No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुसहर बस्तीमा आक्रमण गर्ने छ पक्राउ


मुसहर बस्तीमा आक्रमण गर्ने छ पक्राउ

विराटनगर : मध्यरातमा मोरङको बुढींगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्नेहरु छजनालाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । फरार छजनाको खोजी गरिरहेको छ ।
घटनामा पक्राउ परेका र फरार सबै आरोपीहरुलाई ज्यान मार्ने उद्योग कसुरमा मोरङ प्रहरीले किटानी जाहेरी दर्ता गराएको छ ।

शुक्रबार पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय सञ्जय यादव, ३६ वर्षीय उत्तिमलाल यादव, ४५ वर्षीय राजदेव यादव, २५ वर्षीय ब्रम्हदेव यादव १८ वर्षीय दीपक साह, ३२ वर्षीय बिन्दु यादव छन् । पक्राउ परेका सबै आरोपीहरुलाई प्रहरीले विनाकारवार्ही निमित्त वडाअध्यक्षको रोहवरमा घटनाको भोलिपल्टै छाडिदिएको थियो ।

बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रञ्जीत यादव, ४० वर्षीय वीरेन्द्र गडेरी, २५ वर्षीय धीरेन गडेरी, २५ वर्षीय सुरेन गडेरी ३० वर्षीय चलमलिया यादव र अर्का एकजना आरोपी अझै फरार छन् । उनीहरुको खोजी तीव्ररुपले भइरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्ने प्रहरीको प्रतिबद्धता

मध्यराती जधन्य आक्रमणबाट आमा घाइते भएपछि डरत्रास र चिन्ताले छोरीले आत्महत्या गरेको घटनाबारे पनि अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार दलित अगुवाहरुलाई एसपी खड्काले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने र आत्महत्याको घटना पनि अनुसन्धान गरेर दुरुत्साहन कसुर पाइएमा थप कानुनी कारवाही चलाउने बताए । उनले भने, ‘म बिरामी भएकाले नियन्त्रणमा लिएकाहरु रोहबरमा छाडिएछन्, तर अब म मुद्दा बिग्रन दिन्न, आक्रमण र आत्महत्या दुवै घटना सूक्ष्म अनुसन्धान गरेर अदालतमा मुद्दा बुझाउँछु र फरारहरुलाई पनि पक्राउ गर्छु ।’

प्रहरीले जाहेरी दर्ता गरेपछि उर्मिलाको शव बुझे

मुसहर बस्तीमा गुण्डा लगाएर मध्यराति आक्रमण गर्नेहरुलाई पक्राउ गरेर कानुनी कारवाही नचलाएसम्म आत्महत्या गर्न बाध्य भएकी २४ वर्षीया उर्मिला ऋषिदेवको शव नबुझ्ने र प्रहरीविरुद्ध संघर्ष चर्काउने दलित अगुवाहरुले अडान लिएका थिए ।

प्रहरी प्रमुखले घटनाका सबै आरोपीहरुलाई पक्राउ गरेर अदालतमा म्याद थप गराएको र आत्महत्याको घटना पनि थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि शुक्रवार साँझ आत्महत्या गरेकी उर्मिलाको शव दलितहरुले जिम्मा लिएका छन् ।

शुक्रवार विराटनगरमा भएको दलित अगुवाहरुको भेलाले १९ साउनमा मध्यराति दलित बस्तीमा आक्रमण गरेर एक महिलासहित पाँचजना ऋषिदेव समुदायका मानिसलाई गम्भीर घाइते बनाउनेहरुलाई पक्राउ गरेर मुद्दा दर्ता नगराएसम्म आत्महत्या गरेकी २४ वर्षीया उर्मिला ऋषिदेवको शव बुझ्न र कडा संघर्ष थाल्ने निर्णय गरेका थिए ।

नेपाल राष्ट्रिय मुसहर संघका मोरङ अध्यक्ष जीतेन्द्र ऋषिदेवले भने, ‘एसपी साहेबले सबैलाई करवाही गर्ने र घटनाको सूक्ष्म अनुसन्धान गर्ने आश्वास दिएपछि हामीले उर्मिलाको शव बुझेका छौं तर मुद्दा अदालतमा नपुगेसम्म आफ्नो संघर्ष जारी राख्छौ ।’

मध्यरातमा आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर पनि छाडिदिएको र आमा सरस्वतीलाई पनि काटेर घाइते बनाएको घटनाकी प्रत्यक्षदर्शी २४ वर्षीय छोरी उर्मिला ऋषिदेवले आफूहरुमाथि फेरि आक्रमण गर्न आउने त्रासको चिन्ताले घरभित्रै पासो लगाएर गत बिहीवार दिउँसो आत्महत्या गरेकी थिइन् ।

