काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमााडौंमा पत्रकारको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।
राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवको संयुक्त पहलमा काठमाडौंमा क्रियाशिल फोटो पत्रकारहरुको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको हो । सो क्रममा विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजेका महासचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
आगामी दिनमा फोटो पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ध्यानमा राखेर अघि बढ्ने उहाले बताउनुभयो ।