No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्वारेन्टाइन बनाइएका होटल रित्तै

क्वारेन्टाइन बनाइएका होटल रित्तै

हेटौँडा : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ ।
हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टाइन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।
होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिनुभयो ।
उहाँले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टाइनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताउनुभयो । एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो ।
तीमध्ये बाथरुमसहितको प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा रहेका थिए ।
प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ, द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दा एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको थियो ।
यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने गरी मूल्य तय गरिएको श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विदेशबाट आउने क्रम पछिल्लो समय कम भएको छ । होम क्वारेन्टाइनको अवधारणा ल्याइएपछि होटलमा बस्ने कोही भएनन् । ”
हेटौँडा अस्पतालका एक चिकित्सक कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी होटेलमा आइसोलेसनमा बसेका थिए । पछिल्लो समय हेटौँडा औद्योगिक क्षेत्रस्थित दुई उद्योगले यहाँका दुई होटलमा कामदार कर्मचारी राखेर काममा लैजाने ल्याउने गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
झुण्डिएर एक महिलाद्वारा आत्महत्या

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .