No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सोसल मिडियामा कसरी फैलिंदैछ महिलाका नग्न तस्वीरको व्यापार ?


सोसल मिडियामा कसरी फैलिंदैछ महिलाका नग्न तस्वीरको व्यापार ?

सोसल मिडियामा महिलालाई अपरिचित व्यक्तिहरुले ब्लाकमेल गर्ने गरेका घटनाहरू निरन्तर सार्वजनिक हुने गरेका छन् ।

महिलाहरूका निजी जानकारीहरू तथा आपत्तिजनक तस्वीरहरू समेत सोसल मिडिया साइट रेडिटमा शेयर हुने गरेका छन्। बीबीसीले एकजना यस्तै ग्रुप चलाउने व्यक्तिको खुलासा गरेको छ ।

पाँच पाउण्डमा यिनको नग्न तस्वीर उपलब्ध छ, मलाई मेसेज गर्नुहोस् ।

मसँग केही अश्लील भिडियो पनि छन् ।

हामी योसँग के गर्नेवाला छौं ।

त्यहाँ हजारौं तस्वीरहरु थिए । महिलाहरूका नग्न तथा कम वस्त्र लगाएर खिचाएका हजारौं तस्वीरहरु, जसको सूचि समाप्त भएकै थिएन ।

त्स्वीरको मुन्तिर पुरुषका अश्लील टिप्पणी, जसमा बलात्कारको धम्की पनि थियो । त्यस्ता धम्कीका शब्दहरू यहाँ उल्लेख गर्न पनि सकिंदैन ।

एकजना साथीको सहयोगले म त्यहाँसम्म पुगेकी थिएँ । उनको एउटा तस्वीर इन्स्टाग्रामबाट लगेर रेडिटमा हालिएको थियो । त्यो वास्तवमा नग्न तस्वीर थिएन, तर रेडिटमा उक्त तस्वीरमा समेत विभिन्न अश्लील टिप्पणी गरिएको थियो । ती मित्र आफ्नै लागि र अन्य महिलाहरुको लागि समेत चिन्तित थिइन् ।

जब मलाई उक्त बजारका बारेमा थाहा भयो, तब मैले देखें कि सयौं प्रोफाइलहरू त्यहाँ उपलब्ध छन् जसलाई शेयर गरिंदैछ र बेचिंदैछ । ती सबैलाई सम्बन्धित महिलाको अनुमतिविना नै त्यहाँ पोस्ट गरएको हो ।

रिभेन्ज पोर्नको संसार

यस्तो लाग्थ्यो कि रिभेन्ज पोर्नको नयाँ दुनियाँ सुरु भएको छ, जहाँ निजी जानकारीहरू अनुमतिविना नै शेयर भैरहेका छन् । आमरुपमा पूर्व पार्टनरहरुले रिस र प्रतिशोधमा यस्तो काम गर्ने गर्दछन् । तस्वीरसँगै फोन नम्बरलगायतका अन्य जानकारीहरु पनि मानिसहरु एक आपसमा शेयर गरिरहेका छन् ।

मलाई लाग्यो कि म इन्टरनेटको कुनै अँध्यारो कुनमा आएकी छु । तर यी सबै सोसल मिडिया प्लाटर्फममा भैरहेका थिए । रेडिटले आफूलाई इनटरनेटको पहिलो पाना दाबी गर्दछ ।

हरेक दिन पाँच करोड मानिसहरु रेडिटको प्रयोग गर्दछन् । यसका प्रयोगकर्ताहरु फोरम चलाउन सक्दछन् जसलाई सबरेडिट्स भनिन्छ । प्रयोगकर्ताका यस्ता उपसमूहहरु विभिन्न मुद्दामा आधारित भएर बनाइन्छ । अधिकांस सबरेडिट हानिकारक हुँदैनन् । तर रेडिटमा अश्लीलता फैलाउने काम पनि यिनीहरुले नै गरेको पाइन्छ ।

सन् २०१४ मा विभिन्न सेलिब्रेटीहरुका निजी तस्वीरहरु रेडिटमा शेयर गरिएको थियो । त्यसको तीन वर्षपछि कम्पनीले डिप फेकको प्रयोग गर्ने केही ग्रुपलाई बन्द गरेको थियो ।

महिलाहरूका अन्तरंग तस्वीरहरू अहिले पनि रेडिटमा कसरी शेयर भैरहेका छन् भनेर मैले बुझ्न चाहेकी थिएँ । साथै त्यसको पछाडि को छ भनेर पनि मैले जान्न चाहेकी थिएँ । रेडिटको प्रतिबन्धले कुनै पनि काम गरेको छैन भन्ने मैले बुझिहालें । हामीले बेलायतमा दर्जनौं सबरेडिट सञ्चालनमा रहेको फेला पार्‍यौं ।

मैले सुरुमा दक्षिण एसियाली महिलाहरुको बारेमा बुझ्न चाहें । अधिकांश अंग्रेजी, हिन्दी, उर्दु तथा पन्जाबीमा टिप्पणीहरू एकै समुदायका पुरुषहरुले गरिरहेका थिए । केही महिलाहरूको सोसल मिडियामा ठूलो संख्यामा फ्लोइङ थियो त्यसैले मैले उनीहरुलाई चिनेँ । कतिपयलाई मैले व्यक्तिगत रुपमै चिन्दथें ।

