No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत


लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत

काठमाडौं । रंगमञ्चको आलोकमा टेकेर उदाएकी अभिनेत्री हुन्, लक्ष्मी बर्देवा । संख्यात्मक हिसाबले धेरै सिनेमा नभएपनि उनको अभिनयले दर्शकमा गहिरो छाप छाडेको छ । जस्तो– घामपानी, डमरुको डन्डिबियो, बुलबुल ।

भलै यी चलचित्रमा उनको मुख्य भूमिका छैन । सबैमा उनी सहायक भूमिका लिएर प्रकट भएकी छन् । यद्यपि उनको अभिनय यति माझिएको छ कि, मुख्य चरित्रका लागि चुनौती बनेको छ ।

‘चपली हाइट ३’, ‘प्रेम गीत ३’ जस्ता उनी अभिनित चलचित्र प्रदर्शनको तयारीमा छन् । लक्ष्मी अभिनित ‘परानै दिन्छु’, ‘जेल पनि सहुँला’ जस्ता थुप्रै म्युजिक भिडियोलाई दर्शकले निकै रुचाएका छन् । म्युजिक भिडियोको निर्देशन समेत गर्दै आएकी लक्ष्मीको कसरी बित्छ दैनिकी ? कस्तो छ जीवनशैली ? उनकै शब्दमा ।

हिजोआज ७ नबजी उठिँदैन

कलाकारको दैनिकी सधैं एउटै हुँदैन । आज जस्तो दैनिकी हुन्छ, भोलि त्यो भन्दा फरक हुनसक्छ । मेरो दैनिकी पनि एकैनासको हुँदैन । अघिल्लो दिन ‘लेट नाइट’सम्म सुटिङ थियो भने बिहान उठ्ने यकिन हुँदैन । सुटिङमा जानुपर्ने छ भने साढे ४ बजे नै पनि उठ्नुपर्ने हुनसक्छ ।

त्यो बाहेक सामान्य अवस्थामा पनि जाडो र गर्मी याममा उठ्ने समय फरक हुन्छ । गर्मी याममा ६ बजे उठ्छु । जाडोयाममा हिजोआज ७ नबजी उठिँदैन । मोबाइलमा ‘अलार्म’ त राखेकी हुन्छु, तर निद्रा खुल्नका लागि ‘अलार्म’को घण्टी आवश्यक पर्दैन । ‘अलार्म’ बज्नुभन्दा अगाडि नै आँखा खुलिसकेको हुन्छ ।

बिस्ताराबाट बाहिर निस्कँना साथ पानी तताउने काम हुन्छ । फ्रेस हुनुभन्दा अगाडि दुई गिलास तातोपानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु । अनि, ब्ल्याक कफी पिउँछु । बिहान खाजा खाने बानी चाहिं छैन ।

जिममा दुई घण्टा

हामी (श्रीमान् जीवन भट्टराई र म) पहिले घरमै शारीरिक व्यायाम गथ्र्यौं । तीन महिनाजति भयो, हामी जिम जान थालेका छौं । अहिले दुवै जना ८ बजे जिम जान्छौं । त्यहाँ करिब २ घण्टा बिताउँछौं । १० बजेतिर हामी घर फर्किन्छौं ।

खासमा म पछिल्लो समय ‘हेल्थ कन्सस’ भएकी छु । म मोटाउँदा-मोटाउँदै आफैंलाई असहज महसुस हुन थाल्यो । कतै कार्यक्रममा जाँदा होस् वा कतै हिँड्नुपर्दा । वा, कतै हाईकिङ जाँदा होस् एकदमै असहज महसुस हुन्थ्यो । हिँड्दा पनि सास फुलेजस्तो हुने, हिँड्न नसकेजस्तो हुने, केही काम गर्न नसकेको जस्तो हुन्थ्यो । आफूमा आफैंलाई सन्तुष्टि नभएजस्तो भयो । त्यसपछि हेल्थप्रति अलिकति कन्सस हुन थालें । एउटा अनुभव पनि हो, राम्रो पनि हुन्छ भनेर शुरु गरेकी हुँ । यो लकडाउनभन्दा अगाडिको कुरा थियो । लकडाउनको समयमा त्यो चिन्ताप्रति डेडिकेटेट भएर लागेकी थिएँ ।

मेरो खानपान

जिमबाट १० बजेतिर घर फर्केपछि खाना बनाउने काम हुन्छ । हामी खाना बराबरीजसो बनाउँछौं । बिहान खाना खाँदा ११ देखि १२ बज्छ । बिहान खाना चाहिं दुईथरी बनाउनुपर्छ । एकथरी मेरो लागि, एकथरी श्रीमानको लागि । म तेलमा पकाएको चिल्लो तरकारी खाँदिन । उसिनेर बोयल गरेको खानेकुरा वा दाल मात्रै बनाउँछु । म बच्चैदेखि भेजिटेरियन हुँ । श्रीमानका लागि चाहिं चिकेन पनि बनाउनुपर्छ ।

मलाई खानेकुरामा यो मन पर्दैन भन्ने छैन । हेल्दी हुनुपर्‍यो, धेरै चिल्लोपिरो नभएको हुनुपर्‍यो । धेरै नुन नभएको सादा खालको खानेकुरा भए हुन्छ । मलाई स्पेशल लाग्ने चाहिं घिउमा रातो खुर्सानी फुराएर बनाएको साग एकदमै मनपर्छ । हाम्रो भान्सामा प्रायः साग छुट्दैन । बेलुका म खाना खाँदिन । ओड्स वा बोयल साग केही खान्छु ।

सुटिङमा पनि मेरो खाना छुट्टै हुन्छ । ‘हेल्थ कन्सस’ हुन थालिसकेपछि ‘डाइट’मा ध्यान दिन थालेकी छु । क्यालोरी काउन्ट गरेर खान थालेकी छु । खाना मात्र होइन, खाजा पनि हामी बाहिर खान खासै रुचाउँदैनौं । बाहिरी भन्दा घरको भान्सामा पकाएको खानेकुरा धेरै स्वादिलो लाग्छ ।

भान्सामा काम गर्न मलाई एकदमै जाँगर चल्छ । खानेकुरा म जे पनि मीठो बनाउँछु जस्तो लाग्छ । धेरैले मीठो बनाउँछौं भन्नुहुन्छ । मासु आफूले नबनाएपनि मीठो बनाउँछु भन्नुहुन्छ । मैले बनाएको च्याउको छोइला एकदमै मीठो हुन्छ । पुलाउ पनि मीठो बनाउँछु । जे होस् धेरै परिकार मीठो बनाउँछु जस्तो लाग्छ । र, अरुले पनि त्यही भन्नुहुन्छ ।

मेरो दिनचर्या

चलचित्र, म्युजिक भिडियो सुटिङमा त बाहिर हुने भइयो । त्यो बाहेक मिटिङ वा अरु केही काम छ भने घरबाहिर निस्किने हो । नत्र काम नभईकन बाहिर खासै निस्किँदिन । हामी दुवै जना काम नहुँदा बाहिर निस्किन त्यति रुचाउँदैनौं ।

प्रायः घरमै दिन बितिरहेको हुन्छ । बिहान खाना खाएपनि भाडा माझ्ने, कोठा सफा गर्ने काम हुन्छ । यी काम दुईजना मिलेर नै गर्छौ ।

त्यसपछि आज कुन फिल्म हेर्ने अथवा सिरिज हेर्ने सल्लाह गछौं । हामी घरमा नयाँ फिल्म वा सिरिज केही न केही ल्यापटपमा हेरिरहेका हुन्छौं । त्यसरी पनि दिन बितिरहेको हुन्छ । कहिले, मेरो स्क्रिप्ट लेख्नु छ भने त्यसमा पनि दिउँसोको समय बित्छ ।

त्यो बाहेक नयाँ म्युजिक भिडियो, टीकटक, इन्ट्राग्रामतिर पनि दिउँसोको केही समय बितिरहेको हुन्छु । फेसबुक म खासै चलाउँदिन । कहिलेकाँही म्यासेन्जर मात्र राखेर फेसबुक अनस्टल पनि हुन्छ ।

काम नहुँदाको दिन यसरी नै बितिरहेको हुन्छ । बाहिर भयौं भने ८ बजेभित्र घर फर्किन पाइयोस भन्ने लाग्छ । गर्मीयाममा ८ भित्र, जाडोयाममा प्रायः ७ भित्र फर्किसकेका हुन्छौं । अर्कोदिन सुटिङ वा अन्य काम भए त्यसको तयारी हुन्छ । कहिलेकाहिँ साँझको समयमा पनि फिल्म वा सिरिज हेर्ने काम पनि हुन्छ । सुत्दा त्यही १० देखि ११ बज्छ ।

मेकअप गरेर हिँडदिन, ड्रेसअपमा औसत

घरबाहिर निस्किनुपर्दा तयार हुन मलाई धेरै समय लाग्दैन । मेकअप गर्नको लागि समय लाग्ने हो । तर, म मेकअप गरेर हिँड्दिन, मैले प्रयोग गर्ने ‘सन्सक्रिन’ मात्र हो ।

