• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने


चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने

काठमाडौँ  : अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमा भन्दा यो बर्षको दशैंमा प्रहरीलाई दोहोरो जिम्मेबारी छ । एकातिर दशैंमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने ऐतिहासिक दायित्व छ ।
नेपालीहरुको ठूला चाड दशैं, तिहार, छठ तथा नेपाल सम्वतमा हुनसक्ने सम्भावित अपराधका घटनाहरु नियन्त्रण गर्न नेपाल प्रहरीले योजना बनाउँदै छ भने कोभिड नियन्त्रणको लागि समेत काम सुरु गरिसकेको छ ।
केही दिन अघि नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले प्रदेशका डिआइजीहरु तथा महानगरीय प्रहरीका डिआइजीसँग भर्चुअल बैठक गरेर चाडपर्वमा हुनसक्ने अपराध नियन्त्रण तथा कोभिड–१९ को नियन्त्रणमा योजना बनाउन निर्देशन दिनुभएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अब सातै वटा प्रदेशका ७७ जिल्लाबाट प्रहरीले चाडपर्वमा अपनाउने सुरक्षा रणनीति तथा कोभिड–१९ नियन्त्रणमा अपनाउने सुरक्षा रणनीतिको योजना बनाउनेछन् ।
उहाँका अनुसार चाडपर्वमा हुने सुरक्षा सतर्कताको लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा समितिको बैठक बसेर थप सतर्कता कसरी अबलम्बन गर्ने भन्ने बारे निर्णय हुनेछ ।
बैठकमा नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सशस्त्र प्रहरीको समेत सहभागिता रहनेछ । चाडपर्वमा हुनसक्ने अपराध रोक्न सादा पोशाकका सुरक्षाकर्मी परिचालनदेखि नाकाहरुमा सुरक्षा, ट्राफिक चेकजाँचमा कडाइ हुनेछ ।
काठमाडौैं उपत्यका सहित मुलुकमा प्रमुख शहरहरुमा कसरी सुरक्षा प्रदान गर्ने भन्ने बारेमा प्रदेश प्रहरी तथा जिल्ला प्रहरीले योजना बनाउन सुरु गरेको र असोजको अन्तिमसम्ममा कति प्रहरी परिचालन हुने भन्ने बारे विवरण आउने प्रवक्ता कठायतले भन्नुभयो ।
अरु समयमाभन्दा चाडपर्वको समयमा धेरै दुर्घटना हुने भएकाले यसलाई कम गर्न गणहरुमा रहेका प्रहरीलाई थप परिचालन केही दिनमै हुने उहाँले बताउनुभयो । अहिले उपत्यकामा छिर्नेभन्दा बाहिरीनेहरुको संख्या बढेकाले ट्राफिक व्यवस्थापनमा ध्यान दिएको उहाँले बताउनुभयो । महानगरीय ट्राफिक प्रहरीले नियमित रुपमा चेकजाँच बढाएको र जिल्ला जिल्लामा समेत जिल्ला प्रहरीसँग समन्वय गरेर ट्राफिक प्रहरीले चेकजाँच बढाएको उहाँले स्पष्ट पार्नुभयो ।
‘दशैमा प्रहरीले छुट्टी पाउँदैन, जनताको सुरक्षामा दिनरात खटिन्छ’ एसएसपी कडायत भन्नुहुन्छ । चाडपर्व मनाउन र कोभिड फैलन नदिन प्रहरीको सक्रियता बढेको छ । विभिन्न सिमा नाकाबाट हुनसक्ने अवैध निकासीसँगै कोभिडको जोखिम बढ्ने भएकाले नाकाहरुमा चेकजाँच बढाउने कार्यमा प्रहरीले सकृयता बढाएको उहाँले बताउनुभयो ।
कोभिडको कारणले धेरैको रोजगारी गुमेको अवस्थामा चाडपर्वमा चोरी बढ्न सक्ने भएकाले कसरी सुरक्षा प्रदान गर्ने बारेमा प्रहरीले यसअघिनै रणनीति तयार पारेको र सोही रणनितीको आधारमा कार्य गर्ने उहाँले बताउनुभयो ।
प्रहरीले अब साइकल तथा मोटरसाइकलबाट गस्ती गर्न सुरु गर्ने, काठमाडौं उपत्यकामा ड्रोनको प्रयोग गरेर सुरक्षा अवस्था बारे चेकजाँच गर्ने, घर छाडेर जाँदा प्रहरीलाई खबर गर्न स्थानीय प्रहरीले
माइकिङ गर्ने कार्य सुरु गरेको उहाँले बताउनुभयो । बजारमा कालोबजारी हुन सक्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको एसएसपी कठायतले भन्नुभयो । बजारमा चहलपहल सुरु भैसकेको अब केही दिनमै प्रहरीले पुर्ण योजना बनाएर काम गर्ने उहाँले बताउनुभयो ।
काठमाडौं उपत्यकामा कोभिड नियन्त्रण तथा चाडपर्व विशेष सुरक्षाको कार्य सुरु भैसकेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले बताउनुभयो । उहाँका अनुसार प्रहरीले योजना बनाइसकेको र केही दिनमा सुरक्षा समितिको बैठक बसेर बृहत् रुपमा सर्कुलर जारी गरेर काम सुरु गर्ने बताउनुभयो ।gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन
  • २०७७ आश्विन २०, मंगलवार १८:११
  • In "मधेश प्रदेश"
  • कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?
  • २०७७ आश्विन २०, मंगलवार १८:११
  • In "मधेश प्रदेश"
  • स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा
  • २०७७ आश्विन २०, मंगलवार १८:११
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन

भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे

भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट समयमा बनाउन नसक्दा नेपाललाई क्षति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version