हजारौं नग्न तस्वीर

पोर्न

त्यहाँ १५ हजार भन्दा धेरै तस्वीर थिए । हामीले त्यसबाट १ हजारको नमुना लियौं । त्यसमा डेढसय जना फरक-फरक महिलाहरुका तस्वीर प्राप्त भए । साथै त्यसमा अमानवीय यौन टिप्पणीहरु पनि थिए । मलाई थाहा थियो कि यी सबै महिलाहरुको अनुमति विना नै भैरहेको थियो ।

कैयन् महिलाहरुका तस्वीर अन्य सोसल मिडियाबाट लिइएको थियो । ती अश्लील थिएनन् । तर ती तस्वीरमाथि निकै अश्लील टिप्पणी गरिएका थिए ।

तस्वीरमा भएकामध्ये एकजना महिलासँग हामीले सम्पर्क गर्‍यौं । उनले इन्स्टाग्राममा क्रप टप पहिरिएको एक तस्वीर पोस्ट गरेपछि उनलाई बलात्कारको धम्की आउन थालेको बताइन् ।

सबरेडिटमा रहेका पुरुषहरू पनि महिलाका नग्न तस्वीर शेयर गरिरहेका थिए र बेचिरहेका थिए । ती सेल्फी जस्तै देखिन्थे जो कि सार्वजनिक प्रयोगका लागि खिचिएका थिएनन् । महिलाका यस्ता भिडियोहरु पनि थिए जुन सेक्सका बेला गोप्य रुपमा खिचिएका जस्तो प्रतित हुन्थ्यो ।

मैले तिमीलाई फेला पार्नेछु

एक मेसेज थ्रेडमा नग्न महिलाहरुको मुखमैथुन गरिरहेको तस्वीर थियो । एउटा मेसेजमा लेखिएको थियो : कसैसँग कुनै भिडियो छ । ती मेसेजमा विभिन्न अपशब्द पनि प्रयोग गरिएकेा थियो ।

त्यसमा अर्को व्यक्तिले लेखेका छन् : मसँग पाँच पाउण्डमा पूरै फोल्डर छ, विभिन्न तस्वीरहरु सँगै ।

अर्का प्रयोगकर्ताद्धारा सोधिएको छ : उसको सोसल प्रोफाइलका बारेमा बताउनुहोस् त।

आयशा (परिवर्तिन नाम) लाई आफ्नो भिडियो गतवर्ष सबरेडिटमा हालिएको थाहा भयो । उनको पूर्व पार्टनरले त्यो भिडियो बनाएको थियो । सोसल मिडियामा उनको विभिन्न प्रकारले शोषण भयो ।

रेडिटमानिसहरूले उनीहरूसँग सेक्स नगरेमा आफ्ना तस्वीरहरू बुवाआमालाई पठाइदिने भनेर आफूलाई धम्की दिने गरेको आयशा बताउँछिन् ।

धम्कीमा भनिन्थ्यो : मैले तिमीलाई फेला पार्नेछु, तिम्रो बलात्कार गर्नेछु ।

एकजना पाकिस्तानी युवती हुनुका कारणले उनको समुदायमा सेक्ससँग सम्बन्धित कार्य स्वीकार्य हुँदैनथ्यो ।

उक्त घटनापछि आयशा घरबाट निस्किन तथा मानिसहरुसँग भेटघाट गर्न छाडिन् । उनले आत्महत्याको कोसिस पनि गरिन् । त्यसपछि उनले घटना खास के भएको हो भनेर बुवाआमासँग भन्न बाध्य भइन् । त्यो थाहा पाएपछि उनका बुवाआमा डिप्रेसनमा गए ।

आयशाले रेडिटसँग धेरैपटक सम्पर्क गरिन् । एकपटक रेडिटले उनकेा अनुरोधमा एउटा भिडियो तुरुन्तै हटाइदिएको थियो । तर दोश्रो चाहीँ हटाउनका लागि ४ महिना लाग्यो । तर कुरा यत्तिमा सकिएन । त्यहाँ हटाइएका सामाग्रीहरु पहिले नै अन्य सोसल मिडिया साइटमा शेयर भैरहेका थिए र सबरेडिटमा पुनः देखिन थाले ।

आयशालाई लज्जित तथा दुखी बनाउने उक्त सबरेडिट जिम्पोम्याड नामक व्यक्तिले चलाइरहेको थियो । सोही नामबाट उसलाई ट्रयाक गर्न सकियो ।

जिम्पोम्याडले सबरेडिटको मोडेरेटरको रुपमा त्यहाँ रेडिटका सबै नियम पालना भैरहेको कुरा जाँच गर्ने जिम्मा थियो । तर उसले उल्टो गरिरहेको थियो ।

