काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आइतबार बेलुकी पौने ७ बजेसम्म १० लाखभन्दा बढी मत ल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ गणनाभएको ८९ लाख ६२ हजार ५ सय ८६ मतगणनामा रास्वपाले १० लाख ११ हजार ३७५ मत प्राप्त गरेको हो ।
जारी मतगणनामा नेकपा (एमाले) २४ लाख ४९ हजार २१४ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ३२ हजार २८३ मत प्राप्त गरेको छ । माओवादी केन्द्र १० लाख २४ हजार ८५० मतसहित तेस्रो स्थानमा छ ।
पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३१ हजार ५४४, छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ३ हजार ९७६ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ४० हजार ९१ मत प्राप्त गरेको छ ।
यस्तै जनमत पार्टीले २ लाख ३७ हजार ६१७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २९ हजार ९७५, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ९७५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार २९८, हाम्रो नेपाली पार्टीले ५१ हजार ९९४, मंगोल नेशनल अर्गनाइजेशनले ४४ हजार ५०१ र राष्ट्रिय जनमोर्चाले ४४ हजार ४२१ मत प्राप्त गरेको छ । ईकान्तिपुर