No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हाल ६४९ स्थानीय तहमा अस्पताल छैन् । मन्त्रालयले कम्तिमा एक चिकित्सकसहित पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्री स्तरीय बैठकले देशभरिका सबै स्थानीय तहमा एक साताभित्र अनिवार्य अस्पताल सञ्चालनको निर्णय गरेको मन्त्रालयले जनाएको छ । दक्षिण एशियामा भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तानमा प्रत्येक स्थानीय तहमा अस्पतालको सुविधा छैन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले भन्नुभयो, “दक्षिण एशियाकै स्वास्थ्य क्षेत्रका लागि यो ऐतिहासिक कदम हो ।”

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, “अस्पताल सञ्चालनमा पालिकाले कुनै बहाना बनाउँदैन, बाध्यकारी ब्यवस्था हो ।” अस्पताल, पूर्बाधार र जनशक्ति नै नभएको पालिकामा कसरी एक साताभित्र अस्पताल सञ्चालनमा आउँछ ? जिज्ञासामा डा. गौतमले भन्नुभयो, “अस्पताल छैन्, तर स्वास्थ्यका अन्य पूर्बाधार छन्, चौकी र केन्द्र छ, जनशक्ति र स्रोत साधन नहोला, हामी पुरा गर्छौं ।”
मन्त्रालयले छोटो अवधिमै करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ । वार्षिक तीन सय करिब चिकित्सक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्छन् । डा. गौतमले भन्नुभयो, “अस्पताल सञ्चालन गर्न जनशक्तिको रुपमा छ सय ४९ चिकित्सक र एक हजार २९८ नर्स चाहिएको छ, पुरा हुन्छ ।” कम हुन आउने चिकित्सक र नर्स करारमा भर्ना गरिने प्रवक्ता डा. गौतमले प्रष्ट्याउनुभयो । यसरी प्रत्येक स्थानीय तहमा पाँच शैय्या गरी ६४९ स्थानीय तहमा तीन हजार २४५ शैय्या थपिएको हो ।
मन्त्री स्तरीय बैठकले शुक्रबार संघ, प्रदेश र स्थानीय तह मातहातका अस्पतालमा छ हजार २०१ शैय्या थप्ने निर्णय गरेको छ । मन्त्रालयको उक्त निर्णय वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि गरिएको प्रवक्ता डा. गौतमले भन्नुभयो ।
तर कोभिड–१९ महामारीको बेला उपचार अभावका गुनासो नागरिक स्तरबाट बढिरहँदा मन्त्रालयको निर्णय महत्वपूर्ण देखिन्छ । २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरुमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिने स्वास्थ्य नीति लिइएको छ । प्रत्येक पालिकामा कम्तिमा १५ शैय्याको अस्पतालका लागि यसअघि नै अधिकांश पालिकाले पूर्बाधार तयार गर्ने क्रममा छन् । तर पुरा भइसकेको छैन् ।
हाल प्रदेश मातहात ७५ वटा अस्पताल छन् । ६८ जिल्ला अस्पताललाई प्रदेश मातहातको सामाजिक विकास मन्त्रालय अन्तगर्त राखिएको छ । त्यसैगरी कोशी, सगरमाथा, जनकपुरधाम, बुटबल, धनगढी, महेन्द्रनगर र वाग्लुङका साबिकका अञ्चल अस्पताल प्रदेश मातहात छन् । प्रदेश मातहातको अस्पतालमा ५० देखि २५० शैय्यासम्म उपलब्ध छन् ।
मन्त्रालयले प्रदेशले यसअघि पनि शैय्या, जनशक्ति र स्रोत साधन आग्रह गर्दै आएको जनाएको छ । प्रदेशको आग्रह बमोजिम स्वास्थ्य पूर्बाधारमा जनशक्ति र स्रोत साधन थप्न लागिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । प्रदेशमा एक हजार ९५७ शैय्या थपिएको छ ।
भरतपुर, नारायणी, कोशी डँडेल्धुरासहित काठमाडौं उपत्यकाभित्रका केन्द्र मातहातका अस्पतालमा एक हजार शैय्या थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
भदौभित्रै भारतबाट रेल

भदौभित्रै भारतबाट रेल

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .