काठमाडौं । श्रीमानको हत्या गरेको आरोपमा नवलपरासी पूर्वबाट एक जना पक्राउ परेका छन् ।
६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी ६५ वर्षीया श्रीमती श्याम कुमारी भिरकट्टालाई पक्राउ गरेको छ ।
बुलिङटार गाउँपालिका वडा नम्वर ५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ ।
घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरोले हिर्काएकी थिइन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिंहको उपचारको क्रममा अस्पतामा मृत्यु भएको थियो ।
घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको छ ।