• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अस्तित्वको संकटमा पाकिस्तान


अस्तित्वको संकटमा पाकिस्तान

अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने निश्चित छ ।
उत्तरी युरोप र चीनमा भीषण बाढी, अमेरिकामा भयानक डढेलो र विश्वव्यापी गर्मीको लहर ल्याएको प्रचण्ड गर्मीयुक्त एवं विध्वंसात्मक ग्रीष्मकालीन ऋतु अर्थात् अगस्ट २०२१ मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च (आइपिसिसी) ले एक प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदनले विश्व तापमान वृद्धिले निम्त्याएको संकट मोटामोटी रूपमा अपरिवर्तनीय रहेको देखाएको छ । हामीले बढीमा वातावरण एवं पारिस्थितिक प्रणालीलाई तहसनहस हुनबाट जोगाउन मात्रै सक्छौँ ।
प्रतिवेदनले आउँदा दशक एवं शताब्दीहरूमा ध्रुवीय तथा हिमालय क्षेत्रका हिमताल लगातार र अपरिवर्तनीय रूपमा पग्लिरहने गम्भीर निष्कर्ष सतहमा ल्याइदिएको छ । ध्रुवीय क्षेत्रबाहेक विश्वभर सबैभन्दा धेरै हिमताल पाकिस्तानमा छन् । यी हिमतालले भारत र पाकिस्तानमा विभाजित सिन्धु जलाशय (इन्डस बेसिन) क्षेत्रका संसारकै पुरानो एवं मलिलोमध्येका उपत्यकाहरूलाई सिञ्चित गरिरहेको छ । सिन्धु जलाशय क्षेत्र २१ करोड ६० लाख जनसंख्या भएको पाकिस्तानको ७५ प्रतिशत मानिसको वासस्थान हो ।
पाकिस्तानका पाँच मुख्य सहरी केन्द्रहरू औद्योगिक एवं घरेलु प्रयोजनका लागि सिन्धु नदीमा निर्भर छन् । अर्थव्यवस्था लगातार रूपमा संकटमा परिरहँदा पनि नियमित कृषि चक्रहरूका कारण पाकिस्तानी अर्थतन्त्र चलायमान थियो । तथापि आइपिसिसी प्रतिवेदनको निश्चितप्रायः निष्कर्ष हेर्ने हो भने सन् २०५० भित्र मुलुक जलविहीन हुने देखिन्छ ।
पाकिस्तान मात्रै जालावायु परिवर्तनको परिणामहरूको सामना गर्ने न्यून आय भएको मुलुक होइन । चीन एवं अमेरिकाजस्ता औद्योगिक रूपमा सम्पन्न राष्ट्रहरूलाई हरित गृह ग्यास उत्सर्जन गर्न बन्द गर भनेर याचना गर्ने मुलुकहरूमा पाकिस्तान एक्लो होइन । पाकिस्तान, मालदिब्स र अन्य द्विपीय मुलुकहरू वैश्विक तापमान वृद्धिको परिणामबाट असंगत रूपमा प्रभावित हुने निश्चितप्रायः छ । यद्यपि अन्य मुलुक पनि संयुक्त राष्ट्र संघमा जलवायु परिवर्तनका मुद्दालाई लिएर जोडतोडसाथ लागिपरेका छन्, तर पाकिस्तानले आफ्नो सुरक्षित भविष्यका लागि गर्नुपर्ने न्यूनतम काम पनि गरेको छैन ।
अबका केही दशकमा जलवायु परिवर्तन पाकिस्तानको सबैभन्दा ठूलो सुरक्षा चुनौती हुनेछ भन्नु अतिशयोक्ति हुनेछैन । शुद्ध पानीका लागि पाकिस्तान गैरध्रुवीय हिउँमा सबैभन्दा बढी निर्भर छ । त्यस अर्थमा पाकिस्तानले सबैभन्दा बढी हिउँआश्रित शुद्ध जलस्रोत गुमाउनेछ । तथापि पाकिस्तान सरकार यो आउँदो संकटबारे पूरै बेखबर देखिन्छ । सन् २०३० सम्ममा पाकिस्तानले ६० प्रतिशत विद्युतीय ऊर्जा नवीकरणीय स्रोतहरूबाट उत्पादन गर्ने आफ्नै लक्ष्यमा पुग्न पनि ठोस कदम चालेको छैन । हालको अवस्थामा पाकिस्तानमा ६० प्रतिशत ऊर्जा पेट्रोलियम पदार्थबाट उत्पादन हुन्छ ।
