• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व


काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।

शनिबार थारु महिला सभाले आयोजना गरेको समाचकेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला सभाकी अध्यक्ष निलम चौधरीले बताइन् ।

‘ हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराइको संस्कृतिमाथिको अपमान हो ।’

उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’

थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भनिन्, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले समाचकेवा थारुको मौलिक गीति चाड भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘समाचकेवा थारुको मौलिक गीति र जीवन्त संस्कृति हो । यसलाई जोगाउनु नै आजको आवश्यकता छ ।’ मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै थारु संस्कृतिविद् भुलाई चौधरीले समाचकेवा भाइ-बहिनीप्रतिको माया, प्रेम, सद्भाव र जिम्मेवारी तथा समाजमा भएका भएका विभिन्न व्यक्तिहरुको चरित्र चित्रण गरेको बताए ।

उनले समाचकेवामा कुरौटे (चुगला) को उदाहरण दिँदै भने, ‘समाचकेवामा कुरा लगाउने, अरुप्रति चुक्ली लगाउने, छलछाम गर्ने चुगला नामक पात्र हुन्छ जसको प्रत्येक दिन समा खेल्दा जुँगा डढाउने गर्छन् दिदीबहिनीहरु । हाम्रो समाजमा पनि यस्ता पात्रहरु भेटिन्छन् । जसलाई सोही अनुसार दण्ड सजाय हुन्छ ।’ परिवार र समाजमा कुरा लगाउनेप्रति सधैं सचेत हुने सन्देश समाचकेवाले दिएको उनले बताए ।

बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्‍न आकारका मूर्तिहरु बनाइएका छन् जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ ।

तमुबौद्धमा समाचकेवा खेलिसकेपछि थारु महिला सभाले धोबीखोला किनारमा समाचकेवा (जल बिसर्जन) सेलाएका छन् । त्यसअघि आपसमा छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाएका छन् ।

यसले थारु समुदायमा समाचकेवाको जस्तै मितिनी वा मीतको मर्यादा कायम रहन्छ भन्‍ने किंवदन्ती छ । त्यसअघि मिल्‍ने छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज माघे सङ्क्रान्ति : मधेशी समुदाय ‘तिलासकराइत’ र थारु समुदाय ‘माघी पर्व’ मनाउँदै
  • २०७८ मंसिर ४, शनिबार १९:१८
  • In "BannerNews"
  • तराईमा सन्तानको दीर्घायुको कामना सहित जितिया पर्व मनाउँदै
  • २०७८ मंसिर ४, शनिबार १९:१८
  • In "मधेश प्रदेश"
  • मेयर चौधरीद्धरा ५० लाखको कालोपत्रे सडक बनाउने घोषणा
  • २०७८ मंसिर ४, शनिबार १९:१८
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

लोकप्रिय मतसहित एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

भारत सरकारले शुरु गरेको जम्मु कस्मिरको जन कल्याण योजना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version