काठमाडौं । निर्वाचनको अधिकांश स्थानको परिणामहरु आइसकेका बेला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गठबन्धनलाई निरन्तरता दिएर सरकार बनाउने सहमति भएको छ ।
शनिबार बालुवाटारमा भएको भेटमा माओवादी अध्यक्ष प्रचण्ड देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् । केही स्वतन्त्र सांसदसहित कांग्रेस, एमाले, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको गठबन्धन सरकार बनाउन बहुमत पुग्ने परिणामले देखाएको छ ।
गठबन्धनलाई अगाडि बढाउन देउवा र प्रचण्ड सहमत हुँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेका हुन् । प्रचण्डलाई मिलेर जान एमाले अध्यक्ष केपी ओलीले पनि प्रस्ताव गरेका छन् । तर प्रचण्ड गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउनुपर्ने पक्षमा रहेको कांग्रेस एक नेताले बताए ।
उनकाअनुसार भेटमा राष्ट्रपति, उपराष्ट्रपति, सरकारको नेतृत्व, भावी सभामुखको नेतृत्व, उपसभामुख लगायतका पदीय संरचनाको विषयमा पनि छलफल भएको थियो । सरकार गठन र अन्य पदहरु बाँडफाँडका लागि छिट्टै सत्ता गठबन्धनको बैठक बोलाउने सहमति दुइ नेताबीच भएको थियो ।