स्थानीय वैजनाथ यादवको परिवारले राजमार्ग खनेर पानीको निकास निकालेको समान्य विषयमा भनाभन हुँदा १९ साउन राति हातहतियारसहित विराटनगर–१४ जतुवाबाट आएका गुण्डाहरुको समूहले बुढीगंगा गाउँपालिका–२ को मुसहर बस्तीमा अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भीर घाइते बनाएका थिए । घटनामा संलग्न पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि विराटनगर–१४ का निमित्त वडाअध्यक्ष महिचन्द्र यादवको रोहवरमा मोरङ प्रहरीले विना कानुनी कारवाही छाडिदिएको थियो । साथै घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गराउन र जाहेरी दर्ता गरेर घटना अनुसन्धान गर्न पनि बेवास्ता गरेको थियो ।

आक्रमणबाट रक्ताम्मे घाइते भएका मुसहरहरु आलो घाउ लिएर न्याय माग्दै पहिले जिप्रका मोरङ पुगेका थिए । मोरङ प्रहरीले इलाका प्रहरी निमुवाको इलाका भन्दै पठाएको थियो । इप्रका निमुवाले घटना मिलापत्र गराउन प्रयास गरेपछि राजनैतिक पार्टीका स्थानीय प्रतिनिधि र सहयोगीहरुले विरोध गरेका थिए ।

त्यसपछि इप्रका निमुवाले नियन्त्रणमा लिएका पाँचजनालाई जिप्रका मोरङ पठाइदिएको थियो । त्यसपछि मोरङ प्रहरीले नियन्त्रणमा लिएका सबैलाई निमित्त वडाअध्यक्षको रोहवरमा छाडिदिएका थिए । त्यसपछि निमित्त वडा अध्यक्ष महिचन्द्रले पीडितको उपचार गरिदिने र केही क्षतिपूर्तिसमेत दिने भन्दै घटना मिलापत्र गराउने प्रयास गरेका थिए ।

घटना छानविन गर्न अधिकारकर्मी र दलित संस्थाहरुको माग

दलित संघसस्थाहरुले दलित बस्तीमा बर्बर आक्रमण गर्नेहरुलाई पक्राउ गरेर तुरुन्त ज्यान मार्ने उद्योग, आत्महत्या दुरुत्साहन र जातीय विभेद कसुरमा मुद्दा दर्ता गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोग र गृहमन्त्रीसँग आग्रह पनि गरेका छन् ।

राष्ट्रियसभा पूर्व सांसद खेम नेपाली, प्रदेश सांसद उमिता बराइली, समाजवादी शिल्पी संगठनका केन्द्रीय उपाध्यक्ष ज्ञानकुमार परियार, संघीय शिल्पी दलित संघका केन्द्रीय उपाध्यक्ष बलराम सदासहित नेपाल राष्ट्रिय मुसहर संघ, नेपाल दलित संघ, दलित संगठन, तराई मानवअधिकार सञ्जाल, दलित गैरसरकारी संस्था महासंघ प्रदेश १ समिति, दलित मानवअधिकार मञ्च प्रदेश १, रिडेफ नेपाल, दलित संगठन मोरङलगायत विभिन्न दुई दर्जन दलित अधिकारबादी संस्था र अधिकारकर्मीहरुले अमानवीय घटनाको भत्सर्ना गर्दै दोषीहरुलाई कानुनी दायरामा नल्याए कडा संघर्ष थाल्ने चेतावनी दिएका छन् ।

उच्चस्तरीय समितिबाट घटनाको छानविन हुनु पर्ने, आक्रमणमा संलग्न सबैलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिनु पर्ने, हेलचेक्र्याइँ गर्ने प्रहरीहरुलाई विभागीय कारवाही गरिनु पर्ने, पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको सम्पूर्ण उपचार हुनुपर्ने माग दलितहरुको छ ।

घाइतेहरु अझै अस्पतालमा उपचारत

आक्रमणमा परेर ५० वर्षीया सरस्वती ऋषिदेव र उनका भाइहरु क्रमशः ४० वर्षीय पन्नाालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते भएका छन् । दिदी सरस्वतीको तरवारले छातीमा काटेको छ भने घाइते भाइहरुको टाउको, गर्धन, आँखा, निधार र शरीरमा गहिरो चोट लागेको छ ।

स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुको सहयोगमा उनीहरुको बुढीगंगा–२ टंकीमा रहेको विराट मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने उनीहरुको उपचारमा नेपाली कांग्रेस गाउँ सभापति जितनारायण थापा, नेकपा मोरङ सदस्य कपिल सुनार, स्थानीयवासी केशव गिरी, ज्योती गिरीलगायतले सहयोग गरिरहेका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

छिमेकीको अतिक्रमणकारी नीतिले सीमामा समस्या : गृहमन्त्री थापा

छिमेकीको अतिक्रमणकारी नीतिले सीमामा समस्या : गृहमन्त्री थापा

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: