• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्


फोनको स्टोरेज फुल भयो ? महत्त्वपूर्ण फाइल डिलिट नगरी यसरी खाली गर्नुहोस्

काठमाडौं । सस्तो वा महँगो जुनसुकै फोन होस्, सबैमा स्टोरेजको समस्या हुन्छ । अहिलेका धेरैजसो एन्ड्रोइड फोनमा १२८ जीबी स्टोरेज दिइएकाे हुन्छ । तर ख्याल गरिएन भने त्यो फुल हुन कत्ति पनि समय लाग्दैन ।

आफ्नो फोनलाई उच्च पर्फर्मेन्समा चलाउने तरिकामध्ये स्टोरेजलाई विशेष ध्यान दिनु पनि एक हो । यदि तपाईंको एन्ड्रोइड फोन सुस्त चलिरहेको छ भने यसको कारण स्टोरेज हुन सक्छ । आज हामी महत्त्वपूर्ण फाइलहरू डिलिट नगरी तपाईंलाई स्टोरेज खाली गर्ने तरिका सिकाउँदै छौं:

प्रयोगमा नआउने एप डिलिट गर्नुहोस्

फोनमा यस्ता एपहरू थुप्रै हुन्छन्, जो कमै मात्र प्रयोगमा आउँछन् । अथवा प्रयोगमा नै आउँदैनन् । फोनको स्टोरेज फुल भए तपाईंले त्यस्ता एप डिलिट गर्न सक्नुहुन्छ । पहिलेका फोनमा कुन एप प्रयोगविहीन छन् भनेर म्यानुअल्ली काम गर्नुपर्थ्यो । तर अहिले यो काम एप आफैंले गर्छ ।

-सेटिङमा रहेको एप मेनुमा जानुहोस् । त्यहाँ ‘अनयुज्ड एप्स’ मा ट्याप गर्नुहोस् ।

-त्यहाँ केही महिनादेखि प्रयाेगमा नरहेका एपहरू देखिन्छन् । अब तिनलाई डिलिट गरिदिनुहोस् । अथवा सेटिङबाट नै एप स्टोरेजमा गएर साइजमा आधारमा तिनलाई ‘सर्ट’ गर्न सक्नुहुन्छ । एप प्रयोग गरी डाउनलोड गरिएका वा त्यहाँ भएका डेटा पनि त्यही एपमा देखिन्छ । जस्तो: गीतहरू म्युजिकमा, फोटो तथा भिडि‌ओ ग्यालरीमा आदि । यसबाट कुन एपले सबैभन्दा बढी स्टोरेज ओगटेको छ, तिनलाई तपाईंले डिलिट गर्न वा स्टोरेज सम्बन्धी योजना बनाउन सक्नुहुन्छ ।

ब्याकअप भएका फोटो डिलिट गर्नुहोस् 

गुगल फोटोजले नयाँ फोटो तथा भिडिओलाई स्वत: ब्याकअप गर्छ । सुरक्षितसँग डेटा राख्न यो एक विकल्प पनि हो । तर यसमा ब्याकअप भएका फोटो तथा भिडिओ स्वत: डिलिट भने हुँदैन । किनकी अनावश्यक फोटो तथा भिडिओहरू पनि फोनमा रहन्छन् । यस्ता थुप्रै फोटो तथा भिडिओहरू ब्याकअपमा बसेका हुन सक्छन् । जसले फोनको स्टोरेज पनि लिइरहेको हुन्छ । तर केही ट्यापमा नै तपाईंले ब्याकअपमा बसेका सबै फाइललाई डिलिट गर्न सक्नुहुन्छ ।

– गुगल फोटोज खोल्नुहोस् ।

-दायाँ माथि भएको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।

-अब ‘फ्रि अप स्पेस’ मा ट्याप गर्नुहोस् ।

दोहोरिएका र पुराना फाइल डिलिट गर्नुहोस्

प्ले स्टोरमा कयौं प्रकारका फाइल म्यानेजर एप भेटिन्छन् । तीमध्ये गुगलको ‘फाइल्स बाइ गुगल’ निकै उत्कृष्ट छ । यसले दोहोरिएका फाइलहरू, धेरै स्पेस लिइरहका एपहरू पहिचान गर्न सक्छ । त्यस्तै प्रयोग नभएका एपहरू अनइन्स्टल गर्न पनि सल्लाह दिन्छ ।

यस प्रकारका अन्य एप पनि उपलब्ध छन्, जसलाई प्रयोग गरेर तपाईंले आफ्नो फाइल तथा फुल भएको स्टोरेज व्यवस्थित गर्न सक्नुहुन्छ ।

एसडी कार्ड  प्रयोग गर्नुहोस्

धेरै एन्ड्रोइड फोनमा माइक्रोएसडी कार्ड स्लट हुने गर्छ । त्यहाँ मेमोरी वा एसडी कार्ड हालेर तपाईंले फोटो, भिडिओ, एप लगायतका अन्य डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

बजारमा विभिन्न प्रकारका एसडी कार्ड पाइन्छन् । तर तपाईंले ‘ए टू’ (A2) रेटिङ दिइएको कार्ड किन्नु भए राम्रो हुन्छ । किनकी यसले उत्कृष्ट पर्फमेन्स दिनुका साथै एप पनि स्टोरेज गर्छ ।

यद्यपि माइक्रो एसडी कार्डहरू फोन वा ट्याब्लेटमा भएका इन्टर्नल स्टोरेजहरू भन्दा केही सुस्त हुन्छन् । यसकारण तपाईंलाई फोनमा धेरै स्पेस चाहिन्छ भने मात्र यो विधि प्रयाेग गर्नुहोस् ।

क्लाउडमा फाइलको ब्याकअप राख्नुहोस्

माथिका विकल्पहरू मन पर्दैनन् भने तपाईंले क्लाउडमा आफ्नो फाइल राखेर पनि फोनको स्टोरेज कम गर्न सक्नुहुन्छ । आफ्नो फाइलको व्यवस्थापन गर्न तपाईंले ड्रपबक्स, गुगल ड्राइभजस्ता क्लाउड प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो फोनको स्टोरेज प्रयोग नगरी यी क्लाउड स्टाेरेजबाट फाइलहरू डाउनलोड गर्न वा पहुँच पाउन सक्नुहुन्छ ।

यदि तपाईंलाई उड स्टोरेजमा विश्वास लाग्दैन भने कम्प्युटर वा कुनै हार्डडिक्समा पनि आफ्नो फाइलहरूलाई स्टोरेज गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?
  • २०८० श्रावण २९, सोमबार ०७:२४
  • In "सूचना-प्रविधि"
  • डिलिट भैसकेपछि पनि ह्वाट्सएप मेसेज कसरी पढ्ने ?
  • २०८० श्रावण २९, सोमबार ०७:२४
  • In "सूचना-प्रविधि"
  • याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप
  • २०८० श्रावण २९, सोमबार ०७:२४
  • In "सूचना-प्रविधि"

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

चीनमा घट्दो मूल्य, विश्व अर्थतन्त्रका लागि किन चिन्ताको विषय बनिरहेको छ ?

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version