No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगान राजनिती पछीको सक्क्ती सन्तुलन”

अफगान राजनिती पछीको सक्क्ती सन्तुलन”

काठमाडौं ।सन २००१ को सेप्टेम्बर १२ मा अमेरिकामा भएको आतंकवादी आक्रमण पश्चात अमेरिकाले अफगानिस्तानमा करिव २ दशक आक्रमण गर्यो । लामो युद्ध पश्चात गत अगष्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट पुर्ण फिर्ती भयो । अमेरिकी सेनाको फिर्ता संगै बन्दुककै भरमा सत्ता गरेको तालीवानले सरकार गठन गर्यो । मुल्लाह मोहम्मद हसन अरबन्दुजा नेतृत्वको गठित सरकारका सबै मन्त्रीहरु कट्टरपन्थी छन् । अफगानिस्तानमा सरकार गठन संगै अझै पनि पश्चिम शक्ति राष्ट्रहरुले तालीवान सरकारलाई मान्यता दिएका छैनन् ।
सन् २००१ देखी २०२१ सम्मको २० वर्षको अवधीमा अमेरिकाले अफगानिस्तानमा तालीवान माथी भिषण आक्रमणहरु गर्यो । यस अफगान युद्धमा अमेरीकाले अर्वौ डलर खर्च गर्यो । लाखौं अफगानी जनताले विना कसुर ज्यान गुमाए । अन्त्यमा २०२१ को अगष्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट पुर्ण रुपमा फिर्ता भयो । अमेरिकी सेना फिर्ता संगै अफगानिस्तानमा पुनः तालीवान शासनको उदय भयो । तालीवानको उदय संगै विश्वमा राजनैतिक धुर्वीकरण सुरु भयो र दक्षिण एसियामा तालिवान उदय पछि क्षेत्रीय सुरक्षा को विषयमा चिन्ता सुरुभएको छ।

तालीवान सरकारलाई चिन र पाकिस्तानले सुरुबाट नै समर्थन जनाए भने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले मान्यता दिएका छैनन् । तालीवान समुह भित्र पनि दुई गुट स्पष्ट रुपमा देखिएको छ । क्वेटा खेमा र पेशावर खेमा , क्वेटा समुहको नेतृत्व मुल्ला मोहम्मद याकुव र पेशावर खेमामा सिराजुद्दिन हक्कानी समुह छन् । हक्कानी समुह कठोर र कट्टरपन्थि स्वभावका छन् भने याकुव सुमुह ले नरमपन्थि समुहको प्रतिनिधित्व गर्दै आईरहेको छ । हक्कानी समुहले देशको गृहमन्त्रालय र याकुव समुहले रक्षा मन्त्रालयको जिम्मेवारी पाएको छ । पाकिस्तान यही स्थीतिमा हक्कानी नेटवर्क संग बढी नजिक रहेको छ । तालीवान सरकारलाई पुर्ण साथ र सहयोग गर्न पाकिस्तान र चिनले प्रतिवद्धता जनाई सकेका छन् । उनीहरुले अफगानिस्तानमा आफ्नो उपस्थितीलाई दह्रो बनाउन कोशिश गरिरहेका छन् ।

आर्थिक र राजनैतिक रुपमा अफगानिस्तानमा आफ्नो पकडलाई स्थापित गराउन पाकिस्तान र चिनले भरमञ्जुर प्रयास गरिरहेका छन् । अफगानिस्तानमा अनावश्यक हस्तक्षेपले दक्षिण एसियाको क्षेत्रिय सन्तुलनमा नै असर पुग्ने अनुमानहरु लगाउन सकिन्छ । अफगानिस्तानको परराष्ट्र निती र सेनामा पनि पाकिस्तानले आफ्नो पकडलाई विस्तार गर्न केही नयां योजनाको साथ अफगानिस्तानलाई आफ्नो प्रभाव देखाउन थालेको छ ।

