No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन


काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

म सन् २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वाभाविक रूपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे किन नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि !’ भनेर पनि प्रश्न उठ्थ्यो ।

अमेरिकाबाट किन नेपाल फर्किएको भन्ने प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दै छ– यो प्रश्नको आयु धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैँले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनु हुन्न । मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालय मात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीँ पढेँ । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकेँ । त्यसपछि मात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभरसियर गरेँ, इन्जिनियरिङमा ब्याचलर गरेँ । त्यसपछि मात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटीहुँदै जागिर गरेँ ।

सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भए पनि मेरो बुबा शिक्षक हुनुहुन्थ्यो । दाइहरू कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यही भएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो । त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैनथ्यो । लेख्न आए पनि बोल्न आउँदैनथ्यो ।

म भने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ । विभेदको नाङ्गो रूप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्किटेक्चरका एक जना नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालो कालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचेँ ।

काठमाडौं आउने बस पनि कि विराटनगर कि त काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौँ । त्यतिबेला टिकट नदिएर मुढामा बसालिन्थ्यो । त्योबला अरुले दशथरी गाली गरेको छ, लात्तीले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो । कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो बोली र व्यवहार देखेर मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरू तुलना हुन्थ्यो, त्यतिबेला पनि ।

काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गलल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमानढोका जान्थेँ, म्युजियम जान्थेँ । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन ।

दोस्रो वर्षमा बुबाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरूले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागेँ । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टरमा टप गरेँ । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । टप गर्न थालेपछि सबैले बिस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरिङमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ ।

त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरू लेख्थेँ । प्रतियोगिताहरूमा भाग पनि लिन्थेँ । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुपर्‍यो भनेर आउँदा किन सदस्यता लिनुपर्‍यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ । त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमा मात्रै ध्यान थियो । पछिपछि एउटा अफवाह फैलियो । हृतिक रोशनले नेपाललाई घृणा गर्‍यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यही बेला सायद गोली लागेर पनि राजविराजमा एक जना मारिनुभएको पनि थियो ।

त्यही बेला काठमाडौंमा मधेशविरोधी कार्यहरू भए । काठमाडौंमा मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कर्फ्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरू फर्किसकेका थिए । म भने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ । विभेदको नाङ्गो रूप त्यतिबेलै हो देखेको । मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्किटेक्चरका एक जना नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालो कालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचेँ ।

त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भनियो भने ‘नागरिकता खोइ हेरम’ भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर आगो झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरूले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो भनेर सोच्न बाध्य भएँ । त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरू पनि बाहिरबाट ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । ती घटनाहरूले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो ।

भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा ममाथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो । त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरू खोतल्न थालेँ । मेरो रुट, मेरो पहिचान के हो भनेर खोज्न थालेँ । त्यही बेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्‍यो । तर, त्यहाँ म आफैँ फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैँ पनि आध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ ।

‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ भनेर ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैँलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीँ बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’ तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो ।

त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यही बेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन । मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो ।

पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थेँ । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन, ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन, खाना खाने फुर्सद छैन, दुनियाँको तीव्र गतिको रेल छ, तर मान्छेहरू हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन, यस्तो पनि जीवन हुन्छ ?’ भनेर तुरुन्तै सोचेँ ।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखेँ, ‘बुवा यता राम्रो छैन ।’

अमेरिकाको बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजति भएको होला । उहाँहरूले बोलाउनुभएको थियो । त्यसमा नेपालबाट संविधानसभाका सदस्यहरू पनि जानुभएको थियो । त्यसमा एक जना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन ।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखेँ, ‘बुवा यता राम्रो छैन ।’

म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुर्व्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नुभयो । उहाँहरूलाई म र एक जना साथी मिलेर डिनर स्वागत गर्‍यौँ । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरूले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ ।

‘मधेश कत्तिको बनेको रै’छ ?’ भनेर मेचीमहाकाली यात्रा त्यही बेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरेँ । कञ्चनपुरबाट फर्किने बेला थारुहरूको विस्थापित बस्तीमा छिरेँ । त्यो बस्तीमा छिर्दा त बुज्रुकहरू खुट्टा समातेर रुन थाले । उनीहरू ‘घर बनाउने ठाउँ दिनुपर्‍यो, प्रहरी आएर कुटेको कुट्यै गरे’ भन्न थाले । न म सरकारी कर्मचारी हुँ, न म सीडीओ, न प्रहरी । त्यहाँ पनि यहाँ कञ्चनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समातेर रुन थालेपछि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध भयो ।

अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको मले आफैँले गर्नुपर्छ भन्ने बोध भयो । गाउँमा कोही नेता आयो भने ‘तपाईंहरूलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ, मैले पनि सोधेँ । उनीहरूले बाटोघाटो मागेनन् । ‘खेतमा बोरिङको व्यवस्था गरिदिनुपर्‍यो बाबु’ भने । ‘खेतमा बाली र पेटमा अन्न पर्‍यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छौँ’ भनेर भने ।

उनीहरूले मागेको ठीकै थियो । त्यसपछि मैले बोरिङका लागि कोसिस गरेँ । लहानको कार्यालयमा सम्पर्क गरेँ । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरेँ । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ । अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हुँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने थाहा भयो । त्यसपछि नै मलाई यो तबसम्म बदलिँदैन, जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो । अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैँसँग वाचा गरेँ । त्यसको करिब १ वर्षपछि नेपाल फर्किएको हुँ ।

नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरेँ । तर, भाषण गर्नेबित्तिकै सबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाई प्रोफाइल किन नेपाल आयो भनेर वाच लिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लगाइयो । पछि विचार राख्ने क्रममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखेँ । हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौँ । थियो, कुनै बेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झण्डै  ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौँ । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौँ भनेर संविधानभित्रै बसेर केही गरौँ भनेर आएको हुँ

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म कि ‘फ्रि डा. सीके राउत’ भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा ‘फ्रि डा. सीके राउत’ भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो भन्ने मलाई लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सीके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो । अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई नै समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौँ । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौँ भनेर संविधानभित्रै बसेर केही गरौँ भनेर आएको हुँ । म जतिबेला फर्किएँ, त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र २०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यही बेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौँ । यो जेल जानुभन्दा अगाडिको कुरा हो ।

पछि राममनोहर घटना भयो । उहाँको हिरासतमा मृत्यु भयो । हामी त्यसलाई हत्या भन्छौँ । त्यो पनि लोकतन्त्रको कालो धब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्यूलाई कालो झण्डा देखाएको आरोप लगाइयो । पक्राउ परेपछि मृत्यु भयो, हत्या भयो । त्यसपछि यो संविधानले हामी मधेशीका लागि अधिकार दिएको छैन भनेर कालो दिवस मनायौँ । त्यसको प्रतिशोध राख्न छापा मारेर मलाई जेलसम्म पुर्‍याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछि मात्रै वार्ता सफल भयो । पछि पार्टी गठन गर्‍यौँ । लगत्तै कोरोना महामारी सुरु भयो । परिवर्तन गर्न सकिन्छ भनेरै हामी मूलधारको राजनीतिमा आएका हौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

Next Post
बंगलादेशमा विद्यार्थीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशको राजीनामा माग

बंगलादेशमा विद्यार्थीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशको राजीनामा माग

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

लहानमा स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

लहानमा स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .