No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

गोवर्द्धन पूजाको शुरुवातका सम्बन्धमा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख छ । विशेषगरी धार्मिक स्रोतमा उल्लेखित यो पर्व इन्द्र र कृष्ण एवं गोवर्द्धन पर्वतको कथासँग सम्बन्धित छ । दीपावलीको भोलिपल्ट अर्थात् कात्तिक शुक्ल प्रतिपदाको दिन हिन्दूहरूले गोवर्धन पूजा गर्ने गर्छन् । यसदिन भगवान श्रीकृष्णलाई गहुँ, चामल, चना, तरकारी लगायत अन्नको प्रसाद चढाइन्छ ।

यसको किंवदन्ती अनुसार प्राचीनकालमा भगवान कृष्णले आफ्नो कान्छी औंलामा गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई सुरक्षा दिएको भन्ने धार्मिक कथाको आधारमा यो पर्व मनाउन थालिएको छ । त्यही दिनदेखि गाईको गोबरबाट गोवर्द्धन पर्वत बनाएर अन्नकूटमा ५६ वटा भेटी अर्पण गरी यसको पूजा गर्न थालेको भन्ने ऐतिहासिक स्रोतमा उल्लेख छ ।

गोवर्द्धन पूजाको कथा

गोकुलवासीले वर्षाका देवता इन्द्रलाई मुख्य देवताको रुपमा पूजा गर्थे । तर, भगवान् कृष्ण यसप्रति सन्तुष्ट थिएनन् । गोकुलवासीको खाना र आश्रयको स्रोत गोवर्द्धन पर्वत नै थियो । त्यसैले श्रीकृष्ण त्यही पर्वतलाई भगवान् मानेर पुज्न गोकुलवासीसँग आग्रह गर्ने गर्थे ।

विस्तारै कृष्णको तर्कमा गोकुलवासी सहमत हुँदै गए । इन्द्रको साटो पर्वतको पूजा शुरु हुन थाल्यो । आफ्नो पूजा गर्न छाडेपछि इन्द्र झनै रिसाए, फलस्वरुप झन् झन् पानी पर्न थाल्यो । अन्ततः भगवान् कृष्ण मानिसहरूको उद्धारका लागि अघि सरे । आफ्नो कान्छी औंलाले गोवर्द्धन पहाड उठाएर, गोकुलवासीको जीवन बचाएको किंवदन्ती छ । यसरी इन्द्र कृष्णसँग पराजित भएको सम्झनामा गोवर्द्धन पूजालाई अन्नकूट पर्वका रूपमा पनि मनाइन्छ । यस पर्वमा अन्नकूट वा गोवर्द्धन पर्वतमा ५६ वटा भोगको प्रसाद चढाउने गरिन्छ । दैत्य राजा बलीलाई भगवान् विष्णुले वामन अवतारको रूपमा परास्त गरेको दिनको रुपमा यो पर्वलाई बली प्रतिपदाको रूपमा पनि मनाइन्छ ।

गोवर्द्धन पूजाको इतिहास

गोवर्द्धन पूजाको इतिहास खोज्दा विभिन्न धार्मिक स्रोतको आधारमा यो द्वापर युगीन कृष्णको समयसम्म पुग्न सकिन्छ । भागवत पुराणमा वर्णन गरिएको सबैभन्दा महत्वपूर्ण घटनामध्ये एक हो कृष्णले गोवर्द्धन पर्वत उठाएको प्रसंग । भागवत पुराणमा गोवर्द्धन नजिकै बसोबास गर्ने गोठालाहरूले वर्षा र आँधीका देवता इन्द्रको पूजा गरी शरद ऋतु मनाउने गरेको, यो कुरा कृष्णलाई मन नपरेको, उनी गाउँलेहरूले गोवर्द्धन पर्वतको पूजा गरुन् भन्ने चाहना राख्ने गरेकोजस्ता प्रसंग उल्लेख छ । गोकुल नगरमा हुने प्राकृतिक घटनाका लागि हिमाल जिम्मेवार थियो ।

गोकुलमा श्रीकृष्ण सर्वप्रिय पात्र थिए । त्यसैले गोकुलका मानिसहरूले श्रीकृष्णको सल्लाहलाई स्वीकार गरे । गाउँलेहरूमा कृष्णप्रति भक्ति फर्केको देखेर इन्द्र क्रोधित भए । इन्द्रले आफ्नो घमण्डी क्रोधको प्रतिबिम्बमा, शहरमा मेघगर्जन र भारी वर्षा शुरु गर्ने निर्णय गरे । प्रजाहरूलाई आँधीबाट बचाउनको लागि, श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो कान्छी औंलामा उठाए र शहरका सबै मानिस र जनावरलाई आश्रय दिए । ७–८ दिनको लगातारको हावाहुरीपछि गोकुलका जनतालाई अप्रभावित देखेर इन्द्रले हार मानेर आँधी रोके । त्यसैले यो दिनलाई पर्वका रूपमा मनाइने र यस पूजाको छुट्टै महत्व छ ।

किन गरिन्छ गोवर्द्धन पूजामा ५६ भोग ?

भगवानलाई अर्पण गरिएको ५६ भोगको पछाडि धेरै रोचक कथाहरू छन् । हिन्दु मान्यताअनुसार भगवान कृष्णले दिनमा आठ पटक खाना खान्छन् । इन्द्रको क्रोधबाट सबै प्रजालाई बचाउनका लागि भगवान् कृष्णले गोवर्द्धन पर्वत उठाएपछि भगवानले लगातार सात दिनसम्म भोजन र पानी लिन पाएका थिएनन् । त्यसैले, ७ दिन ८ पटकको दरमा ५६ भोग चढाउने चलन छ । त्यसयता गोवर्द्धन पूजाको दिन कृष्णलाई ५६ वटा भोग अर्पण गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले हिन्दु धर्ममा गोवर्द्धन पूजाको विशेष महत्व रहेको र यस दिन ५६ वटा भोग अर्पण गर्नु फलदायी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post
प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, हेर्नुस् डिटेल

नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक

नेपाली सवारीलाई बारा र पर्साको नाकाबाट भारत प्रवेशमा रोक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .