No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कहिले होला छोरीको समाज ?

कहिले होला छोरीको समाज ?

काठमाडौँ : अचेल पत्रपत्रिका हेर्न निकै डर लाग्न थालेको छ। दिनदिनै महिला हिंसा अनि बलात्कारका खबर सुन्नै नसकिने। टुकुन–टुकुन हिँड्न थालेका अबोध बच्चीहरूलाई समेत बलात्कार गरेर मार्ने नरपशुहरू भएको कस्तो समाज निर्माण गरिरहेका छौं हामी ? घरभित्रै बलात्कार, आफन्तबाटै बलात्कार, जन्म दिने आफ्नै बाबुबाट बलात्कार हुन्छ भने कसरी बचाउने हामीले छोरीहरूलाई ? आफू जन्मेको घरमा र आफूलाई जन्म दिने जन्मदाताबाटै असुरक्षित भएपछि अब कहाँ जाने हाम्रा छोरीहरू सुरक्षा खोज्न ?

हामी गर्व गर्छौं; एक्काइसौं शताब्दीको मान्छे, निकै आधुनिक मान्छे, नयाँ प्रविधिलाई आत्मसात् गर्न सकेको निकै निपुण मान्छे। कता हिँडेको छ हाम्रो आधुनिकता, कहाँ हराउँदै छ हाम्रो संस्कार र सभ्यता ? मान्छे भएर मान्छेको परिभाषा कसरी दिने हाम्रा निच काम कुरा र व्यवहारहरूले ? कुनै पनि पशुले पशुका बच्चाबच्चीलाई बलात्कार गर्दैन। अशक्त र वृद्ध उमेरका स्त्री पशुहरूलाई बलात्कार गर्दैन। स्त्री पशुको इच्छाबिना कुनै पनि समयमा यौनक्रीडा हुँदैन। हामीलाई मान्छे भएर पशुको भन्दा नीच काम गर्न कसले सिकायो ?

बलात्कारका घटना भइसकेपछि उपचार खोज्नुभन्दा घटना हुनै नदिनु उपयुक्त हुन्छ। घटनालाई कुनै पनि हालतमा मिलापत्र हुन दिनु हुँदैन।

हामीमा संवेदनशीलता हराएको छ। बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनापश्चात् संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले ‘झन्डै सवा दुई सय देशको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुने स्थिति पनि होइन’ भन्न सक्नु कहाँसम्मको गैरजिम्मेवारीपन  हो ? मन्त्रीज्यू तपाईंकी  १२ वर्षीया छोरीलाई  बलात्कार गरेर मारेको भए तपाईं त्यही भन्नुहुन्थ्यो ? राम्रा कामकुरा त केही गर्न सक्नुभएन, अब नराम्रा कामकुरामा प्रतिस्पर्धा गर्न खोज्दै हुनुहुन्छ हो ? बलात्कार गरेर मार्नेजस्तो अति क्रूर जघन्य अपराधजस्तो गम्भीर विषय तुलना गर्ने कुरा हो र ? हुन त आफ्नै श्रीमती मारेर जलाउने नरपशुलाई न्यायालयले नै उन्मुक्ति दिने ठाउँमा कसलाई के सुनाउनु ?

हरेक दिन औसतमा सातजना बलात्कृत र दुईजनालाई बलात्कार गर्न प्रयास गरेको उजुरी प्रहरीकहाँ आउने गरेको छ। हामो समाजमा आज पनि बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएर पनि चुप्प बस्न सक्ने आमा छन्। यसबाट हामी अनुमान लगाउन सक्छौं कि हामीकहाँ बलात्कारका धेरै घटना गुपचुपमै मिलाउने गरिन्छ। गाउँका पञ्चहरूले, जनप्रतिनिधिहरूले, टाठाबाठा नागरिकहरूले नै घटनालाई बाहिर ल्याउन दिँदैनन्। बलात्कृत बालिकाको नाम सुनाउँदा इज्जत जान्छ भन्ने सोचले पीडितलाई थप पीडा र पीडकलाई उन्मुक्ति दिने काम हाम्रै घर र समाजले गरिरहेको छ। इज्जत र संस्कारको धम्की दिँदै पीडितको घाँटी निमोठ्ने र पीडकलाई मानसम्मानका साथ उन्मुक्त साँढे बनाउने अरू कोही नभएर हाम्रै घर हो, समाज हो, सरकार हो र  अनि सिंगो राज्यव्यवस्था हो।