ड्रेसअपको सन्दर्भमा म औसत भएजस्तो लाग्छ । धेरै असजिलो ड्रेसअपको प्रयोग र झकिझकाउ भएर हिँडन मन लाग्दैन । क्याजुअल ड्रेसमा कम्फर्ट महसुस गर्छु। र, त्यस्तै कपडा प्रयोग गर्छु । कपडा किन्न चाहिं म धेरै नै किनिरहेकी हुन्छु । दोहोर्‍याएर प्रयोग गरेकोजस्तो नदेखियोस् लाग्छ । कपडामा ब्राण्डमा म धेरै कन्सस छैन ।

मेरो चावहिलमा रेगुलर लिइरहने एक/दुईवटा ठाउँहरु छन् प्राय: त्यहींबाट किन्छु । जुत्तामा चाहिं म अलि बढी सौखिन हुँ । जुत्ताहरु धेरै नै किनिरहेकी हुन्छु । पहिरनमा रंगको कुरा गर्दा मलाई सेतो एकदमै मनपर्छ । निलो रंगको कपडा भने रहेनछ । नत्र, पहिरनमा रंगको भेरियसन चाहिं हुन्छ ।

अभिनय बाहिरी रुचि

निर्देशन मेरो अभिनय बाहिरको पहिलो रुचि हो । त्यस्तै मलाई लेख्न एकदमै मनपर्छ । आफ्नो फिलिङ्स लेखनमार्फत व्यक्त गर्न रुचाउँछु ।

त्यस्तै, इन्टेरियर डिजाइजमा एकदमै रुचि छ । आफ्नो रुमको सेटअप गर्ने, सेटअप चेञ्ज गर्ने गरिरहेकी हुन्छ । अलिकति बढी रुचि घुम्नमा पनि हो । घुम्नकै लागि कतै जाने भन्दापनि छायाँकनकै क्रममा धेरै ठाउँ पुगेकी छु । छायाँकनका लागि कतै जाँदा समय मिल्यो भने त्यहाँको वरिपरिको ठाउँहरु हेर्न मनपर्छ ।

सबैलाई माया गर्छुजस्तो लाग्छ

आफ्नो मनपर्ने स्वभाव त के भनौं र ? म सबैलाई माया गर्छु कि जस्तो लाग्छ । यद्यपि त्यो स्वभावले दुःख चाहिं पाइरहेकी हुन्छु । काममा ध्यान दिने, सबैको ख्याल गर्ने गर्छु । समय व्यवस्थापन एकदमै गर्छु । मलाई टाइममा पंचुअल एकदमै मनपर्छ । आफू पनि पंचुअल छु जस्तो लाग्छ । अल्छी छैन, एक्टिभ छु । सुधार्न पाए भन्ने बानी त्यस्तो छैन । सबैलाई विश्वास गर्ने बानी छ । अलिकति स्वार्थी पनि हुन पाए हुन्थ्यो लाग्छ तर सकिरहेकी छैन ।

आफ्नो जीवनशैली व्यवस्थित लाग्छ

समग्रमा आफ्नो जीवनशैली धेरै व्यवस्थित भएजस्तो लाग्छ । धेरै जनाको हेर्दा मेरो आफूलाई समय दिनेखालको डेलिरुटिङ भएजस्तो लाग्छ ।

दुई-तीन वर्षअघिको मेरो जीवनशैली हेर्दा उठ्ने टुंगो थिएन, सुत्ने टुंगो थिएन । सकेसम्म बाहिरबाट अर्डर गरेर खान पाए हुन्थ्यो लाग्थ्यो । आफ्नो लागि केही नसोचेर सहजता खोजिन्थ्यो भने अहिले त्यस्तो छैन । धेरै म्यानेज छ कि जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
काँग्रेस १४ औँ महाधिवेशन : तीन हजार ५०८ मत खस्यो

काँग्रेस १४ औँ महाधिवेशन : तीन हजार ५०८ मत खस्यो

गोलबजार नपाले शिक्षा ऐन नै जारी नगरिकन निकालेको विज्ञापन तत्कालै रोक्न सर्वाेच्चको आदेश

गोलबजार नपाले शिक्षा ऐन नै जारी नगरिकन निकालेको विज्ञापन तत्कालै रोक्न सर्वाेच्चको आदेश

शेखरलाई भारतको साथ, यस्ता छन् कारण

शेखरलाई भारतको साथ, यस्ता छन् कारण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...