काठमाडौँ : विगत केही समयदेखि डलर देखाएर रकम लुटपाट गर्ने १२ लुटेराहरुलाई प्रहरीले पक्रेको छ । व्यवसायी, व्यापारी, घरजग्गाको कारोवारी, विदेशबाट फर्केकालाई तार्गेट गरी रकम लुटपाट गर्ने गिराेहलाई प्रहरीले पक्रेकाे हाे ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका–३ का खेल बहादुर तामाङ, रेल बहादुर तामाङ, श्याम बहादुर तामाङ, रामकृष्ण तामाङ, कान्छी तामाङ रहेका छन् । यसैगरी सोही स्थानकै विमल भण्डारी, निर्मल भण्डारी, कुमार तामाङ र धन बहादुर भण्डारी छन् । त्यस्तै कमल भण्डारी, राकेश भण्डारी र सन्च बहादुर योञ्जन छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीको टोलीले उनीहरुलाई छुट्टा छुट्टै स्थानबाट विभिन्न मितिमा पक्रेको हो ।
प्रहरीले उनीहरुको साथबाछ ५ लाख ९४ हजार ४७५ नेपाली रुपैयाँ बरामद गरेको छ । साथै विभिन्न कम्पनीका मोबाइल १२ थान, ५ थान मोटरसाइकल र डलर भनि झुक्काउन तयार गरिएको ५ बण्डल कागजको बिटो समेत बरामद गरेको छ ।
कसरी लुट्थे ?
भक्तपुरका डीएसपी ऋषिराम कँडेलका अनुसार उनीहरुले व्यवसायी , व्यापारी, घरजग्गाको कारोवारी, विदेशबाट फर्केकालाई तार्गेट गर्ने गर्दथे । तार्गेटेट व्यक्तिलाई फोन गरेर बोलाउने र पहिला ५० देखि १०० को मात्र सक्कली डलर साट्ने गर्दथे । प्ररहीका अनुसार लुटपाट गर्ने स्थानमा उनीहरुमध्ये तीन जना मात्र बस्थे । डलर साट्न भनिएको व्यक्ति एकदमै सोझो अवतारमा देखा पर्ने गरेको उहाँले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार ति बाहेकका अन्य व्याकप टिम चाहिँ नजिकै रहने गर्दथे । पैसा लिएपछि डलर भनिएको बिटोलाइ रुमालमा राखी तत्काल खोल्न नसक्ने किसिमका गाठो पारी दिने गरेको खुलेको छ ।
डीएसपी कँडेलका अनुसार उनीहरु घटनास्थलबाट रकम लुटेर पैदल नै जान्थे । केही बेर पछि व्याकअफ टिमसँग जाने गरेको उहाँले बताउनुभयो । लुटपाटपछि सुरक्षित ठाउँको कोठा होटलमा जम्मा भई पैसा बाडफाँड गर्ने गरेको उहाँले जानकारी दिनुभयाे ।
उनीहरुले यही फर्मुला लगाएर एक कराेडभन्दा बढी रकम लुटेकाे बताइएकाे छ ।sunrisekhabar