बलात्कारप्रति हामी कोही पनि संवेदनशील हुन सकेका छैनौं। बलात्कार सबैको साझा समस्या हो भन्ने कुरा हामीले अझै पनि बुझेनौं। मृत्युदण्ड र फाँसीको कानुन बनाउने कुरा चर्को स्वरमा गर्दैमा समाधान हुने विषय पनि होइन यो। बलात्कार र बलात्कारका प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, छिमेकी, नातेदार तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ। आफन्तबाट भएको भन्दै यस्ता आपराधिक क्रियाकलापलाई गुपचुप मिलाउँदै जाने हो भने पीडित झन् पीडित र पीडक झन् हिंस्रक बन्दै जान्छन्। पीडितको सबै अवस्था जतिसुकै कमजोर भए पनि बिनाभनसुन प्रहरीले उजुरी लिएर अनुसन्धान अगाडि बढाउन सक्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा कर्तव्य हो। पीडक आफ्नै सन्तान भए पनि सजायको भागीदार बनाउन सक्ने अभिभावक बन्नुपर्छ अब।

बालबालिकालाई यौन शिक्षाका बारेमा  स्कुलको पाठ्यक्रममै समावेश गर्नु जरुरी छ। यौनलाई घिनलाग्दो सम्झने, कुरा गर्न लाज मान्ने र लुकाउने जस्ता हाल रहेका कमजोर पाटाहरूलाई सुधार्नुपर्छ । हरेक घरपरिवारमा आफ्ना किशोरकिशोरी छोराछोरीमध्ये छोरीलाई आमाले र छोरोलाई बाबाले यौवनावस्थामा हुने परिवर्तन र सामान्य यौनशिक्षाबारे सिकाउनु उपयुक्त हुन्छ। छोरीलाई बालिका हुँदादेखि नै अरूले  लोभलालच देखाएका, खानेकुराको प्रलोभन देखाए भने हिंसा गर्न सक्छन् भन्ने कुरा सिकाउनु जरुरी छ। त्यसैगरी छोराहरूलाई बाबाले किशोरावस्थाको  उमेरमा यस्तो हुन्छ, संयमित हुनुपर्छ। सबै किशोरी आफ्नै दिदीबहिनीसरह हुन् भन्नेजस्ता कुरा सिकाउँदै घरपरिवारबाटै राम्रो स्कुलिङ हुनुपर्छ।

बलात्कारका घटना भइसकेपछि उपचार खोज्नुभन्दा घटना हुनै नदिनु उपयुक्त हुन्छ। घटनालाई कुनै पनि हालतमा मिलापत्र हुन दिनु हुँदैन। घटना घटिसकेपछि पीडितले सहजै न्याय र पीडकले सजाय पाउनलाई सरोकारवाला सबैले ध्यान दिनुपर्छ। हाल भएका मौजुदा कानुनको उचित कार्यान्वयन गर्दै दीर्घकालीन सोच, उद्देश्य, रणनीति र कार्ययोजनासहित बलात्कारजन्य आपराधिक क्रियाकलापमा शून्य सहनशीलताका लागि मानसिक रूपमै तयार हुनुपर्छ हामी। तीनवटै तहका सरकार यस किसिमका जघन्य अपराधविरुद्ध संवेदनशील भएर लाग्नुपर्छ।

असल समाज र सभ्य समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। समाजमा बलात्कारजन्य आपराधिक क्रियाकलाप रहेसम्म हामी सभ्य हुँदैनौं। समाज अगाडि बढ्न सक्दैन। पीडितलाई गाँस, बासलगायत शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न राज्यले सहयोग गर्नुपर्छ। अनुसन्धान र न्याय सम्पादनमा पारदर्शिता हुनुपर्छ। अदालतमा देखावटी मात्रै नभई साच्चिकै ‘क्लोज हियरिङ’को अवस्था हुनुपर्छ। साक्षीहरूलाई राज्यले संरक्षण गर्नुपर्छ। सुधार भनेको क्रमशः गर्दै जाने कुरा हो। जहाँ–जहाँ कमजोरी हुन्छ, त्यहीँ सुधार गर्दै जानुपर्छ।

बलात्कारविरुद्धको शून्य सहनशीलतामा हामीहरू सबै आजबाटै लागिपरौं। गर्नसके सबै सम्भव छ। यही भावनाबाट सकारात्मक सोचविचारका साथ काम गर्न थालौं। निकट भविष्यमा बलात्कारजन्य आपराधिक क्रियाकलाप हुनेछैन। हुन दिनु हुँदैन भन्ने उच्च मनोबलका साथ हामी सबै लागिपर्‍यौं भने पक्कै पनि समाज सभ्य हुनेछ। आपराधिक क्रियाकलापबाट हाम्रो नयाँ पिँढी मुक्त हुनेछ। त्यति बेला समाज छोराहरूको मात्र होइन, छोराछोरी सबैको बराबरी हुनेछ।annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

नयाँ तीन हजार ४३९ जना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .