No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो। १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए।

‘सीमा मिचिएकै छ । चीनले हामीलाई हेपेको छ । हामीले किनेको सामान समेत रोकेर राखेको छ । अर्को चीनले हेपेको भनेको के छ भने, म पहिलोपटक मन्त्री हुँदा टेलिफोनको टावर राख्न खोजेको थिएँ । चीनले अहिलेसम्म पनि टावर राख्न दिएको छैन । सीमा क्षेत्रमा उनीहरूकै टावरमार्फत सम्पर्क गर्नुपर्ने अवस्था छ । चीनले हेपेको विषयमा स्थानीय जनतासँग सरकारले आएर बुझे हुन्छ । मसँग त सबैको रेकर्ड छ,’शाहीले भने,’ हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनुपर्‍यो । मैले हेर्दाखेरि १२ नम्बर पिलर पहिलाको जङ्गे पिलर होइन । पुरानो निकालेर नयाँ बनाइएको छ । त्यो पिलरको रङले समेत नयाँ हो भन्ने स्पष्ट देखिन्छ।’

उनले ५(१) र ६(१) एक पिलर उनीहरूले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएकाे बताए। ‘त्यहाँ उनीहरूको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रा गाउँलेहरू जाँदा ढुङ्ग हानेर लखेटेको रहेछ । हामी जानुभन्दा एक दिनअघि पनि उनीहरूले ढुङ्गा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन्,’ उनले भने,’ जङ्गे पिलर ढलेको देखिएको छ, उनीहरूले त्यसको ठाउँमा नयाँ पिलर बनाएका रहेछन् । यस्तो ज्यादती भएको छ । सीमा मिचिएको छ । पहिला पनि केही हेक्टर नेपाली भूभाग मिचिएको भनेर कुरा आएको भए पनि सरकारले होइन भनेको थियो । अहिले चिनियाँहरूले पिलरको ओरिजिन नै फरक पारेका छन् ।

उनले जीपीएस प्रणाली नै परिवर्तन गरेर प्राविधिक रुपमा समेत जमिन हडप्न खोजिएको बताए। ‘हाम्रो निष्कर्ष सीमा मिचिएको छ। चीनसँग कुटनीतिक वार्ताको विकल्प छैन,’ उनले भने।

कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताइन्। ‘सीमामा धेरै समस्या देखिएको छ। पिल्लरहरु ठाउँमा सद्दे छैन। नेपाली भूमिमा चिनियाँ रजाई देखियो,’ उनले भनिन्, ‘प्रतिवेदनमार्फत एक एक तथ्य सार्वजनिक हुन्छ।’

टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताए।’५ र ६ नम्बर पिल्लरमा तलमाथि देखियो। केरबार गरेको पाइयो। पुरानो तोडफोड गरेर १२ नम्बर पिल्लर नयाँ छ। सीमा मिचेर भवनहरु बनाइएको देखियो,’ उनले भने, ‘हाम्रो टिमले एक एक तथ्य संकलन गरेको छ। ११ नम्बर भने पुरानै पाइयो।’

नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ। ललुङजङमा चीनले ९ वटा भवन बनाएपछि जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो। चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ। गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ।

तर कांग्रेसले भने सबैभन्दा फरक भूमि मिचिएको दाबी गरेको छ। भूमि मिचिएको निष्कर्षसहित आज स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

नयाँ तीन हजार ४३९ जना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि 

पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन

पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .