• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन


कालङ्गा हाइड्रो पावर अन्तिम चरणमा, फागुनबाट ६५ मेगावाट उत्पादन

बझाङ : सुदूरपश्चिम प्रदेशको एक मात्र पहिलो निजी लगानीमा सञ्चालन हुन लागेको सबैभन्दा ठूलो कालङ्गा हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको सम्पूर्ण काम पुस महिनाभित्र पूरा भई फागुन महिनाभित्र विद्युत आपूर्ति हुने भएको छ ।

जिल्लाको विकट बुङ्गल नगरपालिका – ५ को पाउँटामा सञ्चालन गरिएको कालङ्गा हाइड्रो पावरको काम तीव्र रुपमा अघाडि बढिरहेको छ । तीन वर्षभित्र काम पूरा गरी विद्युत वितरण गर्ने लक्ष्य लिएर २०७३ चैत्र ८ गतेबाट हाइड्रो पावरको काम सुरु गरेको भए पनि विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएसँगै स्थानीयको अवरोधका कारण लक्ष्यभन्दा चार महिना ढिलो सम्पन्न हुन लागेको सञ्चालक समितिका पदाधिकारीको भनाइ छ । स्वदेशी लगानी स्वदेशी प्रविधिको सहयोगमा सञ्चालन हुन लागेको कालङ्गा हाइड्रो पावरको काम चार महिनाभित्रै पूरा गर्ने सञ्चालक समितिका सदस्य शिव घिमिरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाइड्रो पावरको काम अहिले ९२ प्रतिशत सम्पन्न भइसकेको छ । हामी बुङ्गल क्षेत्रमा मात्र ६५ मेगावाट विद्युत उत्पादन गर्दैछौँ । कालङ्गा हाइड्राे पावरको क्षमता ६५.३३ मेगावाट हो । सबैभन्दा अप्ठ्यारो काम सुरुङमार्ग भए पनि साढे तीन किलो मिटर सुरुङमार्गको काम पूरा भई पावर हाउसको घर र बाँधसमेत पूरा भएको छ ।”

विद्युत उत्पादन गरेर सुदूरपश्चिमका नाै जिल्ला र  प्रदेश नं. ६ मा समेत ६५ मेगावाट विद्युत उत्पादन गरी वितरण गरेर विकास निमार्णमा टेवा पु-याउने लक्ष्य पूरा हुन लाग्दा निकै खुशी लागेको अर्का सञ्चालक तीर्थराज चटौतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काम गर्ने निकै गाह्रो । कहिले बाढी, झरी, हिमपात । कहिले स्थानीयले हाइड्रो पावरसम्बन्धी नबुझ्नाका कारण अवरोध गर्दा विभिन्न समस्या झेल्नुपरेको छ । कम्पनीमा काम गर्ने दक्ष, अर्धदक्ष र प्राविधिक गरी जिल्लाबाहिर र भित्रका गरी अहिले पाँच सय जनाभन्दा बढीले काम गरिरहेका छन् ।’

निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको मात्र कुल लागत २८० करोड रुपियाँ रहेको छ । त्यसमध्ये २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छ्रे बैङ्क, एनएनबी बैङ्क, सिभिल बैङ्कलगायतको लगानी रहेको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा हाइड्राे पावरले बुङ्गलको सानीगाड,अपरकालङ्गा, बुगल हाइड्राे गरी ६५ मेगावाट विद्युत उत्पादन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ ठेकदारका आयोजनाहरुमा एक वर्षदेखि काम ठप्प
  • २०७७ आश्विन २०, मंगलवार १८:२८
  • In "थप"
  • अन्तिम चरणका गौरवका आयोजनामा संसद विघटनको मार
  • २०७७ आश्विन २०, मंगलवार १८:२८
  • In "थप"
  • एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन : प्रमुख शाह
  • २०७७ आश्विन २०, मंगलवार १८:२८
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

भारतका चप्पल व्यापारी, जसले नेपालको कृषि बैंक ह्याक गरेर पाँच करोड चोरी गरे

भारतको कुशीनगर एअरपोर्ट तिहारमै संचालन हुने, चीनले भैरहवा एअरपोर्ट समयमा बनाउन नसक्दा नेपाललाई क्षति

वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version