No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनीले पुनर्निमार्णको कामै गर्न सकेन

काठमाडौं- सरकारले चैतभित्रै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने गरी तयारी थालेको भए पनि निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले भने काम नै गर्न सकेको छैन। चिनियाँ कम्पनीले काम नै गर्न नसकेपछि मेलम्ची खानेपानी परियोजनाले सरकारलाई गुहारेको छ। परियोजनाका प्रवक्ता राजेन्द्रकुमार पन्तले परियोजना पुनर्निमार्णस्थलमा रहेका ठूला ढुंगाहरु, माटो र विस्फोट गराएर साइट क्लियर गर्न नसकेको बताएका हुन्।
उनले चिनियाँ कम्पनी सिनो हाइड्रोको काम नलाग्‍ने उपकरणका कारण उक्त काम रोकिएको जानकारी दिएका छन्। यसअघि मेलम्चीको बाँकी काम गर्नका लागि नेपाल सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ३२ करोड रुपैयाँमा सम्झौता गरेको थियो। तर, उक्त कम्पनीले बाँकी काम भने गर्न नसकेपछि सरकारलाई गुहार गरिएको हो।
गत माघ दोस्रो साता सिनो हाइड्रोले दिन गन्तीमा काम गरेर चैत मसान्तभित्र सक्ने योजनासहित काम सुरू गरेको थियो। चिनियाँ कम्पनीले उल्टै फागुन २५ सम्म ६० प्रतिशत काम सकेको दाबी गरेको सिनोले अब रकम उपलब्ध गराउनुपर्नु माग गरेको छ। सरकारले गत पुस अन्तिमसाता मेलम्चीको पुन:निर्माणको काम फाष्ट ट्रयाकमा निर्माण गर्ने निर्णय गरेको थियो ।
सिने हाइड्रोले पेश्की रकम नपाएको भन्दै काममा अवरोध गरेको छ। परीक्षणका लागि समेत समय नदिएर असारमा उद्घाटनको हतारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सुरूङभित्र छिर्ने ढोका बनाउँदा उल्टो ढोका लगाइएको थियो। प्राविधिकहरूका अनुसार पानी भएको साइड तिर ढोका खुल्ने गराउनुपर्नेमा उल्टो ढोका हालेर पानी छोडिएको थियो । विकास समितिका पदाधिकारीको गल्तीको कारण क्षति पुगेको भन्दै सिने हाइड्रोले क्षतिपूर्ति माग गरेकोमा मूल्याङ्कन नै नगराई ३० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिएको थियो। तर, पछि मूल्याङ्कन समितिले अधिकतम २४ प्रशतिभन्दा बढी रकम दिन नमिल्ने बताएपछि यो विषय अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत हेरेको छ।
६ प्रतिशत रकम (१ करोड ५२ लाख रुपैयाँ) गैरकानुनी भएको भन्दै भुक्तानी गर्न समितिले नमानेपछि अहिले समस्या सिर्जना भएको हो। तत्कालीन कार्यकारी निर्देशक सरूवा भएर मन्त्रालय पुगेका छन् भने अहिले आएका कार्यकारी निर्देशक बासुदेव पौडेलले पुरानो यस्तो पैसा उपलब्ध गराउन नसकिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

Next Post
अस्पतालमा जन्मिएका बच्चाको विवरण अस्पतालबाट सीधै पञ्जीकरण विभागमा

अस्पतालमा जन्मिएका बच्चाको विवरण अस्पतालबाट सीधै पञ्जीकरण विभागमा

जगदुल्लाका निमित्त सीईओको कानुन विपरीतको सेवा सुविधा कटौती

जगदुल्लाका निमित्त सीईओको कानुन विपरीतको सेवा सुविधा कटौती

छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम

छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .