No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कसले बेच्यो जनकपुरका मठ मन्दिरको यी ४१९३ विग्घा जग्गा ?


कसले बेच्यो जनकपुरका मठ मन्दिरको यी ४१९३ विग्घा जग्गा ?

धनुषा : गुठी संस्थान अन्तर्गत रहेका जनकपुरधाम स्थित मठ मन्दिरका ४ हजार ९३ विग्घा १ कट्ठा ३ धुर जग्गाको कुनै लेखाजोखा नभएको पाइएको छ ।

ती जग्गामा सरकारी निकाय र राजनीतिक प्रतिनिधिको रजाई संगै भूमाफियाहरुले बेचेर खाएको तथा केही स्थानीयले अतिक्रमण गरेको भन्ने कुरा विभिन्न प्रमाणले देखाउंछ । अधिकांश जग्गा गुठी संस्थान तथा मठ मन्दिरका महन्थहरुले आफै र भूमाफिया मार्फत बेचेको र बेच्ने क्रम जारी राखेको छ ।

गुठी संस्थानको जनकपुरधामस्थित विभिन्न मठ मन्दिर अन्तर्गत कुल ४ हजार ६ सय १० विग्घा १६ कट्ठा २ धुर जग्गा रहेको थियो तर हाल ती मध्ये मात्र ५ सय १७ विग्घा १४ कट्ठा ९ धुर मात्र बाँकी रहेको छ । जसमध्ये जनकपुरधामको १६ वडाभित्र मात्र २०५ विग्घा विग्घा १८ कट्ठा ७ धुर रहेका छन ।

वि.सं. २०६२ सालमै वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगुवाईमा गरिएको छानबीनको रेकर्ड अनुसार ती जग्गाहरु बाँकी छन । तर त्यसता अवैध विक्री वितरण र अतिक्रमण गर्ने क्रम जारी रहेको र गुठी संस्थानसँग समेत यकिन विवरण नरहेको कारण अहिले मुश्किलले ३/४ सय विग्घा जग्गा मात्र बाँकी हुन सक्ने अनुमागन गरिएको छ ।

भोजराज घिमिरेलेको संयोजकत्वमा गठित छानबीन समितिले अध्ययन अनुसन्धान तथा छानबीन पश्चात जारी गरेको प्रतिवेदन अनुसार जनकपुरधामस्थित १४ वटा मठ मन्दिरको राजगुठी अन्तर्गत साबिक क्षेत्रफल ४६१०—१६—२ लगत देखिएको मध्ये २०६०/०६१ सम्म २९७२—८—३ क्षेत्रफलको जग्गा रैतान नम्बरी गराइसकेको थियो ।

बांकी रहेका १६३७—१२—१३ जिरायत जग्गा मध्ये मध्ये गुठी संस्थानले १७७—१३—१९ विभिन्न व्यक्तिको नाममा मोही कायम कटा गरेपछि वि.सं. २०६२ सालसम्म गुठी अधिनस्थ १४५९—१७—१४ जग्गा मात्र देखिएको छ । प्रतिवेदन अनुसार ती जग्गा मध्ये दर्ता भएको ५४७—७—४ र दर्ता प्रक्रियामा रहेको ७७—८—२ क्षेत्रफल जरी कुल ६२४—१५—६ मात्र गुठीको विभिन्न मठ मन्दिरको नाममा देखिएको र त्यसमा पनि ६३ विग्घा ९ कट्ठा ९ धुर जग्गा सरकारी कार्यालयहरुले कब्जा गरी भवन खडा गरेको छ ।

प्रतिवेदन अनुसार गुठीका विभिन्न मठ मन्दिरको १४५९—१७—१४ क्षेत्रफल मध्ये ८३५—२—८ कहाँको कुन जग्गा हो यकिन समेत गर्न सकिएको छैन । हुनत हाल ती जग्गा नेपाल सरकारको आँखामा धुलझोंकेर मठ मन्दिरका महन्थ र पदाधिकारीहरुले भू माफियासँग मिलेर पहिचान हुन नसकेको भनी विक्री वितरण विक्री वितरण गरिसकेका छन र गर्ने क्रम जारी रहेको बुझिएको छ ।

रैतान र मनपखको नाममा अवैध विक्री

गुठी संस्थान ऐनलाई टेकेर संस्थानका पदाधिकारी स्वयं तात्कालिन राजाका आसेपासे, पदाधिकारी र कर्मचारीहरुलाई हजारौ विग्घा रैतानको नाममा निजी नामसारी गरिएको विभिन्न अध्ययनले देखाएको छ । जुन अहिले केही ठाउँमा विवादित बन्दै गएको छ ।

यसबाहेक स्थानीय राजनीतिककर्मी समेतले ऐनको अवैध फाइदा उठाउंदै सयौ विग्घा जग्गा आफ्ना नातेदार र आसेपासेको नाममा नामसारी गरेको प्रतिवेदनमा उल्लेख छ । लुटतन्त्र झै सबैले फाइदा उठाइरहेको मौका छोपेर मठ मन्दिरका महन्थहरुले समेत जग्गा दलाल र स्थानीयलाई सयौ विग्घा जग्गा विक्री गरिसकेका छन ।

प्रतिवेदन अनुसार राम मन्दिर, जानकी मन्दिर, लक्ष्मण मन्दिर, कुवा मन्दिर र हनुमाननगर मन्दिरको करीब वि.सं. २०४३ अघिसम्म २८ सय विग्घाभन्दा बढी र २०४३ देखि २०६१ सम्म एक सय विग्घा जग्गा रैतानीको नाममा अवैध विक्री र कब्जा गरिएको हो । २०६१ पछि मोहि समेत कट्टा गरी साबिक जिरात देखिएका १४५९—१७—१४ जग्गा मध्ये करीब साढे सय विग्घा जग्गा यकिन हुन बांकी रहेको सम्बन्धित पक्षले देखाएको छ ।