पाकिस्तानले ठूला वातावरणीय चुनौतीहरूको सामना गर्न थालिसक्यो । गर्मीको लहरले उल्लेख्य संख्यामा मानिसको ज्यान लिन थालिसकेको छ र नियमत हुने कृषि उब्जनीको चक्रमा गडबडी देखिन थालेको छ । यसै वर्ष पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची र राजधानी इस्लामावाद विनाशकारी बाढीको चपेटामा परे । त्यसबाहेक आर्थिक रूपमा महत्वपूर्ण रहेको चीनसँग जोड्ने आठ सय ६ किलोमिटर लामो काराकोरम राजमार्ग पनि थुप्रैपटक पहिरोका कारण अवरुद्ध भयो । स्थानीय एवं अन्तर्राष्ट्रिय वातावरण विज्ञहरूले यदि तत्परतासाथ पहलकदमी नलिने हो भने पाकिस्तान र समग्र दक्षिण एसियालाई गम्भीर असर गर्ने चेतावनी दिएका छन् । उनीहरूले दशकौँदेखि पाकिस्तानका हिमतालहरू पग्लिनेछन् र केही समयपश्चात् पाकिस्तान जलविहीन हुनेछ भन्ने भविष्यवाणी गरेका थिए । अहिले आइपिसिसीले पनि अनिश्चित भविष्यमा पाकिस्तान जलविहीन हुनेछ भनेर देखाएको छ ।
प्रमाणहरू बढ्दै जाँदा पनि पाकिस्तानले कुनै पनि किसिमको पहलकदमी लिइरहेको छैन । यद्यपि पाकिस्तानमा जलवायु परिवर्तनलाई बुझ्न र यसका असरविरुद्ध जुध्न स्थानीय रूपमा काम भने भइरहेका छन्, सिम्साल ट्रस्टलाई उदाहरणका रूपमा लिन सकिन्छ । तर, सिम्साल ट्रस्टलगायत संस्थाका प्रयासमा राज्य र सेनाबाट रुकावट एवं अवरोध सिर्जना भइरहेको छ । राज्य र सेनाले चीन तथा भारतसँगको सीमामा रहेको सामरिक भूमिमा वातावरणीय एवं संरक्षणका योजना÷कार्यक्रमलाई नियन्त्रण र निरुत्साहन गर्ने गरेका छन् । सन् २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै इमरान खानले मुलुकमा भइरहेको वनविनाश एवं जलवायु परिवर्तनसँग जुध्न १० लाख बिरुवा रोप्ने घोषणा गरेका थिए । यो प्रयास सराहनीय भए पनि पुरानो वन–जंगललाई नयाँ बिरुवाले प्रतिस्थापन गर्न सक्दैन । स्मरण रहोस्, प्रतिस्थापन नहुने कुरा एक स्थापित तथ्य हो । प्राचीन हिमालीय एवं शंकुवृक्ष वनहरू उत्तरी पाकिस्तानी पारिस्थितिक प्रणालीको जग नै हो भन्दा अतिशयोक्ति हुँदैन, अर्थात् यी प्राचीन वनहरूले पाकिस्तानका हिमताल, नदी एवं मलिला उपत्यकाहरूलाई सन्तुलनमा राखेका छन् । त्यस
अर्थमा यी प्राचीन वन अचल हुन् ।
अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकको एक हिस्सा वा एक क्षेत्रलाई मात्र नभई मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने छ । विडम्बना, यो वर्ष आइपिसिसीले भनेझैँ हामी पेट्रोलियम ऊर्जाको अनियन्त्रित खपतले निम्त्याएको क्षतिलाई सुधार गर्ने ठाउँमा छैनाँै । अवश्यम्भावी विनाशको बाटोमा लाग्ने वा पृथ्वीलाई जोगाउन सामूहिक रूपमा पहलकदमी लिने ? पाकिस्तान एवं सारा विश्वमा हामीसँग केवल यिनै दुई विकल्प बाँकी छन् ।
(अलजजिराबाट : हैदर कलेज अफ बुस्टरकी राजनीतिशास्त्र एवं वातावरण अध्ययनकी उप–प्राध्यापक हुन्)  नयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा बाढीका कारण २०० बढीको मृत्यु
  • २०७८ कार्तिक २, मंगलवार २०:२२
  • In "BannerNews 2"
  • कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान
  • २०७८ कार्तिक २, मंगलवार २०:२२
  • In "BannerNews"
  • मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता
  • २०७८ कार्तिक २, मंगलवार २०:२२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र

नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा हिन्दु समुदाय माथि भएको हिंसात्मक घटनाको बिरोधमा राजदुतलाई ज्ञापन पत्र बुझाए

बाढी पहिरोमा परी अहिलेसम्म ३१ को मृत्यु, ३३ जना बेपत्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version