कलेक्टर कल्चर

उसलाई सबरेडिटमा ट्रयाक गर्ने क्रममा मैले पत्ता लगाएँ कि उसले तीनवटा नयाँ संस्करण तयार पारिसकेको रहेछ । हरेक पटक एउटा नयाँ नाम, र त्यसमा नश्लीय टिप्पणी पनि सामेल थिए । सबै सबरेडिटमा एउटै खालका सामाग्रीहरु थिए र हजारौँ एक्टिभ युजर्स पनि थिए ।

व्यापारका लागि नग्न तस्वीरको प्रयोग यतिधेरै भएको छ कि जानकारहरुले यसलाई कलेक्टर कल्चरको नाम दिएका छन् ।

क्लेयर म्याग्लिन डरहम विश्वविद्यालयका प्राध्यापक हुन् । उनका अनुसार यो कुनै एकजना विकृत मानसिकता भएकेा मानिसको काम होइन । यसमा हजारौँ हजार मानिस संलग्न छन् । यस्तो व्यापार एपसँगै वेबसाइटहरुमा स साना निजी च्याट समूहमा समेत हुने गर्दछ, र त्यहाँ दशौँ हजार पूरुषहरु जम्मा हुने गर्दछन् ।

एनका अनुसार यस्ता तस्वीरको वृहत संग्रह गर्ने व्यक्तिलाई पहिचान समेत प्राप्त हुन्छ । त्यसैले इन्टरनेटबाट यस्ता भिडियो तथा तस्वीर पूर्णरुपमा हटाउन मुस्किल हुन्छ । एकातिर डिलिट गरिएका सामाग्री लगत्तै अर्को कुनै ग्रुपबाट पोस्ट भइहाल्दछन् ।

रेडिटले के गरिरहेको छ प्रयास ?

रेडिटबाट आफ्नो तस्वीर हटाउने कोसिस गरिरहेका सातजना महिलाहरुले बताए अनुसार रेडिट कम्पनीले उनीहरुलाई सहयोग गर्नका लागि पर्याप्त कदम उठाइरहेको छैन । ती मध्ये चार जनाले आफ्ना अश्लील सामाग्रीहरु रेडिटले कहिल्यै पनि नहटाइदिएको बताए भने अन्यले चाहीँ आफ्नो सामाग्री हट्नका लागि ८ महिनासम्म लागेको बताए ।

रेडिटले भने आफूले गतवर्ष मात्रै ८८ हजारवटा यस्ता गैर सहमतिवाला अश्लील तस्वीर हटाएको दाबी गरेको छ र यस्तो घटनालाई गम्भीरतापूर्वक लिने बताएको छ ।

यसका लागि अटोम्याटिक उपकरणको प्रयोग गर्ने र अनुमति विना प्रकाशित तस्वीरहरु खोज्न र हटाउनका लागि कर्मचारीहरुको एक टिम रहेको सको दाबी छ । यस्ता विभिन्न ग्रुपहरुमाथि प्रतिबन्ध पनि लगाइएको छ ।

कम्पनीका प्रवक्ताले भनेका छन् : हामीलाई थाहा छ कि यस्ता सामाग्रीहरु खोज्ने, पहिचान गर्ने र त्यसमाथि कारवाही गर्नका लागि हामीले अझै धेरै काम गर्नुछ । छिटै गर्नुपर्दछ र उत्तम तरिकाले गर्नुपर्दछ । हामीले हाम्रो टिम र टूलले यसका लागि उत्कृष्ट तरिकाले कसरी काम गर्न सक्दछ भनेर बुझ्ने कोसिस गरिरहेका छौं ।

बीबीसीले सबरेडिट चलाउने हिमेश सिंघाडिया नामका व्यक्तिसँग सम्पर्क गरेपश्चात् उनले उक्त सबरेडिट डिलिट गरे । एक बयानमा उनले दक्षिण एसियाली महिलाहरुको सह्राना गर्नका लागि आफुले ग्रुप बनाएको दाबी गरे । उक्त ग्रुपमा जोडिएका मानिसको संख्या निकै धेरै भएकोले सबैलाई नियन्त्रण र सम्पादन गर्न मुस्किल भएको उनको भनाइ छ । आफूले कहिल्यै पनि अश्लील सामग्री शेयर नगरेको भन्दै उनले भनेका छन्  : जिम्पोम्याड आफुले उठाएका कदमबाट दु:खी छ र यो उनको वास्तविक परिचयको हिस्सा होइन ।

रेडिटले हामीले उजुरी गरेका विभिन्न सामाग्रीहरु पनि हटाएको छ ।

इसको अर्थ के हो भने हजारौं महिलाका तस्वीर उसले हटाउने गरेको छ । तर यसबाट ठूलो राहत मिल्नेछैन । प्रविधि कम्पनीहरु तथा कानून बनाउने निकायहरुले महिलाहरुको सहयोगका लागि ठोस कदम उठाउनु पर्नेछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

अलविदा उत्सव ! मिस यु  !

अलविदा उत्सव ! मिस यु !

एमाले बैठक : यी एजेन्डामा हुँदैछ छलफल

एमाले बैठक : यी एजेन्डामा हुँदैछ छलफल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...