तर वास्तवमा भन्ने हो ती जग्गाहरु गुठी र मठमन्दिरका महन्थहरुले मालपोत कार्यालयकै मिलोमतोमा विक्री गरिसकेको छ जसमा अहिले ठूलठूला भवन खडा रहेको छ । यकिन बांकी रहेका जग्गा अतिक्रमण मुक्त गर्न अब सरकारलाई धौ धौ पर्ने निश्चित छ । प्रतिवेदन अनुसार ६३—९—९ जग्गामा सरकारी कार्यालय स्थापना भएको र ६३—९—९ क्षेत्रफल जग्गामा मात्र अतिक्रमण भएको हो, किनकी अन्य जग्गा बिक्री वितरण भइसकेको छ ।

राम मन्दिर गुठी संस्थानको अधिनमा रहेको कारण त्यस बाहेकका जानकी मन्दिर, रत्न सागर लगायतक मन्दिरका महन्थहरुले अनाधिकृत रुपमा जग्गा विक्री वितरण गरेका छन । राममन्दिरको जग्गा गुठीका पदाधिकारी तथा कर्मचारीहरुबाट विक्री वितरण र लिजमा दिइएको हो ।

जानकी मन्दिर, रत्न सागर लगायतक मन्दिरका महन्थहरुले गुठी संस्थान ऐन २०३३ संशोधन सहितको ऐनमा २०४६ साल चैत ६ गतेभन्दा पुर्व गुठीको जग्गामा घर बनाइसकेको व्यक्तिलाई सो जग्गा रैकडमा परिणत गरिदिने प्रावधानको पाइदा उठाउंदै २०५१ सालको नापी अघि त्यस पश्चात पुर्व महन्थको नाममा जालसाजी मनखपको कागज बनाई अनाधिकृत रुपमा व्यक्तिको नाममा जग्गा नामसारी गरी विक्री वितरण गरेका छन ।

जानकी मन्दिरका महन्थले हालपनि मनखप र लीजको नाममा करोडौ मूल्य बराबरको जग्गा कौडीको मूल्यमा अनाधिकृत रुपमा बिक्री वितरण गर्दै आएका छन । रत्नसागर मन्दिरका तात्कालिन महन्थ वैकुण्ठ दास हाल अनाधिकृत रुपमा जग्गा विक्री गरेकै आरोपमा जेल सजाय भोगी रहेका छन । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकी मन्दिर मात्र होइन त्यस अन्तर्गत रहेको लक्ष्मण मन्दिरको जग्गा समेत विक्री वितरण गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

राम मन्दिरको जग्गा गुठी संस्थानका पदाधिकारीहरुबाटै मोही, रैतानी र मनखपको नाममा विगतदेखि विक्री वितरण गरिदै आएको छ । जानकी मन्दिरबाटै विगतमा तेलहा मडहा र अरगजा पोखरीको जग्गाको डिल अतिक्रमण गराइएको प्रतिवेदनमा भनिएको छ । उल्लेखित १४ वटा मठ मन्दिरका केही जग्गा मात्र अतिक्रमण भएको छ । अधिकांश जग्गा यकिन हुन नसकेको, लिज र अतिक्रमणको नाममा जाली कागज बनाई विक्री वितरण गरिएको अध्ययन रिपोर्टहरुले प्रष्ट हुन्छ ।

हुनत अतिक्रमित जग्गा मुक्त गराउन मठ मन्दिर तथा पोखरीहरुको संरक्षण गर्ने जिम्मा पाएका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तात्कालिन अध्यक्ष रामकुमार शर्माले प्रयास गरेका थिए, तर सफल हुन सकेन । शर्माले अभियान चलाएको क्रममा केही जग्गा अतिक्रमण मुक्त त भए तर अभियानकै क्रममा राजनीतिक चलखेलमा उनको पद खुस्कियो ।

कुन मन्दिरको कति जग्गा थियो

रैतान हुनु अघि जनकपुरधाम स्थित विभिन्न १४ वटा मठ मन्दिर अन्तर्गतको गुठीको नाममा ४६१० विग्घा १६ कट्ठा २ धुर जग्गा थियो । प्रतिवेदन अनुुसार सबभन्दा बढी राम मन्दिर गुठीको नाममा २८६७—२—५—०, जानकी मन्दिर गुठीको नाममा ५९८—१०—४—०, जानकी मन्दिरको प्रागणमा रहेका लक्ष्मण गुडीको ४०९—१—१६, रत्नसागर गुठी ६५—१५—१५, कुवा मठ ४८४—१९—९, हनुमाननगर मठ १४२—१५—०, सिताकुण्ड ९ विग्घा, वराही कुटी ७ विग्घा, विरख कुटी ६ विग्घा, गिरनारी कुटी २ विग्घा, कपिलेश्वर मन्दिर ८ विग्घा १० कट्ठा, रानीपाटी ५ विग्घा, राधाकृष्ण वीरपुर कुटी ५—५—१५ जग्गा साबिकमा रहेको थियो ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
प्रदेश २ ले संघसँग भने प्रहरी परिचालनको अधिकार देउ

प्रदेश २ ले संघसँग भने प्रहरी परिचालनको अधिकार देउ

रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ

रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ

डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...