• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने


च्याटजीपीटी चलाउन एक दिनमै हुन्छ ९ करोड बढी खर्च, अर्को वर्षसम्म ओपनएआई कङ्गाल हुनसक्ने

काठमाडौं । च्याटजीपीटीका लागि लागत बढिरहँदा सन् २०२४ को अन्त्यसम्म ओपनएआई कङ्गाल हुनसक्ने एक रिपोर्टले चेतावनी दिएको छ । एनालिटिक्स इन्डिया म्यागेजिनको पछिल्लो रिपोर्ट अनुसार कम्पनीले एआई च्याटबट च्याटजीपीटी चलाउन प्रत्येक दिन लगभग सात लाख डलर (नाै कराेड रूपैयाँ बढी) खर्च गरिरहेकाले यस्ताे खतरा निम्तिनसक्ने निष्कर्ष निकालेकाे हाे ।

ओपनएआईले आफ्नो एआई प्रविधिबाट पैसा कमाउने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन । बरु उल्टै च्याटजीपीटीका सक्रिय प्रयोगकर्ता घटिरहेका छन् । जुलाई २०२३ मा प्रयोगकर्ताहरूको संख्या जूनको तुलनामा १२ प्रतिशतले घट्नुले पनि यसमा पहिले जस्तो आकर्षण नरहेको बुझ्न सकिन्छ ।

अर्कोतर्फ ओपनएआईले अन्य कम्पनीहरूलाई एआई च्याटबटहरू बनाउन आफ्नो प्रविधि प्रयोग गर्न अनुमति दिन्छ । यसले गर्दा पनि मानिसहरू च्याटजीपीटीको सट्टा अन्य कम्पनीहरूकै एआई च्याटबट प्रयोग गरिरहेका छन् ।

ओपनएआईका सहसंस्थापक एवं सीईओ साम अल्टम्यानलाई पनि कम्पनी र च्याटजीपीटी चलाउन महँगो हुने कुरा थाहा छ । यसका लागि उनले आफ्नो प्रविधि बेचेर पैसा कमाउने प्रयास गरे, र माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्‍याे । तर अझै पनि ओपनएआईले आफ्नो लागत पूर्ति गर्न पर्याप्त पैसा कमाएको छैन ।

अर्कोतर्फ विश्वकै धनाढ्य एलन मस्क पनि ओपनएआईसँग प्रतिस्पर्धा गर्न आफ्नै एआई प्रोजेक्टमा काम गरिरहेका छन् । उनी च्याटजीपीटीभन्दा राम्रो ‘ट्रुथजीपीटी’ भन्ने च्याटबट बनाउन चाहन्छन् । यसका लागि उनले आफ्नो प्रोजेक्टमा मद्दत गर्न कम्प्युटर र मानिसहरूमा धेरै पैसा खर्च गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

Next Post

चीनमा घट्दो मूल्य, विश्व अर्थतन्त्रका लागि किन चिन्ताको विषय बनिरहेको छ ?

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version