तालीवानलाई पनि चिन र पाकिस्तानले सरकार सञ्चालनमा समर्थन गरे पनि उनिहरुको आन्तरिक दुईलाईन राजनैतिक संघर्ष र पश्चिमा शक्ति राष्ट्रहरुको असहयोगका कारण सरकार सञ्चालनमा सोचे जस्तो अनुकुल वातावरण बन्न गाह्रो देखिन्छ । अफगानिस्तानमा २० वर्ष उदारवादी सरकारका कारण जनतामा धेरै परिवर्तन आएका छन् । अफगान नागरिकले यो २० वर्षको अवधिमा स्वतन्त्रताको अनुभुत महसुस गरेका छन् । अर्को पाटो भनेको अफगान भित्रै तालिवान विरुद्ध शसस्त्र संघर्ष गर्दै आईरहेको नर्दन एलायन्स र आई।एस आई के पनि तालिवान सरकारको लागि सहज सत्ता सञ्चालनको लागि चुनौती बन्ने सम्भावना छ ।

तालीवान भित्रको दुईलाईन राजनैतिक संघर्ष , अफगान भित्र नै तालिवान विरुद्ध सघर्ष गरिरहेका दुई संगठन, दुई दशकमा अफगान राजनितीमा समाज र जनतामा आएको व्यापक परिवर्तन केही वर्ष यता देखी दक्षिण एसियामा क्षेत्रिय राजनितीमा आएको परिवर्तन संगै पश्चिमा शक्ति राष्ट्रहरुको आर्थिक र राजनैतिक असहयोगका कारण चिन र पाकिस्तानले मात्र साथ र समर्थन गरेर अफगानिस्तानमा तालीवान शासनलाई १९९६ को शासन जस्तै स्थापित गराउन गाह्रो पर्ने देखिन्छ । अमेरिकी सेना फिर्ता पछिको यो ४ महिनामा अफगानस्तानमा पाकिस्तान र चिनको गतिविधी अस्वभाविक बढेर गएको छ ।

पाकिस्तान तालिवान सरकारलाई आफ्नो प्रभावमा पारेर अफगानस्तानको परराष्ट्र निती र सेनालाई आफ्नो अनुकुल बनाउन खोजिरहेको छ भने चिन भने युरोप र एसियामा आफ्नो प्रभाव बनाउन वेल्ड एण्ड रोड इनिसिएटीभ ९ वि आर आई० को महत्वकांक्षी परियोजनालई अफगानस्तानलाई सफल बनाउन र दक्षिण एसियाको क्षेत्रिय सन्तुलनमा अफगानस्तानलाई केन्द्रमा राखेर आफ्नो प्रभाव र विस्तारलाई अघि बढाउन तालीवान सरकारलाई सहयोग गर्न हात बढाईरहेको छ ।

तालीवानले अफगानिस्तान कब्जा पछी पाकिस्तान , चिन र रुसले मान्यता दिए पनि अमेरिका , भारत , बेलायत लगायत मुलुकले तालीवान सरकारलाई अझै मान्यता दिएका छैनन् । यसबाट अफगानिस्तानको मामिलामा राजनैतिक रुपबाट नै शक्ति राष्ट्रहरु विचको धुव्रिकरण बढेर जाने खतरा उत्पन्न भएको छ ।

त्यसैले तालीवान सरकारले आन्तरिक , राजनैतिक कलह पार गर्दै असन्तुष्ट पक्षलाई वार्ता र संवाद द्धारा समस्याको समाधान नगरी र आफ्नो मुलुक संग सम्बन्ध विग्रिएका राष्ट्रहरुसंग नयां सिराबाट सम्बन्ध सुधार नगरी सरकार संचालन गर्न तालीवान सरकारलाई गाह्रो पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
थारु विद्राेह : टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य -लक्ष्मण थारु

थारु विद्राेह : टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य -लक्ष्मण थारु

मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र

मल किन्न १३ अर्ब माग्दा अर्थले दियो ९६ करोड मात्र

गोलबजारमा छुरा प्रहारबाट एकको मृत्यु, एक गम्भीर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .