• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा


स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा

सिरहा । सिरहाको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले जिल्लाका सबै स्थानीय तहलाई भत्तामा देखाइएको खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

कोभिड–१९ नियन्त्रण समितिको आइतबारको बैठकले जिल्लाका १७ वटै स्थानीय तहलाई तीन दिनभित्र भत्ताबारे विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले कुन काम गर्दा कहिले कति भत्ता लिएको र भत्ता लिनुको कानुनी आधारसमेत खुलाई विवरण पठाउन भनेको छ ।

 

सिरहाका स्थानीय तहमा कोरोना जोखिम भत्ताको नाममा मनपरी खर्च भएको जनगुनासो देखिएपछि कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई यस्तो निर्देशन गरेको हो । ‘स्थानीय तहहरुले उपलब्ध गराएको खर्च विवरणमा भत्तामै धेरै रकम खर्चिएको देखिएको छ,’ समितिका संयोजकसमेत रहेका प्रजिअ प्रदीपराज कणेलले भने, ‘त्यसैले भत्ताको विवरण र आधार उपलब्ध गराउन लगाउने निर्णय गरेका हौं ।’

 

यसअघि जिल्लाका स्थानीय तहहरुले सार्वजनिक गरेको कोभिड–१९ नियन्त्रण तथा रोकथामको खर्च विवरणमा हरेक स्थानीय तहले भत्तामै लाखौं रकम खर्च गरेको देखाएको थियो । ‘जिल्लाका सबै स्थानीय तहहरुले जोखिम भत्ता लिएको भए कुन महिना, दिन र समयमा कुन काम गर्न फिल्डमा खटिए बापत कति रकम जोखिम भत्ता लिएको र त्यस्तो भत्ता लिने कानुनी आधारसमेत खुलाई तीन दिनभित्र विवरण पठाउन अनुरोध छ,’ निर्णयमा भनिएको छ ।

 

‘यस्तो दुःखद घडीमा पनि स्थानीय तहहरुले जोखिम भत्ताको नाममा मनपरी खर्च गरेको देखिन्छ,’ समितिका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले भने, ‘काम गरी भत्ता लिएको हो भने लाज मनानी खर्चको विवरण शिघ्र सार्वजनिक गरियोस् ।’

 

यस्तै, बैठकले कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि आजै राति १२ बजेदेखि लागू हुने गरी भदौ १२ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी, सबै स्थानीय तहहरुलाई भीटीएम किट खरिद गरी कोरोना परीक्षणको दायरा बढाउनसमेत बैठकले अनुरोध गरेको छ ।

 

जिल्लामा कोरोना परीक्षणको दायरा बढाउन हाल कम्तिमा एक लाख भीटीएम किटको आवश्यकता भएपनि उपलब्ध हुन नसकेको र तत्काल १५ हजार किट उपलब्ध गराइदिन प्रदेश सरकार र संघ सरकारलाई अनुरोध गर्ने निर्णय बैठकमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन
  • २०७७ भाद्र १, सोमबार ०९:५९
  • In "मधेश प्रदेश"
  • सचिवहरूलाई उपस्थित हुन छानबिन समितिको निर्देशन
  • २०७७ भाद्र १, सोमबार ०९:५९
  • In "BannerNews"
  • प्रदेश २ मुख्यमन्त्रीले अदालतलाई ढाँट्दै : बुझायो अधुरै कोरोना प्रतिवेदन
  • २०७७ भाद्र १, सोमबार ०९:५९
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

उत्तर प्रदेशका मन्त्रीको कोरोना संक्रमणबाट निधन

नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version