No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्वारेन्टाइन बनाइएका होटल रित्तै

क्वारेन्टाइन बनाइएका होटल रित्तै

हेटौँडा : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याउने अवधारणा ल्याइए पनि प्रभावकारी नभएको पाइएको छ ।
हेटौँडाका विभिन्न स्तरका १० वटा होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने गरी होटल व्यवसायीसँगको समन्वयमा मकवानपुर होटल एसोसिएसनले गत जेठको अन्तिम साता व्यवस्था गरेको थियो । विदेशबाट फर्किएकाले शुल्क तिरेर बस्नका लागि सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सूची बुझाए पनि सीमित व्यक्ति मात्र बस्न आएपछि होटललाई क्वारेन्टाइन बनाउने अवधारणा प्रभावकारी नदेखिएको हो ।
होटल एसोसिएसनका मकवानपुर अध्यक्ष शङ्करलाल श्रेष्ठले होटललाई क्वारेन्टाइनमा प्रयोगमा ल्याउने घोषणा गरिए पनि बस्न आउनेको सङ्ख्या कमी भएकाले होटलका कोठाहरू खासै प्रयोगमा नआएको जानकारी दिनुभयो ।
उहाँले होटलमा सेवाग्राहीले महँगो भएको भन्ने र समूहमा बस्न नआउँदा होटल सञ्चालकले खर्च धान्नै नसक्ने भएकाले क्वारेन्टाइनका रूपमा सञ्चालनमा आउने नसकेको भन्दै कोरोना भाइरस सङ्क्रमित राख्दा स्वास्थ्य सुरक्षाका कारण विद्युत्, पानीलगायतमा बढी खर्च हुने गरेको बताउनुभयो । एसोसिएसनले बिहान–बेलुकाको खाना, बिहानको नास्ता र दिउँसोको खाजा र सुत्ने व्यवस्थासहित सेवाग्राहीलाई प्याकेज सेवा दिनेगरी हेटौँडाका १० होटलका २०५ वटा कोठा क्वारेन्टाइनमा प्रयोगमा ल्याउन तयार गरिएको थियो ।
तीमध्ये बाथरुमसहितको प्रथम श्रेणीका ५८ वटा, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ कोठा रहेका थिए ।
प्रथम श्रेणीका होटलमा एउटा कोठामा बस्दा एक जनाको दुई हजार पाँच सय र दुई जनाको तीन हजार पाँच सय रुपियाँ, द्वितीय श्रेणीका होटलमा एउटा कोठामा एक जना बस्दा एक हजार सात सय र दुई जना बस्दा दुई हजार पाँच सय रुपियाँ एक दिनको प्याकेजसहित तय गरिएको थियो ।
यस्तै एक दिन बसेबापत तृतीय श्रेणीको होटलमा दुई जनाको एक हजार आठ सय र एक जनाको एक हजार दुई सय रुपियाँ शुल्क सेवाग्राहीले तिर्नुपर्ने गरी मूल्य तय गरिएको श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विदेशबाट आउने क्रम पछिल्लो समय कम भएको छ । होम क्वारेन्टाइनको अवधारणा ल्याइएपछि होटलमा बस्ने कोही भएनन् । ”
हेटौँडा अस्पतालका एक चिकित्सक कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी होटेलमा आइसोलेसनमा बसेका थिए । पछिल्लो समय हेटौँडा औद्योगिक क्षेत्रस्थित दुई उद्योगले यहाँका दुई होटलमा कामदार कर्मचारी राखेर काममा लैजाने ल्याउने गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

Next Post
झुण्डिएर एक महिलाद्वारा आत्महत्या

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .