No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

१०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झण्डै चार महीनादेखि अनसन जारी छ । धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेका हुन् । उनीहरु १०७ दिनदेखि अनसनमा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

शनिबार तिहारका दिन १२ जना नेता कार्यकर्ता अनसनमा रहेको रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले जानकारी दिए । साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।

कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ ।

कांग्रेस रौतहट जिल्ला कोषाध्यक्ष साहले विधानसम्मत क्रियाशील सदस्यता वितरण नभएसम्म अनसन नरोकिने बताए । ‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, तबसम्म अनसन रोक्दैनौं,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीले बनाएको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्र अनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्छ । हाम्रो माग यत्ति हो ।’

जिल्ला पार्टी सभापतिले मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गर्नुका साथै पूराना नेताहरुकै सदस्यता नविकरण नगरिएको कोषाध्यक्ष साहको भनाइ छ । ‘मेरै क्रियाशील सदस्यता नवीकरण गरिएको छैन । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरूको पनि नवीकरण गरिएन, तर आफ्ना मान्छेहरुलाई विधानविपरीत क्रियाशील वितरण गर्ने काम भयो,’ उनले भने, ‘२१६ जनाको फर्जी नविकरण गरिएको छ । विजयकुमार गच्छदारको पार्टीबाट समायोजन भएको नामावलीभन्दा फरक व्यक्तिलाई क्रियाशील सदस्यता वितरण गरिएको छ । यो त हामीलाई स्वीकार्य हुन सक्दैन ।’

उनले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिए । कांग्रेसले मंसिर २४-२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ ।

क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post
बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

बेनीमा चन्दा संकलनबाटै सभाहल निर्माण

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

गोवर्द्धन पूजाको इतिहास, किन दिइन्छ ५६ भोग ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .