• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण


३५ वर्षको उमेरपछि गर्भधारण जोखिमपूर्ण

कुनै पनि महिलाको लागि गर्भधारण गर्ने सही समय हो २५ देखि ३५ वर्षको उमेर । कम जोखिममा गर्भधारण र सहज तरिकाले सुत्केरी गराउनका लागि महिलाहरुले समयमा नै विवाह र बच्चाको योजना बनाउनुपर्छ । तर पछिल्लो समयको व्यस्त जीवनशैली र बदलिँदो संस्कृतिका कारण महिलाहरु ढिला गरी विवाह गर्न चाहन्छन् । जसले गर्दा बाँझोपन वा अन्य अनुवांशिक समस्या देखिने जोखिम बढी हुन्छ ।

प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह ३५ वर्षभन्दा माथिको उमेरमा गर्भधारण गर्दा विभिन्न अनुवांशिक रोगहरु लाग्ने गरेको बताउँछन् । त्यसैले उचित समयमा बच्चा जन्माउने योजना बनाउनुपर्ने उनको सुझाव छ ।

३५ वर्षको उमेरपछि महिलाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । गर्भ राख्नको लागि महिला स्वस्थ रहनु जरुरी छ । ३५ वर्षको उमेरपछि गर्भधारण गर्दा त्यसमा खतराको दर २० प्रतिशत बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

पछिल्लो समय दम्पतीमा ढिलागरी गर्भधारण गर्ने चलन बढेसँगै यसले जोखिम पनि बढाएको डा. साह बताउँछन् । ढिलागरी गर्भधारण गर्दा मानसिक रुपमा बच्चा सम्हाल्न सकेपनि उमेर बढ्दै गएपछि शारीरिक रुपमा महिलाहरु कमजोर हुने हुँदा गर्भ सम्हाल्न मुस्किल हुने चिकित्सकहरु बताउँछन् ।

कुनै पनि विद्यमान रोग नभए पनि ३० वर्षको उमेरपछि गर्भधारण गर्दा विभिन्न दीर्घरोगको जोखिम बढ्छ । व्यस्त जीवनशैली र बढ्दो उमेरले जोखिमपूर्ण गर्भधारणको सम्भावना बढाउँछ । अध्ययनका अनुसार सामान्यतया २० वर्ष मुनिका र ३५ वर्षभन्दा माथिका महिलाहरूमा गर्भावस्था जोखिमपूर्ण हुन सक्छ । समयसँगै अण्डाको संख्या र गुणस्तर घट्दै जाने भएकाले ३० देखि ४० वर्षका महिलाहरूमा गर्भपतन हुने सम्भावना बढी हुन्छ । ३० देखि ४० वर्षको उमेरमा हुने गर्भावस्थाले आमा र बच्चाको लागि जोखिम बढ्न जान्छ ।

३५ वर्षको उमेरपछि हुने गर्भावस्थामा सामान्यतया गर्भपतन, क्रोमोसोमलमा हुने असामान्यता अवस्था, बढ्दो रक्तचाप र गर्भावस्थाको मधुमेहजस्ता जोखिम बढी हुन्छ ।

जोखिम हुँदाहुँदै पनि ३५ वर्षपछि गर्भ नै नबस्ने भने होइन । तर यो उमेरपछि धेरै ख्याल गर्नुपर्ने हुन्छ । यदि तपाईंले ३५ वर्षको उमेरपछि गर्भधारण गर्ने निर्णय गर्नुभयो भने सुरक्षित गर्भावस्थाको लागि स्वस्थ जीवनशैली अपनाउनुपर्ने हुन्छ ।

पहिले नै उच्च रक्तचाप, अटोइम्युन रोग, मधुमेह, यौन सञ्चारित रोग (एसटीडी), मृगौलामा समस्या र हृदयरोग भएका महिलाहरूमा गर्भावस्थामा जटिलताको जोखिम बढी हुन्छ । ३५ वर्षको उमेरअघि गर्भपतनको जोखिम १५ प्रतिशतसम्म हुन्छ भने ३५ वर्षपछि गर्भधारण गर्दा २० प्रतिशतसम्म जोखिम बढ्छ ।

महिलाहरूको अण्डाशयमा सीमित संख्यामा अण्डा हुन्छ । उमेर बढ्दै जाँदा यी अण्डाको मात्रा घट्दै जान्छ, जसले सजिलै गर्भधारण हुनबाट रोकिन्छ । ३५ वर्षको उमेर पुगेका गर्भवतीहरूमा समयपूर्व प्रसव, गर्भावस्थाको मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुन्छ । यस्तो उमेरमा डाउन सिन्ड्रोम, गर्भपतन जस्ता समस्या हुने सम्भावना धेरै हुन्छ ।

गर्भावस्थासँग सम्बन्धित जोखिम कसरी जाँच गर्ने ?

भ्रूणमा हुने कुनै पनि असामान्य समस्याको जाँच गर्न अल्ट्रासाउन्ड गराउनुपर्छ । अहिले विभिन्न प्रविधिको प्रयोगबाट प्रसवपूर्व नै विभिन्न अनुवांशिक रोगहरु पत्ता लगाउन सकिन्छ । जसको शुरुवात पछिल्लो समय प्रसूति गृहमा पनि भएको छ ।  बायोफिजिकल परीक्षणहरू, जस्तै भ्रूणको मुटुको धड्कनको जाँच आदिबाट पनि यसको जानकारी प्राप्त गर्न सकिन्छ । रगत र पिसाब परीक्षण गरेर पनि यसको जाँच गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर
  • २०७८ मंसिर ४, शनिबार १९:०८
  • In "जीवनशैली"
  • महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
  • २०७८ मंसिर ४, शनिबार १९:०८
  • In "स्वास्थ्य"
  • हस्तमैथुन,यौन स्वास्थ्यको सकारात्मक आधार हो ?
  • २०७८ मंसिर ४, शनिबार १९:०८
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

स्तनपानमा नयाँ आयाम : प्रसूति गृहमा ‘आमाको दूध भण्डार’

काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version