिहार अभियानले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई विभिन्न संस्कृति र परम्पराहरूसँग जोड्न र सँगै उत्सव मनाउने प्लेटफर्म प्रदान गर्छ। यस कार्यक्रमको आयोजना गरेर टिकटकले खोज, सिर्जनात्मकता र अपनत्वको भावनालाई प्रेरित गर्ने अग्रणी ग्लोबल प्लेटफर्मको रूपमा आफ्नो स्थानलाई बलियो बनाउने लक्ष्य राखेको छ।
तिहार पर्व अँध्यारो माथि उज्यालो र नकारात्मकता माथि सकारात्मकताको विजयको प्रतीकका रूपमा विश्वभर मनाउने गरिन्छ। यो संसारभरका लागि आनन्द, समृद्धि र एकताको समय हो। नेपालमा भने तिहारले परिवार, प्रकृति, जनावर, आफू र समाजसँगको सुमधुर सहअस्तित्वको महत्त्वलाई जनाउँछ। मानिसहरूमा यस पर्वको आगमनले राम्रो भाग्य पनि ल्याउँछ भन्ने विश्वास रहिआएको छ। तिहारले अग्रज र परिवारको सम्मान सहित आफूलाई पनि सम्मान गर्ने अवसर प्रदान गर्छ। तिहारको समयमा घर, मन्दिर र कार्यलय सफा गरी दियो, मैनबत्ती र सयपत्री फूलले झिलिमिली बनाउने गरिन्छ। तिहारमा दाजुभाइ र दिदीबहिनी बीचको विशेष सम्बन्धलाई पनि मनाउने गरिन्छ। यस अवधिमा कहिल्यै नओइलिने र सुकेर नजाने विश्वास गरिने मखमली फूलको माला प्रयोग गरिन्छ जसले दाजुभाइ र दिदीबहिनी बीचको बलियो र चिरस्थायी सम्बन्धको प्रतीकको रूपमा विशेष महत्त्व राख्छ।
टिकटक एक विश्वव्यापी प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका भिडियोहरू सिर्जना गर्न र साझेदारी गर्न अनुमति दिन्छ। यसको मिशन भनेको आनन्दलाई सबैका लागि पहुँचयोग्य बनाउनु हो। टिकटकले प्रयोगकर्ताहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न, नयाँ चासोहरू पत्ता लगाउन र विश्वभरका मानिसहरूसँग जोडिन सक्षम बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न

पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न

आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .