पिसिआर टेकु

38

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।
उपत्यका प्रवेशमा खुल्ला गरेपछि काममा लागि राजधानी आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो । कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ । परिक्षणका लागि गेट बाहिर दिनहँु लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।