सुर्खेत : पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेका छन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ ।
यस्तै, कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन् । डिस्जार्ज हुनेको संख्या १८९४ पुगेको छ । प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ भने १३४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।